भक्तपुर निवासी ३४ वर्षीया गंगामाया थापामगर र उनका १६ वर्षीय छोरा रोशन एसइई उत्तीर्ण गरेको खुसी साटासाट गर्दै । आस्था महिला विद्यालय भक्तपुरकी विद्यार्थी गंगामायाले २.३७ र एसओएस हर्मन माइनर स्कुल सानोठिमीका विद्यार्थी रोशनले ३.७ जिपिए ल्याएका छन् । आमा अनमि पढ्न चाहन्छिन् भने छोरा साइन्स ।

 

एसईईमा शान्ता चौधरीले ल्याइन् बी ग्रेड

यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

 

करिश्माले ल्याइन् थ्री जीपीए

बिहीबार सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् । मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिकृया दिएकी छन् । करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ थिइन् ।

 

कुन श्रेणीमा कति?

कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छ:

ए प्लस (३.६ देखि ४ जीपीए): १७,५८०
ए (३.२ देखि ३.६ जीपीए): ५१,१३७
बी प्लस (२.८ देखि ३.२ जीपीए): ६३,७४१
बी (२.४ देखि २.८ जीपीए): ७६,५६४
सी प्लस (२ देखि २.४ जीपीए): ९८,२०७
सी (१.६ देखि २ जीपीए): ९५,३०७
डी प्लस (१.२ देखि १.६ जीपीए): ४३,८४१
डी (०.८ देखि १.२ जीपीए): ४,४२९

 

कुल सहभागी चार लाख ९५ हजार दुई सय ७५ विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट ७०.८४ र निजी विद्यालयबाट २९.१६ प्रतिशत विद्यार्थी छन् । तर, ३.६० देखि ४ जिपिए ल्याउने १७ हजार आठ सय ८० मध्ये १४ हजार सात सय ८८ जना निजी विद्यालयकै छन् । सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ ले मात्रै ए प्लस प्राप्त गरेका छन् । यस्तै, ३.२० देखि ३.६० जिपिए ल्याउने ५१ हजार एक सय ३७ मध्ये ३९ हजार नौ सय १४ जना निजी विद्यालयकै विद्यार्थी छन् । उक्त जिपिए प्राप्त गर्ने सामुदायिकका ११ हजार दुई सय २३ ले मात्रै छन् ।

 

यस्तै, सबैभन्दा तल्लो जिपिए ०.८० देखि १.२० सम्म ल्याउनेमा भने सामुदायिक विद्यालयका चार हजार दुई सय ९६ र निजीमा एक सय ३३ जना मात्रै रहेका छन् । यसरी तुलनात्मक रूपमा हेर्दा बढी जिपिए प्राप्त गर्नेमा निजीका बढी विद्यार्थी छन् भने कम जिपिए प्राप्त गर्नेमा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या उच्च रहेको छ । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ । तस्बिर: नया पत्रीका ।