एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ। बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो।मलेसियाको किनरारा ओभलमा चीनले दिएको ५४ रनको लक्ष्य नेपालले विना विकेटको क्षतिमा ५ ओभरमै पूरा गर्‍यो। नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे। पवनले २१ बलमा ६ चौका र ३ छक्का हिर्काए। रितले १० बलमा १ चौका हिर्काए। त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चीन २३.१ ओभरमा ५३ रनमा अलआउट भयो।

 

चीनका लागि ओपनरद्वय गुओहाओ गाओ र लियाङ चेनले १३-१३ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाउँदै नेपाली बलरको सिकार भए। चीनलाई सस्तैमा रोक्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए। उनले ९.१ ओभरमा ३ मेडन राख्दा १९ रन दिए। तिलकराज भण्डारीले ३ विकेट हात पार्दा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो । समूह ए मा रहेको नेपालको समूहमा चीन र सिंगापुर छन्। नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ। समूहमा दुवै खेल हारेपछि चीन बाहिरिएको छ। नेपाल र सिंगपुर अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेका छन्। नेपाल र सिंगपुरबीचको खेल समूह विजेताका लागि हुनेछ।

 

प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यानमारले नाम फिर्ता लिएको थियो। समूह ए रहेको म्यानमारले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन्। अर्को समूहमा भने चार टोली छन्। अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङ्कङ र थाइल्याण्ड रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन्। प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ। नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ। विजेता टिम यु-१९ एसिया कपमा पुग्नेछ।

 

°°°°°°°

जब बालबच्चाले स्नेह र स्पर्श पाउँदैनन्, उनिहरुको मन कस्तो होला ?

‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने । घरमा मलाई दाई भाउजुले हेला गर्ने । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भएको छैन भनेर भन्ने । यति भन्दै म बिदा माग्छु ।’ ललितपुरमा बसोबास गर्ने एक ११ बषिर्य बालकले लेखेको सुसाइड नोट हो यो । उनी पाँच कक्षाका विद्यार्थी रहेछन् । बागमति गाउपालिका २ माल्टास्थि कालिदेवी माध्यमिक विद्यालयमा पढिरहेका रहेछन् । अक्सर आत्महत्याको घटनामा युवा र वयस्क बढी हुने गर्छन् । किनभने व्यवहारिक जीवनमा आउने अनेक उतार-चढावले नै कतिपयलाई आत्महत्या गर्न उक्साउने गर्छ । उपचार गर्न नसकिने रोग लागेपछि, तिर्ने नसकिने ऋण लागेपछि, भुल्नै नसक्ने प्रेममा धोका पाएपछि मान्छेले आत्महत्याको बाटो रोज्छन् । जबकी ११ बर्षको बालकसँग न त्यतीका ऋणको बोझ हुन्छ, न उपचारकै लागि त्यस्तो बाध्यता न त प्रेममा धोका नै ।

 

उनले आफ्नो आत्महत्याबारे स्पष्ट खुलाइसकेका छन् । उनले लेखेका छन्, ‘मलाई कसैले माया गर्दैन ।’ खासमा उनी माया-ममताबाट विमुख भएका छन् । घरमा दाजु-भाउजुले माया गर्दैनन् । विद्यालयमा शिक्षक-शिक्षिकाले । विद्यालयमा उनले माया मात्र नपाएका होइनन्, विश्वास पनि पाएका छैनन् । शिक्षकले उनलाई विश्वास गर्दैनन् । यसरी प्रेमिल वातावरणको अभावमा एउटा बालक विक्षिप्त हुन्छन् र ति सबैबाट सधैका लागि मुक्तिको बाटो खोज्छन् ।

 

हामीलाई सामान्य लाग्छ, तर एउटा बच्चालाई स्नेह र विश्वासबाट विमुख भएपछि कति गहिरो चोट लाग्छ ?
भनिन्छ, बालबालिका मायाका भोका हुन्छन् । उनीहरुलाई ममतामयी स्पर्शको खाँचो हुन्छ । ति बालकसँग अरु कुनै ठूलो समस्या छैन । उनी त्यस्तो अप्ठ्यारोसँग जुधिरहेका छैनन् । तर, माया पाएका छैनन् । उनलाई कसैले माया गर्दैन । बालकलाई यस्तै लाग्छ । आफ्नै घरपरिवारमा उनले माया पाएका छैनन् । विद्यालयले उनलाई विश्वास गर्दैन । शिक्षक/शिक्षिकाले उनलाई पत्याउँदैन । उनलाई लाग्छ, यसरी माया र विश्वासबाट विमुख भएर कसरी बाँच्नु ?

 

बालबालिका कस्तो मनोदसाबाट गुज्रिरहेका छन् ?
बालबालिकाको मनोदसा हामी बुझ्दैनौ । उनीहरुको भाषा सुन्दैनौ । कहिले पनि उनीहरुसँग अन्र्तसंवाद गर्दैनौ । हामीलाई के लाग्छ भने बालबालिकले केही जान्दैनन् । केही थाहा पाउँदैनन् । उनीहरुलाई जे गरेपनि हुन्छ, जे भनेपनि हुन्छ । कुनैपनि कुरालाई गंभिरतापूर्वक लिदैनन् । तर, बच्चाहरुको मनोभावलाई हामी बुझ्नुपर्छ । उनीहरुको भाषा सुन्नुपर्छ । बच्चा के चाहन्छन्, के खोज्छन् ? हामीले मनन गर्नुपर्छ ।

 

धेरैजसो अवस्थामा हामीले बालबालिकालाई उपेक्षा गरिरहेका हुन्छौ । उनीहरुले केही बुझ्दैनन्, केही थाहा पाउँदैनन् भन्ने सोचिरहेका हुन्छन् । जबकी बच्चाहरु भित्रभित्रै पीडाले छटपटाइरहेका हुनसक्छन् । आफुप्रति गरिने रुखो व्यवहार, घृणा, असहयोग, अविश्वासले उनीहरु गलेका हुन्छन् । तर, हामी उनीहरुको मनोदशा बुझ्दैनौ । बच्चा कस्तो मनोदसाबाट गुजि्ररहेका छन् ? उनीहरु के चाहन्छन् ? के भइरहेको छ ? हामी चासो राख्दैनौ । जतिबेला बुझ्न खोज्छौ, त्यसबेला ढिला भइसकेको हुन्छ । हामीसँग गल्तीबोध गर्नु सिवाय केही बाँकी रहँदैन । त्यसैले बच्चालाई उपेक्षा नगरौं । उनीहरुको भावनामा ठेस पुग्ने काम नगरौं । उनीहरुलाई स्नेह र स्पर्शबाट विमुख नगराऔं । किनभने हामीले गर्ने यी सामान्य गल्तीबाट उनले कठोर सजाय भोगिरहेका हुन्छन् ।

 

अभिभावकको गल्ती
अभिभावकहरु बच्चासँग अन्र्तसंवाद गर्दैनन् । उनीहरुको भावना बुझ्ने प्रयास गर्दैनन् । बच्चासँग भलाकुरासी गर्दैनन् । बच्चाको भावनालाई सम्मान गर्दैनन् । बच्चाको कुरा सुन्दैनन् ।
एकोहोरो आफ्नो अपेक्षा र इच्छा बच्चामाथि लाद्ने गर्छन् । बच्चा के चाहन्छन् ? अभिभावकले सुन्दैनन् । आफ्नो चाहना के हो ? बच्चामाथि भारी बोकाउन खोजिन्छ । आफुले पुरा नगरेको कतिपय इच्छा र योजनाको झेला पनि बच्चाको काधमा भिराइन्छ । यसले बच्चालाई कति बोझिलो बनाइरहेको छ भन्ने कुरा हामी बुझ्दैनौ । बच्चालाई विद्यालय पठाएपछि जान्नेबुझ्ने हुन्छ, शिक्षित हुन्छ, जागिर खान्छ भन्ने ध्यान्नमै हामी रुमल्लिएका हुन्छन् । जबकी बच्चा कस्तो मनोदसा बोकेर विद्यालय जादैछन् ? उनी के कस्ता समस्यासँग जुधिरहेका छन् ? उनको मनमा कस्तो आँधीबेहेरी चल्दैछ ? हामी अनुभूत नै गर्दैनौ ।

 

शिक्षकको गल्ती
हामीकहाँ शिक्षक/शिक्षिकाहरु बालबालिकासँग खेल्ने, रमाउने गर्दैनन् । बरु डर र अनुशासनको छडी बोकेर सधै भयभित बनाइरहन चाहन्छन् । त्यही कारण बालबालिका शिक्षकसँग डराउँछन् । खुलेर कुराकानी गर्दैनन् । मित्रवत् व्यवहार गर्दैनन् । शिक्षकले आफुलाई शिक्षक भन्दा बढी प्रशासक जस्तै बनाउँछन् । विद्यार्थीसँग उनीहरु अन्र्तसंवाद गर्दैनन् । बरु प्रहरी र अपराधीको झै ठाडो संवाद गर्छन् । बच्चाले शीर निहुराएर, सानो आवाजमा, सर्तक पोजिसनमा कुरा गर्नुलाई अनुशासन ठान्छन् । आफुलाई देख्नसाथ बालबालिका सर्तक र अनुशासिन भएको देख्न चाहन्छन् । आफुले अह्राएको कुरा खुरुखुरु गरोस् भन्ने चाहन्छन् । शिक्षकको यस्तै प्रवृत्तिले गर्दा धेरै बालबालिका मनरोगी भएका छन् । विद्यालय र पुस्तकप्रति वितृष्णा जागेको छ ।

 

बालबालिकाले पढ्नैपर्छ, होमवर्क गर्नैपर्छ, सोधेको प्रश्नको जवाफ दिनैपर्छ, उत्तिर्ण हुनैपर्छ भन्ने शिक्षक/शिक्षिकाको ढिपीले धेरै बालबालिकालाई विद्यालय शिक्षाबाट विमुख गराइरहेको छ । शिक्षकहरु जागिरे मानसिकताले बढी काम गर्छन् । उनीहरु बालबालिकालाई जसरी हुन्छ जान्ने बनाउन लागिपर्छन । यही चक्करले गर्दा उनीहरु बालबालिकाको भावना, मनोदसा, मुड बुझ्न सक्दैनन् । बालमनोविज्ञान नबुझी आफ्नो ढर्रामा पुस्तक घोकाइरहँदा बच्चालाई नकारात्मक असर पर्छ भन्ने उनीहरु बुझ्दैन् । बच्चालाई अविश्वास गर्ने, भेदभाव गर्ने, प्रेम नगर्ने जस्ता कुराले धेरै बालबालिका शिक्षकप्रति भयभित छन् ।