नेपालमा दर्ता नभएका र तस्करी भएर आएका मोबाइल सेटहरू चल्न नदिने मोबाइल उपकरण व्यवस्थापन प्रणाली (एमडिएमएस) कार्यान्वयन गर्ने कम्पनी छानिएको छ । परियोजना कार्यान्वयनका लागि आशयपत्र मागिएको १४ महिनापछि न्युमेरा एसडिएन बिएचडी मलेसिया, ओएसआई कन्सल्टिङ भारत र नमस्ते ग्लोबल कम्युनिकेसन पिटिई लिमिटेड सिंगापुरको संयुक्त उपक्रम (जेभी) कम्पनी छानिएको हो । प्राधिकरणले मंगलबार उक्त कम्पनीलाई ८९ करोड ८ लाख रुपैयाँ लागतमा ७ दिनभित्र परियोजना सम्झौताका लागि आउन पत्राचार गरेको छ । परियोजना लागतको ५ प्रतिशत ‘पर्फमेन्स ग्यारेन्टी’सहित आए उक्त कम्पनीसँग अबको एक साताभित्रै सम्झौता हुने प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

 

 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएसको डिजाइन, विकास, जडान, परीक्षण, व्यवस्थापन र सञ्चालनका लागि २८ वैशाख ०७५ मा अन्तर्राष्ट्रिय रूपमा आशयपत्र आह्वान गरेको थियो । उक्त परियोजनाका लागि सुरुमा १३ कम्पनी इच्छा देखिएका भए पनि प्राधिकरणले ६ कम्पनीलाई सर्ट लिस्टमा पारेको थियो । सर्ट लिस्टमा परेका ६ कम्पनीलाई असोजको अन्तिम साता आर्थिक तथा प्राविधिक प्रस्ताव मागिएको थियो । तीमध्ये ४ कम्पनीले मात्रै आशयपत्र बुझाए । आशयपत्र बुझाउने इनभिगो अफसोर एसएएल लेबनान तथा एफ वान सफ्ट इन्टरनेसनल प्रालि नेपाल (जेभी)ले बैंक ग्यारेन्टी नै समावेश नगरेका कारण र एसआइसिएपी स्विज एजी स्विट्जरल्यान्डले तोकिएभन्दा थोरै बैंक ग्यारेन्टी देखाएका कारण प्रारम्भिक मूल्यांकनबाटै बाहिरिएका थिए ।

सुरुमा परियोजना कार्यान्वयनका लागि १ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । पछिल्लो समय ठेक्का प्रक्रियामा न्युमेरा र मोबिलियन ट्रेड इन्टरनेसनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी, बेल्जियम तथा ग्रिन आइटी सोलुसन्स प्रालि नेपाल (जेभी) प्रतिस्पर्धामा बाँकी थिए ।

प्राविधिक प्रस्तावको ८० प्रतिशत र आर्थिक प्रस्तावको २० प्रतिशत अंकभार रहने गरी गरिएको मूल्यांकनमा मोबिलियन पहिलो र न्युमेरा दोस्रो स्थानमा थिए । मोबिलियनले न्युमेराको तुलनामा ४ लाख अमेरिकी डलर अर्थात् ४४ लाख ६२ हजार रुपैयाँ कम प्रस्ताव गरेका कारण २ दशमलव ५ अंकले अगाडि रहेको थियो । तर, मूल्यांकनकै क्रममा मोबिलियनविरुद्ध उजुरी परेपछि कम्पनीको टुंगो लाग्न ढिलाइ भएको हो ।

दुई वर्ष ढिलो गरी कार्यान्वयनमा आउँदै
आर्थिक वर्ष ०७४/७५ को सुरुवातमै एमडिएमएस प्रणाली कार्यान्वयन गरी अवैध मोबाइल आयात रोक्ने बताइएको थियो । तर, प्राधिकरणको ढिलासुस्तीका कारण परियोजना कार्यान्वयनमा दुई वर्ष ढिलो भइसकेको छ । यद्यपि, अझै परामर्शदाता कम्पनीलाई एमडिएमएसको डिजाइन, विकास, जडान, परीक्षण, व्यवस्थापन गर्न ६ महिनाको समय लाग्ने बताइएको छ । त्यस हिसाबले आगामी मंसिर–पुससम्ममा परियोजनाा कार्यान्वयनमा ल्याउन सकिने प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालको भनाइ छ ।

एमडिएमएस कार्यान्वयनमा आएमा गैरकानुनी तथा चोरी–पैठारीका मोबाइल सेटहरू नेपालमा चल्न पाउनेछैनन् । ‘यसबाट मोबाइल उपकरणको अवैध आयात निरुत्साहित गर्न सहयोग पुग्नेछ,’ कार्यबाहक अध्यक्ष खनालले भने, ‘मोबाइल हराएमा खोज्न, अपराध नियन्त्रण गर्न र सरकारको राजस्व वृद्धि गर्ने कार्यमा यो प्रणाली महत्वपूर्ण हुने विश्वास लिएका छौँ ।’

एमडिएमएस सुरु भएको ५ वर्षसम्म सम्बन्धित कम्पनीले प्राधिकरणमातहत रहेर काम गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ विनियोजन गरेको प्राधिकरणले परियोजनाका लागि आउँदो आर्थिक वर्षका लागि ६० करोड बजेट प्रस्ताव गरेको छ । पाँच वर्षपछि भने सम्झौतामा आउने कम्पनीसँगको अवधि थप गर्ने वा प्राधिकरण आफैंले आफ्नो जनशक्तिबाट सञ्चालन गर्ने विषय भने यकिन भइसकेको छैन ।

स्वार्थ बाझिएपछि दोस्रो कम्पनी छान्नुपरेको हो
पुरुषोत्तम खनाल
कार्यबाहक अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण

उजुरी छानबिन गर्दा सबैभन्दा कम प्रस्ताव गर्ने कम्पनी मोबिलियनको मोबाइल सेवा प्रदायक कम्पनीसँग केही प्रडक्ट र सर्भिसमा सम्झौता गरेको पाइयो । स्वार्थ बाझिन नहुने नियमविपरीत देखिएपछि स्वतः दोस्रो कम प्रस्ताव गर्ने कम्पनी छान्नुपर्ने बाध्यता थियो । तैपनि, हामीले संवाद (नेगोसिएसन)मार्फत उसले कबोल गरेको भन्दा ५ करोड ५ लाख रुपैयाँ तथा मोबिलियनले भन्दा ५ लाख ५७ हजार रुपैयाँ कम मूल्यमा ठेक्का दिने तयारी गरेका छौ ।

°°°°°°°

* श्रीमान श्रीमती बिच फाटो किन आउँछ ?

जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको कतिपयको सम्बन्ध बिच बाटोमै आएर तोडिन्छ । एउटै छानोमुनी बस्ने, एउटै ओछ्यानमा सुत्ने, एउटै थालमा खाने भावनात्मक सम्बन्ध जोडिएका जोडिहरु एकाएक किन टुट्छन् ? आत्मियताको साथ प्रगाढ बनेको सम्बन्धमा कटुता आउनु भ्रम र अविश्वास बढ्नु अन्ततः अलग विषय हुन् । तर सम्बन्धलाई पुनविराम दिने अवस्थामा पुग्न एउटै कारण हुँदैन् । यो बेला दुवैले आफुहरुको सम्बन्धमा केही न केही गल्ती गरेकै हुन्छन् । एक दाम्पत्य जोडी टुट्नु एक दुखद कुरा कुरा हो । यसले श्रीमान श्रीमतीलाई मात्र हैन उनीको सन्तानलाई समेत नराम्रो असर पर्छ । उनीहरुका आफन्त , नातेदार इष्टमित्र छरछिमेकी यस्तो कुराबाट प्रभावित हुन्छन् ।

दम्पतिबिच फाटो आउँछ तब उनीहरु एउटै छानोमुनी बस्न सक्दैनन् र अलग हुन बाध्य हुन्छन् । पति पत्नीबिचको महत्वकांक्षा पनि कहिलेकाही दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ । एक विवाहित महिलाले घरको संघार नाघेर बाहिर आउनु बिद्रोह गरे जतिकै हो ।कतिपय यस्तो परिवार हुन्छ जहाँ यस्तो अशोभनिय काम गर्नु र आफुलाई खुुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्नो इच्छा आंकाक्षालाई खुम्चाएर राख्न बाध्य हुन्छन् । घरको परिधिबाट बाहिर जान खोज्दा पति पत्नी बिचको सम्बन्धमा मतभेद आउँछ । कारण सम्बन्धले अर्कै मोड लिन्छ । कतिपय श्रीमती उच्च महत्वकांक्षा हुने हुँदा उनीहरु परिवारको परिधिबाट बाहिर आउन चाहन्छन् ।यस्तो अवस्थामा श्रीमान श्रीमतीको मतभेद मिल्दैन् । यस्तै कुरालाई नियाल्नै जाने हो भने के श्रीमती महत्वाकांक्षी हुनु समस्या हो त ? भन्ने जटिल प्रश्न आउन सक्छ । किनकी हाम्रो समाजमा एक विवाहित महिलालाई परिवार सम्हाल्ने दायित्व दिएको हुन्छ ।

सामाजिक परम्परालाई स्वीकार गर्ने हो भने एक महिलाले छोराछोरी, सासु , ससुरा घर व्यवहार सम्हाल्नुपर्ने हुन्छ । पत्नीले घरको काम सम्हालेपछि पतीलाई घरबाहिरको जिम्मेवारी दिएको हुन्छ ।यद्यपी यस्तो किसिमको तालमेलले दाम्पत्य जीवनमा सुख छाउँछ । तर एक महिला तथा एक श्रीमती घरधन्दामा नै सिमित हुनुपर्ने अवस्था सिर्जना हुन्छ । यसअर्थ श्रीमतीको महत्वकाक्षा आफैमा समस्या भने होइन् । तर त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु चाँही समस्या हो । अक्सर श्रीमतीको महत्वकांक्षा पुरा गर्ने बाटोमा श्रीमानले सहयोग गर्छन त भन्ने कुरामा नकारात्मक जवाफ आउन सक्छ । किनकी पुरुष आफै अभिमान हुन्छ । अक्सर धेरै श्रीमान चाहन्छन् की श्रीमती आफु भन्दा अगाडी नजाओस् ।

अबका पती पत्नी एक अर्काको कुरालाई सहजै स्वीकार गरेर आफुलाई खुम्च्याएर बस्न चाहदैनन् । यता श्रीमान आफ्नो अडान छोडेर पछाडी हट्दैनन् । हो यही अवस्था आएपछि श्रीमान र श्रीमतीले आफुहरुको सम्बन्धलाई अलग गर्ने निर्णय गर्न बाध्य हुन्छन् । यसअर्थ श्रीमान श्रीमती बिचको अहंम अडानले उनीहरुमा फाटो ल्याउँछ र सम्बन्भलाई टुट्न बाध्य बनाउँछ । श्रीमन श्रीमती दुवैको आ आफ्नो इच्छा आकंक्षा हुन्छ ।उनीहरुको लागि सर्वोपरि भनेको आफ्नो परिवार हुन् । जुन उनीहरुले नै रचेका हुन्छन् ।यसलाई जोडेर राख्ने दुवैको दायित्व हो । एकअर्कालाई मजबुत र विश्वासमा जिउनको लागि केही कुरालाई आत्मासाथ गर्नु जरुरी रहेको हुन्छ । जस्तै : श्रीमान श्रीमती बिचको कुनै पनि प्रतिस्पर्धा सुखद हुँदैन् । यसबाट बच्न एकअर्काको भावना इच्छालाई कदर गर्नुपर्छ ।

एकअर्कालाई सम्मान गरे सबै कुरा पाउन सक्छन् । श्रीमतीले आफ्नो करियर आफै निर्माण गर्न चाहन्छिन् हाँसिल गर्न चाहन्छिन् भने त्यो गलत होइन् । यो श्रीमतीको हक हो । श्रीमानले यो कुरा बुझ्न जरुरी छ की त्यसबाट उनले के पाउँछिन् भन्ने कुरा बुझ्न जरुरी रहेको छ । श्रीमानको प्रोत्साहन र प्रशंसाले श्रीमतीको प्रतिभामा निखार आउँछ ।उनको मनसाय श्रीमतीलाई होच्याउने होइन आफ्नो श्रीमती प्रगतिशिल छन्, सार्वजनिक जीवन बिताइरहेकी छन् भन्ने चाहना राखेमा श्रीमानलाई हीनताबोध हुँदैन् । यसरी एक अर्कालाई बुझेर अगाडी बढ्न सके परिवारलाई सुन्दर बनाउन सकिन्छ ।