काठमाडौं -माध्यमिक शिक्षा परीक्षा एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आत्महत्या गरेकी छन् । अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आत्महत्या गरेकी हुन् । सदिक्षाले झुण्डिएर आत्महत्या गरेकी हुन् भने सलिनाले गरी आत्महत्या गरेकी हुन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– घर भएकी सदिक्षाले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी थिइन ।

 

परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शङ्कर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने जानकारी दिएका छन् । उनले एसइईमा जिपिए ३.६ ल्याएकी थिइन् । झापा बुधबारेस्थित बाल्मिकी स्कुलबाट एसईई परीक्षामा सहभागी भएकी सलिना पनि आफूले सोचे जस्तो रिजल्ट नआएपछि विष सेवन गरी आत्म हत्या गरेकी परिवारले जनाएको छ । परिवारका अनुसार सलिना कक्षामा राम्रो विद्यार्थी थिइन् ।

 

कक्षामा कडा परिश्रम अनि राम्रो तयारीका साथ परीक्षा दिएकी सलिना ‘ए प्लस’का लागि ढुक्क थिइन् । परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको रिजल्टमा सलिनाले २.८१ जिपिए अर्थात् बि ग्रेड पाएकी थिइन । त्यसको भोलि पल्ट बोर्डले प्राविधिक कमजोरीले पुरै रिजल्टमा त्रुटि भएको सूचना प्रकाशित गरी रिजल्ट सच्याएका थिए । सच्याइएको सो रिजल्टमा मृतक ढकालले ३.७५ जीपिए अर्थात् उनले सोचे अनुरूप ए प्लस ग्रेड पाएको उल्लेख छ । यो समाचार आजको न्युज २४ नेपाल टिभि मा लेखिएको छ ।

 

°°°°°°°

एसईई नतिजामा कुन प्रदेश कति अब्बल !

एसईई परीक्षामा प्रदेश–१
४ लाख ५९ हजार २७५ जना परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये १ हजार ९८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ८ हजार ४ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १ हजार ६८१ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी १२ हजार ९६० जना छन्। त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १८ हजार ६५ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने १८ हजार ३८९ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ७ हजार २९९ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने ४९२ जना रहेका छन्।

 

प्रदेश–२
६६ हजार ४५४ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये ९३१ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ४ हजार ५९६ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने ७ हजार २२५ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी ८ हजार ७१३ जना छन्। त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने १६ हजार ४११ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ११ हजार ७७५ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने १ हजार ४५४ जना रहेका छन्।

 

प्रदेश–३ बाट एसईई परीक्षामा १ लाख ५ हजार ६ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये १० हजार ६८ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने २१ हजार ८३२ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १९ हजार ३७० जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी १७ हजार ९१५ जना छन्। त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १७ हजार ७९५ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने ११ हजार ५६३ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ३ हजार ८१ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने १९० जना रहेका छन्।

 

गण्डकी प्रदेश
४७ हजार ३१९ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये १ हजार ८१८ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ५ हजार ८२४ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने ८ हजार ११९ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी ९ हजार ९१५ जना छन्। त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने ११ हजार १२८ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने ७ हजार २३३ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने १ हजार ७५५ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने १०९ जना रहेका छन्।

 

प्रदेश–५
७५ हजार ८४४ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये १ हजार ६८४ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ६ हजार ४८६ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने ९ हजार ९६६ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी १३ हजार ५४ जना छन्। त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १६ हजार ७१४ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने १६ हजार २३५ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ७ हजार ५९० जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने ८५४ छन्।

 

कर्णाली प्रदेश
३२ हजार ९६६ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये १४६ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ७४९ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १ हजार ८४७ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी ५ हजार ११४ जना छन्। त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने ९ हजार ३११ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने ९ हजार ८३१ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ३ हजार ९६६ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने ३९६ छन्।

 

सूदुरपश्चिम प्रदेश
५० हजार ६१० जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका थिए। जसमध्ये २५१ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने १ हजार ४७० जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने ३ हजार ४८० जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी ६ हजार ४०९ जना छन्। त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १२ हजार १९१ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने १५ हजार ५४७ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ८ हजार ३७४ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने ९३४ जना रहेका छन्।

साढे १५ हजारले दिएनन् परीक्षा
१५ हजार ७२८ जना विद्यार्थीले एसईई परीक्षा नदिएरै विद्यालय छाडेको पाइएको छ। देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ४ लाख ५९ हजार २७५ जनामात्र परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ। परीक्षा नदिने विद्यार्थी मध्ये छात्रको संख्या ६ हजार ३०४ छ। त्यस्तै छात्राको संख्या ९ हजार ४२४ रहेको छ। एसईईको फारम भरेका २ लाख ३६ हजार ४४५ जना छात्र मध्ये २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएका थिए।

 

त्यस्तै एसईईको फारम भरेका २ लाख ३८ हजार ५५८ जना छात्रा मध्ये २ लाख २९ हजार १३४ जना छात्रा परीक्षामा सहभागी भएको तथ्यांक परीक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको छ।

प्रदेश–१ मा मात्र फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या २ हजार ७४२ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ८३ हजार ८१८ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ८१ हजार ७६ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ।

त्यस्तै

प्रदेश–२ मा मात्र फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या ४ हजार ११४ जना छ। प्रदेशभरबाट जम्मा ७० हजार ५६८ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ६६ हजार ४५४ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ।

प्रदेश–३ मा भने ९९६ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा १ लाख ६ हजार २ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा १ लाख ५ हजार ६ जना परीक्षामा सहभागी भए।

 

गण्डकी प्रदेशमा फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या ७१७ जना छ। प्रदेशभरबाट जम्मा ४८ हजार ३६ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ४७ हजार ३१९ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ।

त्यस्तै प्रदेश–५ मा मात्र एसईई नदिने विद्यार्थीको संख्या १ हजार १३९ छ। प्रदेशभरबाट जम्मा ७६ हजार ९८३ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ७५ हजार ८४४ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको जनाएको छ।

 

कर्णाली प्रदेशमा भने २ हजार ६५८ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ३५ हजार ६२४ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ३२ हजार ९६६ जना परीक्षामा सहभागी भएका थिए।

सूदुरपश्चिम प्रदेशमा फारम भरेर ३ हजार ३६२ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ५३ हजार ९७२ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ५० हजार ६१० जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ।