केटी केटीको बिहे भयको कुरा सुन्दा तपाईलाइ अच्चम लाग्न सक्छ। हो सत्य हो तेही जोडीको कुरा गर्दै छौ जुन केटी केटी नै बिहे गरेर खुसि र चर्चित पनि हुदै छन्। भन्छन माया अन्धो हुन्छ ,तेश्मा न जात धर्म रुप रंग लिङ्ग बर्ग उमेर केहि हेरिदैन्न हेरिन्छ त मात्र मायामा भन्दा र सुन्दा कुनै कथा कहानी जस्तो लाग्ने यो जोडीको प्रेम कहानी सुन्दा अलि पृथक नै लाग्छ । यी दुइ बैबाहिक बन्दनमा बाधियको करिब नौ महिना भैसकेको छ।

यस्तै अर्का केटा केटा को जोडी रहेका छन । उनै केटा जोडी र केटी जोडी संग एक साथ कुराकानी कुराकानी गरिएको छ । हेर्नुहोस उक्त भिडियो ।

 

 

 

* के हामी एक्लै बाँच्न सक्छौं ?

हामीलाई लाग्छ, ‘म अलग्गै अस्तित्व हुँ । मेरो जीवन म एक्लै भोग गर्छु । मेरो निम्ती स्वयम् म र मेरो परिवार -आमाबुवा, श्रीमान्/श्रीमती, छोराछोरी) काफी छ । आफन्त, इष्टमित्र, साथीभाई, समाजसँग पनि मेरो केही सम्बन्ध जरुर छ, तर उनीहरु नभएपनि मेरो जीवन चल्छ ।’ हामी एकलकाँटे सोच राख्छौ । हामीलाई आफुबाहेक अरु कोहीपनि हाम्रा लागि बाँचेका छन् भन्ने अनुभूत हुँदैन । आफु, आफ्नो परिवार र इष्टमित्र भए हामी आफ्नो जीवन जिउन सक्छौ भन्ने लाग्छ । त्यही कारण हामी हरेक कुरा गर्दा आफुलाई केन्द्रमा राखेर गर्छौ । हामी आफ्नो स्वार्थलाई सर्वोपरी ठान्छौ ।

जस्तो मलाई कुनै कुरा आवश्यक्ता पर्‍यो, म हरसंभव त्यसलाई पुरा गर्न खोज्छु । यसरी आफ्नो आवश्यक्ता पुरा गरिरहँदा अरुको अस्तित्व संकटमा पर्ने त होइन ? हामी सोच्दैनौ । मानौं तपाईंले एउटा दुर्लभ बनस्पति भेट्नुभयो वा लोपोन्मुख जीव भेट्नुभयो । त्यसलाई हामी आफु अनुकुल प्रयोग गर्ने चेष्टा गर्छौर्ं । मूल्यावान रहेछ भने बेचिदिन्छौ । चाहे त्यो मासियोस् वा मरोस्, हामीलाई मतलब हुन्न ।

कतै सर्प भेटियो भने लखेटेरै त्यसलाई मार्छौ । सर्पले डस्छ भन्ने भयबाट मुक्त हुनका लागि हामी सर्पको ज्यान नै लिन्छौ । भ्यागुतो देख्यो भने हामीलाई घिन लाग्छ, त्यसलाई पनि मारिदिन्छौ । किरा-फट्यांग्राको अस्तित्वलाई त हामी स्विकार्नै सक्दैनौ, देख्नसाथ मारिदिन्छौ वा लखेट्छौ । चराचुरुङ्गीलाई धपाउँछौ । त्यती मात्रै कहाँ हो र ? बाटोमा हिँड्दै गर्दा एउटा सुन्दर फूल देख्यौं, उखेल्छौ । कुनै यस्तो वनस्पति जो हाम्रो दैनिक उपयोगमा आउँदैन, त्यसलाई मास्छौ । अर्थात हामी यसरी बाँच्ने प्रयास गरिरहेका हुन्छौ कि, सबै कुरा हाम्रो अनुकुल होस् । हाम्रै लागि मात्र होस् । हामी नै सर्वोपरी हौ । हामी बाँचे पुग्छ । हामी हाँसे पुग्छ ।

हामी एक्लै बाँच्न सक्छौ ?
मानौ बनजंगल, हावापानी, किराफट्याङ्ग्रा, बालिनाली, पशुपंक्षी सबैको अस्तित्वलाई हामी अस्विकार गरौं । ति सबै कुरालाई पन्छाएर हामी एक्लै बाँच्न सक्छौ ? यो धर्तीमा हामी एक्लै भयौ भने के हाम्रो जीवन संभव छ ? हामीलाई आफ्नो परिवार चाहिलएला, बालबच्चा, श्रीमान्/श्रीमती चाहिएला । समाज चाहिएला । हामी बेग्लै मानव समाज निर्माण गरौं । एकआपसमा सहयोग, सुखदुःख साटौ । तर, प्रकृतिसँग विमुख भएर हामी मानव समाजको कल्पना कसरी गर्न सक्छौ ?

हाम्रो अलग्गै अस्तित्व छैन

यहाँ सद्गुरुको भनाई राख्न सान्दर्भिक हुन्छ । उनी भन्छन्, ‘तपाईंको जीवन एउटा अलग्गै अस्तित्व होइन । तपाईं जुन श्वास बाहिर छाड्नुहुन्छ, रुखले त्यसलाई आफुभित्र लिन्छ । रुखले अक्सिजन छाड्छ, त्यसलाई तपाईंले आफ्नो शरीरभित्र ग्रहण गर्नुहुन्छ ।’ उनको भनाईको सार के छ भने, रुख-बुट्यानसँग हाम्रो प्राणको नाता जोडिएको छ । प्रकृति र चराचर जगतसँग एकाकार नभई हाम्रो अस्तित्व संभव छैन ।

प्रकृतिमा रुखविरुवा, वनस्पति, पशुपंक्षी, किरा फट्याङ्ग्ा सबै हाम्रै लागि बाँचेका छन् । हामी उनीहरुका लागि बाँचेका छौ । अर्थात हामी एकअर्काका लागि बाँचेका छौ । हामी विना तिनीहरुको अस्तित्व संभव छैन । तिनीहरु बिना हाम्रो अस्तित्व संभव छैन । प्रकृति, प्राणीसँग घुलनसिल भएर नै हाम्रो अस्तित्व धानिएको छ ।

त्यसैले प्रकृतिबाट विमुख हुने होइन । किराफट्याङ्ग्रा, जीवजन्तु, रुखपातबाट अलग भएर होइन, सबैसँग मित्रवत सम्बन्ध गाँसेर नै हामीले जीवनलाई सुन्दर बनाउँन सक्छौ । सर्प, भ्यागुतो, छेपारो हाम्रा सत्रु होइनन् । ति सबैले हाम्रो जीवनका लागि केही न केही राम्रो भूमिका निर्वाह गरेका छन् । रुखविरुवा वा वनस्पति हाम्रो उपभोग्य बस्तु मात्र होइन, हाम्रो प्राणको स्रोत पनि हुन् । यी सबैसँग एकाकार भएर नै हामीले जीवनलाई सहज बनाउन सक्छौं ।

 

* श्रीमान श्रीमती बिच फाटो किन आउँछ ?

जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको कतिपयको सम्बन्ध बिच बाटोमै आएर तोडिन्छ । एउटै छानोमुनी बस्ने, एउटै ओछ्यानमा सुत्ने, एउटै थालमा खाने भावनात्मक सम्बन्ध जोडिएका जोडिहरु एकाएक किन टुट्छन् ? आत्मियताको साथ प्रगाढ बनेको सम्बन्धमा कटुता आउनु भ्रम र अविश्वास बढ्नु अन्ततः अलग विषय हुन् । तर सम्बन्धलाई पुनविराम दिने अवस्थामा पुग्न एउटै कारण हुँदैन् । यो बेला दुवैले आफुहरुको सम्बन्धमा केही न केही गल्ती गरेकै हुन्छन् । एक दाम्पत्य जोडी टुट्नु एक दुखद कुरा कुरा हो । यसले श्रीमान श्रीमतीलाई मात्र हैन उनीको सन्तानलाई समेत नराम्रो असर पर्छ । उनीहरुका आफन्त , नातेदार इष्टमित्र छरछिमेकी यस्तो कुराबाट प्रभावित हुन्छन् ।

दम्पतिबिच फाटो आउँछ तब उनीहरु एउटै छानोमुनी बस्न सक्दैनन् र अलग हुन बाध्य हुन्छन् । पति पत्नीबिचको महत्वकांक्षा पनि कहिलेकाही दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ । एक विवाहित महिलाले घरको संघार नाघेर बाहिर आउनु बिद्रोह गरे जतिकै हो ।कतिपय यस्तो परिवार हुन्छ जहाँ यस्तो अशोभनिय काम गर्नु र आफुलाई खुुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्नो इच्छा आंकाक्षालाई खुम्चाएर राख्न बाध्य हुन्छन् । घरको परिधिबाट बाहिर जान खोज्दा पति पत्नी बिचको सम्बन्धमा मतभेद आउँछ । कारण सम्बन्धले अर्कै मोड लिन्छ । कतिपय श्रीमती उच्च महत्वकांक्षा हुने हुँदा उनीहरु परिवारको परिधिबाट बाहिर आउन चाहन्छन् ।यस्तो अवस्थामा श्रीमान श्रीमतीको मतभेद मिल्दैन् । यस्तै कुरालाई नियाल्नै जाने हो भने के श्रीमती महत्वाकांक्षी हुनु समस्या हो त ? भन्ने जटिल प्रश्न आउन सक्छ । किनकी हाम्रो समाजमा एक विवाहित महिलालाई परिवार सम्हाल्ने दायित्व दिएको हुन्छ ।

सामाजिक परम्परालाई स्वीकार गर्ने हो भने एक महिलाले छोराछोरी, सासु , ससुरा घर व्यवहार सम्हाल्नुपर्ने हुन्छ । पत्नीले घरको काम सम्हालेपछि पतीलाई घरबाहिरको जिम्मेवारी दिएको हुन्छ ।यद्यपी यस्तो किसिमको तालमेलले दाम्पत्य जीवनमा सुख छाउँछ । तर एक महिला तथा एक श्रीमती घरधन्दामा नै सिमित हुनुपर्ने अवस्था सिर्जना हुन्छ । यसअर्थ श्रीमतीको महत्वकाक्षा आफैमा समस्या भने होइन् । तर त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु चाँही समस्या हो । अक्सर श्रीमतीको महत्वकांक्षा पुरा गर्ने बाटोमा श्रीमानले सहयोग गर्छन त भन्ने कुरामा नकारात्मक जवाफ आउन सक्छ । किनकी पुरुष आफै अभिमान हुन्छ । अक्सर धेरै श्रीमान चाहन्छन् की श्रीमती आफु भन्दा अगाडी नजाओस् ।

अबका पती पत्नी एक अर्काको कुरालाई सहजै स्वीकार गरेर आफुलाई खुम्च्याएर बस्न चाहदैनन् । यता श्रीमान आफ्नो अडान छोडेर पछाडी हट्दैनन् । हो यही अवस्था आएपछि श्रीमान र श्रीमतीले आफुहरुको सम्बन्धलाई अलग गर्ने निर्णय गर्न बाध्य हुन्छन् । यसअर्थ श्रीमान श्रीमती बिचको अहंम अडानले उनीहरुमा फाटो ल्याउँछ र सम्बन्भलाई टुट्न बाध्य बनाउँछ । श्रीमन श्रीमती दुवैको आ आफ्नो इच्छा आकंक्षा हुन्छ ।उनीहरुको लागि सर्वोपरि भनेको आफ्नो परिवार हुन् । जुन उनीहरुले नै रचेका हुन्छन् ।यसलाई जोडेर राख्ने दुवैको दायित्व हो । एकअर्कालाई मजबुत र विश्वासमा जिउनको लागि केही कुरालाई आत्मासाथ गर्नु जरुरी रहेको हुन्छ । जस्तै : श्रीमान श्रीमती बिचको कुनै पनि प्रतिस्पर्धा सुखद हुँदैन् । यसबाट बच्न एकअर्काको भावना इच्छालाई कदर गर्नुपर्छ ।

एकअर्कालाई सम्मान गरे सबै कुरा पाउन सक्छन् । श्रीमतीले आफ्नो करियर आफै निर्माण गर्न चाहन्छिन् हाँसिल गर्न चाहन्छिन् भने त्यो गलत होइन् । यो श्रीमतीको हक हो । श्रीमानले यो कुरा बुझ्न जरुरी छ की त्यसबाट उनले के पाउँछिन् भन्ने कुरा बुझ्न जरुरी रहेको छ । श्रीमानको प्रोत्साहन र प्रशंसाले श्रीमतीको प्रतिभामा निखार आउँछ ।उनको मनसाय श्रीमतीलाई होच्याउने होइन आफ्नो श्रीमती प्रगतिशिल छन्, सार्वजनिक जीवन बिताइरहेकी छन् भन्ने चाहना राखेमा श्रीमानलाई हीनताबोध हुँदैन् । यसरी एक अर्कालाई बुझेर अगाडी बढ्न सके परिवारलाई सुन्दर बनाउन सकिन्छ ।