काठमाडौँ नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्। दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो। न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीय युवतीले विवाह गरिन्।दुवैजनाले काठमाडौं जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाणपत्र लिए। उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए।

४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे।युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन्।यो अदालतली विवाह जेठ ८ मा भएको हो। विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन्। पछिल्लो समय काठमाडौं जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ। उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन्।

 

 

यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन्। यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन्। काठमाडौं जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन्। अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यानडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तान लगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन्। भदौ १ देखि लागू भएको देवानी संहितामा जिल्ला अदालतमा ‘दर्ता विवाह’ गर्नसक्ने व्यवस्था छ।

‘विवाह दर्ता’ का लागि भने सम्बन्धित गाउँपालिका, नगरपालिकामा निवेदन दिनुपर्ने प्रावधान छ। नयाँ कानुन कार्यान्वनयमा आएपछि काठमाडौं जिल्ला अदालतबाट करिब हजार जनाले दर्ता विवाह गरेका छन्। जिल्ला अदालतको तथ्यांक हेर्दा भदौयता ९९७ जनाले विवाह गरेका छन्। त्यसमध्ये २६१ नेपाली युवतीले अमेरिकी पुरुषसँग, ४८ जनाले बेलायती पुरुषसँग, २७ जनाले अस्ट्रेलियाली पुरुषसँग, २६ जनाले चिनियाँ पुरुषसँग, २० जनाले जापानी पुरुषसँग, १८ जनाले क्यानेयिन पुरुषसँग, १० जनाले दक्षिण कोरियाली पुरुषसँग र पाँचजनाले फिलिपिन्सका पुरुषसँग विवाह गरेका छन्। यसरी बिहे गर्ने पुरुषमा कतिपय गैरआवासीय नेपाली पनि छन्।

इजिप्ट, सर्विया, पोल्यान्ड, इन्डोनेसिया, फिन्ल्यान्ड, पाकिस्तान, जर्मनी, ताइवान, युएई, अर्जेन्टिना, नर्वेका पुरुषसँग पनि नेपाली महिलाले विवाह गरेका छन्।नेपाली पुरुषले पनि विदेशी महिलासँग विवाह गरेका छन्।लमजुङका ३८ वर्षका पुरुषले अस्ट्रेलियकी ५३ वर्षीया महिलासँग विवाह गरेका छन्।विदेशी महिलासँ विवाह गर्ने नेपाली पुरुष भन्ने नगन्य छन्।

दुईजना साक्षीसमेत राखी प्रमाण पु¥याएर विवाह गर्न आएपछि जतिसुकै उमेर अन्तर भए पनि अदालतले केही भन्न नमिल्ने स्रेस्तेदार आनन्द श्रेष्ठले बताए।विदेशी, नेपाली दुवैको हकमा विवाह नभएको प्रमाणसहित नागरिकता, राहदानी पेस गरेपछि अदालती विवाह हुने गरेको छ। अदालतको प्रमाणले मान्यता पाउने भएकाले विदेश जानेहरु दर्ता विवाहका लागि आउने गरेको उनले बताए।विवाह व्यक्तिगत चाहनाको विषय भएकाले अदालतले कानुन अनुसार दर्ता गरेको उनले बताए। कहिलेकाहीं अनमेल विवाह भएका कारण अध्यागमनबाट समेत नपत्याएर अदालतमा फोन आउने गरेको स्रेस्तेदार श्रेष्ठले बताए।

‘अदालतबाट बिहे गर्नेमा विदेश जाने बढी छन्। कति त नेपालमै बसोबास गर्ने पनि छन्,’ उनले भने, ‘विदेश जाने चलन बढेकाले त्यसबाट प्रभावित भएर हुनसक्छ विदेशीसँग विवाह गर्ने नेपाली महिला बढेका छन्।’ ग्रीन कार्ड लिएका गैरआवासीय नेपाली पनि नेपाली महिलासँग विवाह गरेको स्रेस्तेदार श्रेष्ठले बताए। ‘विदेशीसँग नेपाली महिलाले उमेर नहेरी विवाह गरेको देखिन्छ,’ उनले भने।

* श्रीमान श्रीमती बिच फाटो किन आउँछ ?

जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको कतिपयको सम्बन्ध बिच बाटोमै आएर तोडिन्छ । एउटै छानोमुनी बस्ने, एउटै ओछ्यानमा सुत्ने, एउटै थालमा खाने भावनात्मक सम्बन्ध जोडिएका जोडिहरु एकाएक किन टुट्छन् ? आत्मियताको साथ प्रगाढ बनेको सम्बन्धमा कटुता आउनु भ्रम र अविश्वास बढ्नु अन्ततः अलग विषय हुन् । तर सम्बन्धलाई पुनविराम दिने अवस्थामा पुग्न एउटै कारण हुँदैन् । यो बेला दुवैले आफुहरुको सम्बन्धमा केही न केही गल्ती गरेकै हुन्छन् । एक दाम्पत्य जोडी टुट्नु एक दुखद कुरा कुरा हो । यसले श्रीमान श्रीमतीलाई मात्र हैन उनीको सन्तानलाई समेत नराम्रो असर पर्छ । उनीहरुका आफन्त , नातेदार इष्टमित्र छरछिमेकी यस्तो कुराबाट प्रभावित हुन्छन् ।

दम्पतिबिच फाटो आउँछ तब उनीहरु एउटै छानोमुनी बस्न सक्दैनन् र अलग हुन बाध्य हुन्छन् । पति पत्नीबिचको महत्वकांक्षा पनि कहिलेकाही दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ । एक विवाहित महिलाले घरको संघार नाघेर बाहिर आउनु बिद्रोह गरे जतिकै हो ।कतिपय यस्तो परिवार हुन्छ जहाँ यस्तो अशोभनिय काम गर्नु र आफुलाई खुुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्नो इच्छा आंकाक्षालाई खुम्चाएर राख्न बाध्य हुन्छन् । घरको परिधिबाट बाहिर जान खोज्दा पति पत्नी बिचको सम्बन्धमा मतभेद आउँछ । कारण सम्बन्धले अर्कै मोड लिन्छ । कतिपय श्रीमती उच्च महत्वकांक्षा हुने हुँदा उनीहरु परिवारको परिधिबाट बाहिर आउन चाहन्छन् ।यस्तो अवस्थामा श्रीमान श्रीमतीको मतभेद मिल्दैन् । यस्तै कुरालाई नियाल्नै जाने हो भने के श्रीमती महत्वाकांक्षी हुनु समस्या हो त ? भन्ने जटिल प्रश्न आउन सक्छ । किनकी हाम्रो समाजमा एक विवाहित महिलालाई परिवार सम्हाल्ने दायित्व दिएको हुन्छ ।

सामाजिक परम्परालाई स्वीकार गर्ने हो भने एक महिलाले छोराछोरी, सासु , ससुरा घर व्यवहार सम्हाल्नुपर्ने हुन्छ । पत्नीले घरको काम सम्हालेपछि पतीलाई घरबाहिरको जिम्मेवारी दिएको हुन्छ ।यद्यपी यस्तो किसिमको तालमेलले दाम्पत्य जीवनमा सुख छाउँछ । तर एक महिला तथा एक श्रीमती घरधन्दामा नै सिमित हुनुपर्ने अवस्था सिर्जना हुन्छ । यसअर्थ श्रीमतीको महत्वकाक्षा आफैमा समस्या भने होइन् । तर त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु चाँही समस्या हो । अक्सर श्रीमतीको महत्वकांक्षा पुरा गर्ने बाटोमा श्रीमानले सहयोग गर्छन त भन्ने कुरामा नकारात्मक जवाफ आउन सक्छ । किनकी पुरुष आफै अभिमान हुन्छ । अक्सर धेरै श्रीमान चाहन्छन् की श्रीमती आफु भन्दा अगाडी नजाओस् ।

अबका पती पत्नी एक अर्काको कुरालाई सहजै स्वीकार गरेर आफुलाई खुम्च्याएर बस्न चाहदैनन् । यता श्रीमान आफ्नो अडान छोडेर पछाडी हट्दैनन् । हो यही अवस्था आएपछि श्रीमान र श्रीमतीले आफुहरुको सम्बन्धलाई अलग गर्ने निर्णय गर्न बाध्य हुन्छन् । यसअर्थ श्रीमान श्रीमती बिचको अहंम अडानले उनीहरुमा फाटो ल्याउँछ र सम्बन्भलाई टुट्न बाध्य बनाउँछ । श्रीमन श्रीमती दुवैको आ आफ्नो इच्छा आकंक्षा हुन्छ ।उनीहरुको लागि सर्वोपरि भनेको आफ्नो परिवार हुन् । जुन उनीहरुले नै रचेका हुन्छन् ।यसलाई जोडेर राख्ने दुवैको दायित्व हो । एकअर्कालाई मजबुत र विश्वासमा जिउनको लागि केही कुरालाई आत्मासाथ गर्नु जरुरी रहेको हुन्छ । जस्तै : श्रीमान श्रीमती बिचको कुनै पनि प्रतिस्पर्धा सुखद हुँदैन् । यसबाट बच्न एकअर्काको भावना इच्छालाई कदर गर्नुपर्छ ।

एकअर्कालाई सम्मान गरे सबै कुरा पाउन सक्छन् । श्रीमतीले आफ्नो करियर आफै निर्माण गर्न चाहन्छिन् हाँसिल गर्न चाहन्छिन् भने त्यो गलत होइन् । यो श्रीमतीको हक हो । श्रीमानले यो कुरा बुझ्न जरुरी छ की त्यसबाट उनले के पाउँछिन् भन्ने कुरा बुझ्न जरुरी रहेको छ । श्रीमानको प्रोत्साहन र प्रशंसाले श्रीमतीको प्रतिभामा निखार आउँछ ।उनको मनसाय श्रीमतीलाई होच्याउने होइन आफ्नो श्रीमती प्रगतिशिल छन्, सार्वजनिक जीवन बिताइरहेकी छन् भन्ने चाहना राखेमा श्रीमानलाई हीनताबोध हुँदैन् । यसरी एक अर्कालाई बुझेर अगाडी बढ्न सके परिवारलाई सुन्दर बनाउन सकिन्छ ।