भारतको राजस्थानस्थित एक अस्पतालमा शनिबार पेट दुख्यो भनेर गजेन्द्र के अस्पताल पुगे । सुरूमा डाक्टरहरूले उनकाे जाँच गरे । जाँच गर्दा डाक्टरले युवाकाे पेटमा केही सामान रहेकाे अनुमान गरे । जब जाँच गरी युवाको अप्रेसन भयाे । सबै डाक्टर अनाैठाेमा परे । सबै डाक्टरहरू दंग भए । सोही स्थानका २४ वर्षे ती युवाको अप्रेसन गर्दा ५० भन्दा बढी वस्तु फेला पारेपछि डाक्टरहरू दंग भएका हुन् । किन भने युवाकाे पेटमा चाबी, ‘नेलकटर’, सिक्का, माला, औठी, क्लिपलगायत थियो ।

अस्पतालको अप्रेसन विभागका अध्यक्ष डाक्टर डिके शर्माका अनुसार ती युवाले लागुऔषध प्रयोग गर्थ्ये । डा. शर्माले नशा लागेपछि युवाले ती समानहरू निलेको हुन सक्ने बताएका छन् । कतिपय सामान युवाले नै प्रयोग गर्दै आएको उनीहरूले अनुमान गरेका छन् । नशामा नै उनले ती सबै सामान निलेको डाक्टरले बताएका छन् । ती युवा १५ दिनअघि मात्रै अस्पताल गएका थिए । अस्पतालमा उनले पेट दुखेको, वान्ता हुने र खाना खान मन नलाग्ने बताएका थिए ।

 

 

डाक्टरले जाँच गर्नुअघि एक्स रे गरेका थिए । एक्स रे गर्दा पेटमा केही वस्तु भएको देखाएको थियो । जुन आमशयमा थियो । पछि एन्डोस्कोपी गरेर उनको अप्रेसन भयाे । उनको अप्रेसन करिब साढे एक घण्टा चलेको थियो । डा. शर्माका अनुसार युवाको पेटमा भएको सामान बढी मात्रामा आमशय र केही पेटको विभिन्न भागमा रहेको थियो । उनका अनुसार गजेन्द्र मनोरोगबाट ग्रसित रहेका थिए । यस्तो अवस्थामा उनले यी सामानहरू खाएको हुन सक्ने बताए । एजेन्सी

* श्रीमान श्रीमती बिच फाटो किन आउँछ ?

जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको कतिपयको सम्बन्ध बिच बाटोमै आएर तोडिन्छ । एउटै छानोमुनी बस्ने, एउटै ओछ्यानमा सुत्ने, एउटै थालमा खाने भावनात्मक सम्बन्ध जोडिएका जोडिहरु एकाएक किन टुट्छन् ? आत्मियताको साथ प्रगाढ बनेको सम्बन्धमा कटुता आउनु भ्रम र अविश्वास बढ्नु अन्ततः अलग विषय हुन् ।

तर सम्बन्धलाई पुनविराम दिने अवस्थामा पुग्न एउटै कारण हुँदैन् । यो बेला दुवैले आफुहरुको सम्बन्धमा केही न केही गल्ती गरेकै हुन्छन् । एक दाम्पत्य जोडी टुट्नु एक दुखद कुरा कुरा हो । यसले श्रीमान श्रीमतीलाई मात्र हैन उनीको सन्तानलाई समेत नराम्रो असर पर्छ । उनीहरुका आफन्त , नातेदार इष्टमित्र छरछिमेकी यस्तो कुराबाट प्रभावित हुन्छन् ।

दम्पतिबिच फाटो आउँछ तब उनीहरु एउटै छानोमुनी बस्न सक्दैनन् र अलग हुन बाध्य हुन्छन् । पति पत्नीबिचको महत्वकांक्षा पनि कहिलेकाही दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ । एक विवाहित महिलाले घरको संघार नाघेर बाहिर आउनु बिद्रोह गरे जतिकै हो ।कतिपय यस्तो परिवार हुन्छ जहाँ यस्तो अशोभनिय काम गर्नु र आफुलाई खुुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्नो इच्छा आंकाक्षालाई खुम्चाएर राख्न बाध्य हुन्छन् ।

घरको परिधिबाट बाहिर जान खोज्दा पति पत्नी बिचको सम्बन्धमा मतभेद आउँछ । कारण सम्बन्धले अर्कै मोड लिन्छ । कतिपय श्रीमती उच्च महत्वकांक्षा हुने हुँदा उनीहरु परिवारको परिधिबाट बाहिर आउन चाहन्छन् ।यस्तो अवस्थामा श्रीमान श्रीमतीको मतभेद मिल्दैन् । यस्तै कुरालाई नियाल्नै जाने हो भने के श्रीमती महत्वाकांक्षी हुनु समस्या हो त ? भन्ने जटिल प्रश्न आउन सक्छ । किनकी हाम्रो समाजमा एक विवाहित महिलालाई परिवार सम्हाल्ने दायित्व दिएको हुन्छ ।

सामाजिक परम्परालाई स्वीकार गर्ने हो भने एक महिलाले छोराछोरी, सासु , ससुरा घर व्यवहार सम्हाल्नुपर्ने हुन्छ । पत्नीले घरको काम सम्हालेपछि पतीलाई घरबाहिरको जिम्मेवारी दिएको हुन्छ ।यद्यपी यस्तो किसिमको तालमेलले दाम्पत्य जीवनमा सुख छाउँछ । तर एक महिला तथा एक श्रीमती घरधन्दामा नै सिमित हुनुपर्ने अवस्था सिर्जना हुन्छ । यसअर्थ श्रीमतीको महत्वकाक्षा आफैमा समस्या भने होइन् । तर त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु चाँही समस्या हो । अक्सर श्रीमतीको महत्वकांक्षा पुरा गर्ने बाटोमा श्रीमानले सहयोग गर्छन त भन्ने कुरामा नकारात्मक जवाफ आउन सक्छ । किनकी पुरुष आफै अभिमान हुन्छ । अक्सर धेरै श्रीमान चाहन्छन् की श्रीमती आफु भन्दा अगाडी नजाओस् ।

अबका पती पत्नी एक अर्काको कुरालाई सहजै स्वीकार गरेर आफुलाई खुम्च्याएर बस्न चाहदैनन् । यता श्रीमान आफ्नो अडान छोडेर पछाडी हट्दैनन् । हो यही अवस्था आएपछि श्रीमान र श्रीमतीले आफुहरुको सम्बन्धलाई अलग गर्ने निर्णय गर्न बाध्य हुन्छन् । यसअर्थ श्रीमान श्रीमती बिचको अहंम अडानले उनीहरुमा फाटो ल्याउँछ र सम्बन्भलाई टुट्न बाध्य बनाउँछ । श्रीमन श्रीमती दुवैको आ आफ्नो इच्छा आकंक्षा हुन्छ ।उनीहरुको लागि सर्वोपरि भनेको आफ्नो परिवार हुन् । जुन उनीहरुले नै रचेका हुन्छन् ।यसलाई जोडेर राख्ने दुवैको दायित्व हो । एकअर्कालाई मजबुत र विश्वासमा जिउनको लागि केही कुरालाई आत्मासाथ गर्नु जरुरी रहेको हुन्छ । जस्तै : श्रीमान श्रीमती बिचको कुनै पनि प्रतिस्पर्धा सुखद हुँदैन् । यसबाट बच्न एकअर्काको भावना इच्छालाई कदर गर्नुपर्छ ।

एकअर्कालाई सम्मान गरे सबै कुरा पाउन सक्छन् । श्रीमतीले आफ्नो करियर आफै निर्माण गर्न चाहन्छिन् हाँसिल गर्न चाहन्छिन् भने त्यो गलत होइन् । यो श्रीमतीको हक हो । श्रीमानले यो कुरा बुझ्न जरुरी छ की त्यसबाट उनले के पाउँछिन् भन्ने कुरा बुझ्न जरुरी रहेको छ । श्रीमानको प्रोत्साहन र प्रशंसाले श्रीमतीको प्रतिभामा निखार आउँछ ।उनको मनसाय श्रीमतीलाई होच्याउने होइन आफ्नो श्रीमती प्रगतिशिल छन्, सार्वजनिक जीवन बिताइरहेकी छन् भन्ने चाहना राखेमा श्रीमानलाई हीनताबोध हुँदैन् । यसरी एक अर्कालाई बुझेर अगाडी बढ्न सके परिवारलाई सुन्दर बनाउन सकिन्छ ।

* नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था !

९३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्नेः पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन् ।
९४. पतिले सम्बन्ध विच्छेद गर्न सक्नेः पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछः–

(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।

९५. पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेः पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन्ः–
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

९६. सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्नेः सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
९७. पति पत्नीको मेलमिलाप गराउनु पर्नेः दफा ९६ बमोजिम सम्बन्ध विच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ ।
९८. सम्बन्ध विच्छेद गरिदिनु पर्नेः दफा ९७ बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ ।
तर दफा ९७ वमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिन पर्नेछ ।
९९. सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्नेः (१) पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ ।

(२) दफा ९५ को खण्ड (ख), (ग), (घ), (ङ) वा (च) बमोजिमको आधारमा पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा उपदफा (१) को प्रयोजनको लागि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने छ ।
(३) सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरू बीच कानून बमोजिम त्यस्तो सम्पत्तिको अंशबण्डा गर्नु पर्नेछ ।
(४) सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरूबाट अंशको फाँटवारी माग गरी पति पत्नीको अंश छुट्याई अंशबण्डा गराई दिनु पर्नेछ ।
(५) उपदफा (१), (३) वा (४) बमोजिम अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नी बीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भरार्ई दिन सक्नेछ ।
तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९४ को खण्ड (ख), (ग) वा (घ) बमोजिमको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई यस परिच्छेद बमोजिम अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।

१००. एकमुष्ठ रकम वा खर्च भरार्ई दिन सक्नेः दफा ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भरार्ई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्नेछ । तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन ।
१०१. खान लगाउने खर्च भरार्ई दिन सक्नेः दफा ९९ बमोजिम अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भरार्ई दिन सक्नेछ । तर,

(१) त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
(२) पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
१०२. सहमति बमोजिम हुनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ ।
तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन ।

१०३. अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउनेः सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउनेछ ।
१०४. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।