सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ । आइतबार सरकारी स्तरबाट बर्दियामा कार्यक्रम गरिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् । उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए । पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् । रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए । हेर्नुहोस् तस्वीरहरु ।

 

तस्वीरहरु : बाबुराम भट्टराईको ट्व्विटर/फेेेसबुकबाट