काठमाडौं–बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको एक हिस्सा हुँन पाउँदा गर्व महसुस भएको बताएकी छन् । केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘नेपाली फिल्म ‘पासवर्ड’को गीत शेयर गर्न पाएकोमा म निकै खुसी छु ।’ ‘तपाईंहरु मेरो नेपाल प्रतिको माया जान्नुहुन्छ’ उनले अगाडि लखेकी छन् ‘ म नेपाली फिल्म क्षेत्रको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दछु ।’

फिल्म ‘पासवड’को गीतमा उनले नै आइट नृत्य गरेकी छन् । उनको आइटममा अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङको अलवा थुप्रै कोरसले पनि साथ दिएका छन् । गीतलाई युट्युवमा मिश्रित प्रतिक्रिया मिलेको छ । थुप्रैले गीतमा सन्नीले गरेको नृत्यको प्रशंसा गरेका छन् । भने, केहीले भने गीतको शब्द नबुझेको बताएका छन् ।

 

 

गीतका छायांकनका लागि सन्नी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर लण्डन पुगेकी थिइन् । अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द गीतमा रहेको छ । २७ भाद्रबाट प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरका लागि सन्नी नेपाल आउने निर्माण टिमले बताएको छ । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम रहेका छन् । एडल्ट फिल्मबाट बलिउड प्रवेश गरेकी सन्नीको यो पहिलो नेपाली फिल्म अभिनय हो । उनी नेपाल भने बेलाबेला आइरहेकी हुन्छिन् ।

 

* पर्याप्त नसुते मुटुरोगको यस्तो समस्या !

अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ। एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको छ। अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा रहन्छ।

‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा पर्छन्। यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मानिन्छ।

‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ। यसको अर्थ अकाल मृत्यु हुनेगरी मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिज) वा हृदयघातको जोखिम बढ्दैन,’ भन्छन् अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा। उनी अमेरिकाको पेन्सिलभानिया राज्यस्थित पेन स्टेट्स मिल्टन एस हर्सी मेडिकल सेन्टरको निद्रा अनुसन्धान तथा उपचार सेन्टरका निद्रा साइकोलजिस्ट हुन्।

तर फर्नान्डेज–मेन्डोजाले यो अध्ययनबाट ६ घन्टाभन्दा थोरै सुत्ने मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाटै हुन्छ भन्ने प्रमाणित नभएकोतर्फ पनि सचेत गराए। उनका अनुसार त्यस्ता व्यक्ति (मेटाबोलिक सिन्ड्रोम भएका) र अपर्याप्त निद्राबीच सम्बन्ध भने हुनसक्ने बताए।

‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिलाई मुटुसम्बन्धी रोग वा हृदयघातको जोखिम बढ्नुमा धेरै तत्वले प्रभाव पारेको हुनसक्छ,’ उनले भने, ‘स्वभावजन्य र जीवनशैलीका दृष्टिकोणबाट त्यस्ता व्यक्ति जो सन्तुलित भोजन गर्दैनन् साथै जसलाई मेटाबोलिक सिन्ड्रोम छ र कम सुत्छन्, उनीहरूमा यस्तो जोखिम बढ्ने सम्भावना हुन्छ।’

‘अध्ययनकर्ताहरूले जैविक दृष्टिकोणबाट पर्याप्त निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउने पत्ता लगाए, खासगरी उच्च रक्तचाप भएका र रगतमा ग्लुकोजको मात्रा उच्च भएका (हाइ ब्लड सुगर) व्यक्तिहरूमा,’ उनले भने। ‘मेटाबोलिक सिन्ड्रोम भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाचनसम्बन्धी धेरै जटिल समस्या आउन सक्छ । तर, यी सबै सम्भावनाबारे अझै अनुसन्धान गर्न आवश्यक छ,’ फर्नान्डेज–मेन्डोजाको भनाइ छ। उनी यस्ता जोखिममा परेका व्यक्तिको मुटुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने बताउँछन्।

अव्यवस्थित निद्रासम्बन्धी रोगको (अनिद्रा र निद्रा नपुग्नेमा समेत) स्वभाव÷बानी परिवर्तन र औषधि प्रयोगबाट प्रभावकारी उपचार गर्न सकिने उनले जनाएका छन्। सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको इलेक्ट्रोफिजियोलोजी लेबोरेटरिज एन्ड क्लिनिक्सका निर्देशक डा. बाइरन ली भन्छन्, ‘निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउँछ वा यो खराब स्वास्थ्यको एउटा लक्षण मात्र हो भन्ने अध्ययनबाट जानकारी पाउन कठिन छ।’

उनका अनुसार जेसुकै भए पनि यस्तो जोखिममा रहेका व्यक्तिले भने निद्रामा ध्यान दिनैपर्छ। ‘यस्ता व्यक्तिले पर्याप्त निद्रा लिइरहेका छैनन् भने जँचाउन डाक्टरकोमा जानु र पर्याप्त निद्रा लिनु उचित हुन्छ,’ लीले भने। यो अध्ययनका लागि फर्नान्डेज–मेन्डोजा र उनका सहकर्मीले एक रात निद्रा प्रयोगशालामा बिताउन महिला र पुरुष गरी १३ सय जनाभन्दा बढी सहभागी छानेका थिए। औसत उमेर ४९ वर्ष रहेका यी सहभागीमध्ये ३९ प्रतिशतमा मेटाबोलिक सिन्ड्रोमका कम्तीमा तीन जोखिम लक्षण भेटिए।

अध्ययनकर्ताले १७ वर्षसम्म सहभागीको औसत फलोअप गर्दा तीमध्ये २२ जनाको मृत्यु भएको पाए। मेटाबोलिक सिन्ड्रोम भएका सहभागीहरू जसले कम्तीमा ६ घन्टा सुत्न पाएका थिएनन् उनीहरुलाई मेटाबोलिक सिन्ड्रोम नभएका ६ घन्टा सुत्ने सहभागीको तुलनामा मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना दोब्बर भएको अध्ययनकर्ताले पाए।

त्यस्तै, ६ घन्टाभन्दा बढी सुत्ने मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागीहरूमा भने मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना डेढ गुणा बढेको अध्ययनमा देखियो । फर्नान्डेज–मेन्डोजाका अनुसार मेटाबोलिक सिन्ड्रोम नभएका सहभागीको तुलनामा मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागी जो ६ घन्टाभन्दा थोरै सुत्थे, उनीहरुमा अन्य कुनै पनि कारणबाट मृत्यु हुने सम्भावना करिब–करिब दोब्बर नै पाइयो।

अध्ययनले देखाएको निद्रा र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्ध ध्यानाकर्षण गर्ने खालको थियो । किनभने अध्ययनकर्ताहरूले मुटुरोगको जोखिम बढाउने एउटा कारण ‘स्लिप एप्निया’लाई भने अध्ययनमा सामेल गरेका थिएनन्।

‘एक रात स्लिप लेबोरोटरीमा सुतेका आधारमा सामान्यतया कुनै व्यक्ति कसरी सुत्छ बताउन सकिँदैन,’ न्युयोर्कस्थित लेनक्स हिल हस्पिटलका स्लिप मेडिसिन डाइरेक्टर डा. स्टिभन फेन्सिल्भर भन्छन्, ‘सुत्नु तपाईंका लागि राम्रो हो। पर्याप्त सुत्नु तपाईंका लागि अझै बेस हुनसक्छ, खासगरी तपाईंमा यस्ता स्वास्थ्य समस्या छन् भने।’

 

* सर्पले टोके के गर्ने के गर्ने ?

एजेन्सी- गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।
अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।

के गर्ने ?
तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।
सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।
सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।
कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।
आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।
सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।

के नगर्ने ?
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।
टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।
टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।
टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।
एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।
टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।