बलिउड-देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता फिल्ममा आफ्नो बोल्ड अन्दाजबाट सबैको मन मस्तिष्कमा बस्न सफल माही गिल आजकाल चर्चामा छिन् । नायिकाले हालै आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । यतिबेला उनले आफ्नो एक छोरी भएको र यसमा आफूलाई गर्व भएको बताइन् । नायिकाले आफू विवाहित नभएको तर विवाह गर्न चाहेको बताइन् । हालै भारतीय मिडिया नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा उनले यो वर्षको अगस्टमा आफ्नी छोरी तीन वर्ष पूरा हुने बताएकी छिन् । यो कुरा किन लुकाएर राखेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई यसबारे कसैले पनि सोधेनन्, त्यसैले मैले पनि कहिले बताइनँ ।

 

अहिले मानिसहरुले यसबारे सोधिरहेका छन् र मैले उत्तर दिइरहेकी छु । ’ यसका साथै उनले आफू सिंगल नभएको बताएकी छिन् । प्रेमीबारे जानकारी दिँदै उनले भनिन्, ‘उनी गोवामा व्यापार गर्छन् । त्यसकारण म धेरैजसो गोवा आवतजावत गरिरहन्छु । उनकी छोरी मुम्बईमा उनीसँगै बस्ने र छोरीको हेरविचार उनकी काकीले गर्ने गरेको बताइन् ।विवाहको योजनाबारे प्रश्न सोध्दा उनले भनिन्, ‘विवाह किन गर्नै गर्यो र । सबैकुरा तपाईंको सोच र समयमा निर्भर हुन्छ ।’ ‘परिवार र बच्चा विवाह नगरीकनै बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ ।

 

 

विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि सबैको आ–आफ्नै जीवन हुन्छ र हरेकको आफ्नै सिद्धान्त पनि छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईंको नीजि रोजाई हुनुपर्छ ।’ कामको कुरा गर्ने हो भने उनको फिल्म फ्यामिली अफ ठाकुरगञ्ज चाँडै नै रिलिज हुने तयारीमा छ । नायिका आजकाल यो फिल्मको प्रोमोशनमा निकै व्यस्त छिन् । यसबाहेक माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ । यो समाचार रातिपाटीमा लेखिएको छ ।

 

 

°°°°

“हो म लोभी भएँ”: सुपुष्पा भट्ट

चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुपुष्पा भट्ट अहिले दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा छोटो तर विशेष भूमिका रहेको सुपुष्पा बताउँछिन् । सोलो नायिकाको रुपमा आएका केही अफर टुक्राएर सुपुष्पा सानो भूमिकामा किन चित्त वुझाउँदैछिन्, यी र अन्य विभिन्न बिषयमा रहेर उनीसँगको छोटो कुराकानी :

 

१. सोलो नायिकाको अफर आउँदा केही फिल्म छाड्नुभयो, तर ‘छ माया छपक्कै’मा विशेष भूमिका पाउँदा नै किन गर्नुभयो ?
एकदमै सिधा भाषामा भन्नुपर्दा, मैले ब्यानर नै हेरेको हुँ । भूमिका सानो भएपनि एकदमै प्रभाव बनाउने खालको नै छ । मलाई अहिले हतार पनि छैन । म विस्तारै चलचित्र क्षेत्रमा अगाडि बढिरहेकी छु ।
२. तपाइलाई भोजपुरीबाट बढी अफर किन आउँछ ?
त्यस्तो धेरै त होइन, ठिकै अफर आइरहेको छ । मलाई मेरो अनुहार उतातिरकोसँग मिल्छ भन्नुहुन्छ । ‘रणवीर’मा पनि त्यस्तै भूमिका भएर होला ।
३. तपाइलाई दर्शकले यति माया गर्नुहुन्छ भन्ने लागेको थियो ?
मैले त यस्तो सोचेको पनि थिइनँ । तर, दर्शकको मायाले उत्साहित छु ।

 

४. ‘छ माया छपक्कै’को टिमसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
एकदमै रमाइलो भयो । यति रमाइलो टिम, हाँसेर मात्र काम गर्यौ । यसको सदस्य हुन पाउँदा निकै नै खुशी लागेको छ ।
५. भनेपछि तपाइले ब्यानर मात्र हेर्नुभयो, भूमिका हेर्नुभएन हैन ?
त्यस्तो भन्न पनि मिल्दैन । मैले मेरो भूमिका पनि हेरेँ । नहेरी त कसरी गर्छु र ? तर मुख्य त ब्यानर नै हेरेको हुँ ।
६. ‘रणवीर’ असफल हुँदा दिमागमा के कुरा खेलेको थियो ?
म त जहिले पनि सकारात्मक नै कुरा सोच्छु । आफूले मिहिनेत गर्यो भने राम्रो कदम चाल्यो भने सोचेको स्थानमा पुगिन्छ भन्ने नै लाग्छ । तर, ‘रणवीर’ नचल्दा मेरो करिअर के होला भन्ने त दिमागमा आएको थियो । तर, म सकारात्मक नै सोच राख्ने व्यक्ति हुँ ।

 

७. चलचित्र असफल भएपनि, ‘रणवीर’बाट दर्शकले के कुरा मन पराउनुभयो भन्ने लाग्छ ?
म आफ्नो अभिनय बबाल नै थियो त भन्दिनँ । दर्शकले माया दिनुभयो । तर, खै म कसरी भनुँ कि उहाँहरुले के मन पराउनुभयो ।
८. तपाई चुजी र घमण्डी हुनुभयो भन्छन्, हो र ?
त्यस्तो केही पनि होइनँ । रमित ढुंगानाजीको चलचित्रबाट अफर आउँदा मेरो परिक्षा परेकाले नगरेकी हुँ । म घमण्डी वा चुजी केही पन भएकी छैन । तर, एउटा कुरा के स्पष्ट हो भने पहिलो चलचित्र नचलेपछि म कथा छान्ने कुरामा ध्यान दिने भएकी छु । म डिमाण्डेड वा घमण्डी केही पनि भएकी छैन ।

९. भनेपछि ‘छ माया छपक्कै’को छनोटमा तपाई लोभी हुनुभएछ हैन ?
हो, यसमा त म लोभी नै भएकी हुँ । मैले ‘६ एकान ६’देखि नै उहाँहरुको चलचित्र हेर्दै आएकी छु । उहाँहरुको चलचित्र धेरै ठूलो संख्याले हेर्नुहुन्छ । यसो गर्दा मलाई पनि नोटिस गर्नुहुन्छ । यसैले लोभी त हुनै पर्यो नी होइन र ?

 

 

°°°°°°°

सफलताको लागि कसरी समयको ब्यबस्थापन गर्ने ?

महान बिद्वान Alan Lakein भन्नुहुन्छ – “ Time = life, therefore, waste your time and waste of your life, or master your time and master your life .” अर्थात समय भनेको जीवन हो, समयलाई खेर फाल्नु भनेको जीवनलाई खेर फाल्नु हो । अनि समयको सदुपयोग नै जीवनको सदुपयोग हो । बास्तवमा समय साच्चै अमुल्य हुन्छ । यहि तपाई जीवनमा साच्चि कै सफलता चाहानुहुन्छ भने तपाईले समयको महत्व बुझ्न जरुरी हुन्छ । समयको महत्व बुझ्नु भनेकै समयको सदुपयोग गर्नु हो ।

 

समयलाई हामी घडिले नाप्छौँ । समयलाई हामीले सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिना, वर्ष हुदै शताब्दि जस्ता रुपमा बाडेका छौं । यो केवल हाम्रो सजिलोको लागि हो । यो मापन जहिल्यै एउटै हुन्छ । हामी भन्छौं – मसँग .. यति वर्षको अनुभब छ, मैले यति वर्ष सेवा गरेको छु । मैले जीवनका सबै दिनहरु नि यहि काममा बिताएको छु । हामी यसरी समयको इकाईसँग दाजेर आफुलाई सक्षम ठान्ने दुस्साहश गर्छौँ । तर यसरी हेर्दा त हामीले समय सदुपयोग गरेको होइन आफै बितेको हो । घडिको समयले १० वर्ष कटाउनमा हाम्रो कुनै भुमिका हुन्न । समयको व्यबस्थापनको बारेमा कुरा गर्दा समय कति गयो भन्ने भन्दा नि समयको कति सदुपयोग भयो ? भन्ने कुरा प्रमुख हुन्छ ।

 

तपाई ५० वर्ष पुग्नु ठुलो कुरा होइन । ठुलो कुरा त यो हो कि – तपाईले के सफलता हासिल गर्नु भो ? मानौं तपाईले ५० वर्षमा ५० लाख कमाउनु भयो तर कसैले ५ वर्षमा नै ५० लाख कमायो भने यहाँ कमाउने सवालमा तपाईको ५० वर्ष र उसको ५ वर्षको महत्व उत्तिकै हुन्छ । केहि मान्छेहरु यस्ता हुन्छन – जसले सामान्य मान्छेले १० वर्षमा पाएको सफलतालाई एकै वर्षमा हासिल गर्छन । आखिर यस्तो किन हुन्छ त ? यो सबैको कारण हो समयको ब्यवस्थापन । तपाई जति राम्ररी समयको व्यबस्थापन गर्नु हुन्छ, त्यति नै छिटो सफलता हासिल गर्नुहुन्छ ।

 

त्यसो भए के हो त समय व्यबस्थापन भनेको ? तपाईले खर्च गर्ने समयलाई व्यवस्थित पार्नु नै समय व्यबस्थापन हो । मानौं तपाईसँग एक दिनको २४ घन्टा छ । यो २४ घन्टालाई तपाई आफ्नो लक्ष्य साकार पार्नलाई पनि खर्च गर्न सक्नुहुन्छ अनि त्यति कै बेकुफको गेम खेलेर वा रु कुनै बेकामे काम गरेर पनि बिताउन सक्नु हुन्छ । अनि अर्को कुरा – तपाई आफ्नो समयलाई सहि काममा नै सदुपयोग गर्न त चाहानुहुन्छ तर तपाईसँग समय व्यबस्थापन गर्ने कला छैन भने तपाईको समय त्यति कै बित्न सक्छ । तपाईले फाल्तु काम गर्दा गर्दै आफ्नो लक्ष्य अनुसारको काम गर्न समय नै पुग्दैन । हो, यि सबै कुराको तालमेल मिलाएर आफ्नो लक्ष्य अनुसारको काम गर्ने पर्याप्त समय निकाल्नु नै समय व्यबस्थापन हो ।

 

आउनुहोस कसरी समयको व्यबस्थापन गरेर सफलता हासिल गर्ने भन्ने बारे चर्चा गरौः
१.सबैभन्दा पहिला आफ्नो भर्खर बितेको एक हप्ताको बिश्लेषण गर्नुहोसः तपाईले लक्ष्य बनाएर सो अनुसारको काम गर्न त थाल्नु भयो । तर मलाई लाग्छ तपाईलाई पक्कै पर्याप्त समय पुगिराखको छैन । त्यसैले तपाईको समय कसरी बितिरहेको छ भनेर बितेको अन्तिम हप्ताको समय कसरी बितेको रैछ भनेर बिश्लेषण गर्नुहोस । स – साना काम पनि नछुतुनुहोस । जस्तैः तपाईले लक्ष्य अनुसारको काम गर्न कति समय लगाउनु भयो ? फेसबूक वा अरू सामाजिल संजालमा कति समय बिताउनु भयो ? कति समय अरुसँग कुरा गरेर बिताउनु भयो ? आदि । यसरी हेरेर बिश्लेषण गर्नुभयो भने तपाईलाई थाहा हुन्छ कि तपाईको धेरै जसो समय त फाल्तु काम नै बितिरहेको हुन्छ । त्यसैले अब कसरी झिनामसिना काममा लगाएको समयलाई आफ्नो लक्ष्य साकार पार्ने काममा लगाउने भनेर महसुश गर्नुहोस । तपाईले यसरी महसुश नगरी समय ब्यबस्थापन गर्न सक्नुहुन्न ।

२. आफ्ना कामहरुको प्राथमिकता चयन गर्नुहोसः माथी भने झै कुन – कुन काममा कति समय बितेछ भन्ने कुरा महसुश गरिसके पछि अब आफ्ना सबै कामलाई १,२,३…….. गरेर प्राथमिकता दिनुहोस । यसरी प्राथमिकता छनौट गर्दा महत्वपुर्ण र जरुरी काम पनि छुट्याउनुहोस । जस्तैः तपाईको लागि आफ्नो लक्ष्य अनुसारको काम गर्नु महत्वपुर्ण हो । तर तपाईलाई केहि स्वास्थ्य सम्बन्धि समस्या छ भने जचाउन जानु जरुरि काम हो । यसरी जरूरी कामहरूलाई केहि समय दिएर बाकि समय महत्वपुर्ण कामलाई दिनुहोस । काम गर्दा तपाई छनौट गरेको १,२,३ ……….प्राथमिकता अनुसार गर्नुहोस । यसो गर्दा तपाईले सबै काम नभ्याए पनि तपाईले मुख्य कामलाई भने गर्नु हुनेछ ।

३. कार्य योजना बनाउनुहोसः आफ्नो काम र प्राथमिकताको दैनिक, साप्ताहिक, मासिक र बार्षिक कार्ययोजना बनाउनुहोस ।
४. कार्ययोजनाको पुनरावलोकन गर्नुहोसः बीच – बीचमा आफ्नो कामको पुनरावलोकन गर्नुहोस र तपाई कहाँ चुक्नु भएको छ, त्यहाँ सुधार गर्नुहोस ।
५. आफैसँग प्रतिस्पर्धा गर्नुहोसः तपाई आफ्नो कामको रफ्तार बढाउन आफैसँग प्रतिस्पर्धा गर्नुहोस । तपाईले हिजो कुनै काम १ घण्टामा गर्नु भएको थियो भने आज त्यहि काम ५० मिनेटमा सक्ने कोसिश गर्नुहोस ।
६. एकै पटकमा धेरै काम गर्ने कोसिश नगर्नुहोसः भनिन्छ नदि तर्दा एकै पटक दुई वटा नाउमा खुट्टा हाल्न हुन्न, ठिक त्यस्तै तपाईले एकैपटक धेरै काममा हात हाल्नु भयो भने तपाईलाई सबैतिर हात लाग्यो सुन्य हुन्छ ।

 

७. कहिल्यै नहबडाउनुहोसः वीरको परिक्षा संकटमा हुन्छ भनेझै तपाईलाई अप्ठेरो पर्दा कहिले नहडबडाउनुहोस । के गर्ने भनेर छिटो निर्णय लिनुहोस र त्यहि अनुसार गर्नुहोस । यदि तपाई हडबडाउनु भयो भने तपाईलाई ढिला हुन्छ नै तपाईको काम पनि बिग्रिन्छ ।
८. सबै कामलाई सु – व्यबस्थित गर्नुहोसः तपाईको नित्यकर्मदखि सबै कामलाई व्यबस्थित गर्नुहोस । तपाईले आफ्नो कामलाई व्यबस्थित गर्न सक्नु भएन भने समय बर्बाद हुनुका साथै काममा रुचि पनि घट्दै जान्छ ।
९. सुस्सता हटाउनुहोसः मानिसहरु छिटो हुने कामलाई पनि हुने नहुने कुरा जोडेर समय बर्बाद गर्छन । त्यसैले हरेक कामलाई छिटो र छरितो तरिकाले गर्नुहोस ।