बलिउड अभिनेता अभिनेत्रीको दिल टुट्ने र जोडिने किस्साले बजार तातिरहन्छ। ‘पिंक’, ‘नाम सबाना’ जस्ता सिनेमाबाट दर्शकको मन जितेकी तप्सीले हालै आफ्नो पहिलो प्रेमसम्बन्ध कसरी छुट्यो भन्ने सार्वजनिक गरेकी छन्।

तप्सीका अनुसार उनलाई उनका प्रेमीले १० कक्षाको बोर्ड परिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै ब्रेकअप दिएका थिए।

‘पहिलो प्रेमका बेलामा म ९ कक्षामा पढ्थें। साथीहरूको हेरि मेरो ढिला प्रेम भएको थियो। अहिले उसले ब्रेकअप दिएको कारण सम्झिदां हाँसो उठेर आउँछ। उसले १० कक्षाको बोर्ड परिक्षामा ध्यान केन्द्रित गर्नुपर्छ भन्दै ब्रेकअप दियो’, तप्सीले भनिन्।

‘म अझै सम्झिन्छु, त्यो समयमा मोबाइल फोन थिएन। मेरो घर पछाडी एउटा पिसिओ थियो र उसलाई त्यहीबाट फोन गरेर मलाई किन छाड्दैछौं भनेर रून्थे’, उनले अगाडी थपिन्।

त्यस्तै प्रेमसम्बन्धका बारेमा थप बोल्दै तप्सीले उनले प्रेममा हुँदा  आफूले प्रेम गरेको मान्छे नै मेरो सर्वस्व हो ठान्दै उसकै वरीपरी जीवनको कल्पना गर्ने गरेको बताइन्।

उनले माथि सोचेको जस्तो कुराको भ्रम हो भन्ने भएपछि ब्रेकअप हुने बताउँदै सायद त्यो मान्छे आफ्ना लागि नभएपनि अर्को मान्छे मेरा लागि हुनेछ भनेर ठान्ने गरेको ठट्टा गरिन्।

यस्तै उनले आफूले प्रेम गरेको मान्छेलाई आफूले सम्मान दिनसक्ने हैसियतको हुनुपर्ने बताइन्।