कहिले काहीँ  कल्पना समेत गर्न नसकिने कुराहरु आफ्नै जिन्दगिमा पर्न जान्छ । यस्तै प्रसङ्ग, भारतको तामिलनाडु प्रान्तकी एक महिलाले तीन वर्षदेखि बेपत्ता भएका श्रीमान् फेला पारेकी छन् । हराएका श्रीमान्सँग उनको भेट टिकटकले सम्भव बनाएको हो । तामिलनाडुको कृष्णनगरीका सुरेश नामक व्यक्ति सन् २०१६ मा आफ्नी श्रीमती र तीन छोराछोरी छोडेर हिडेका थिए । त्यसयता उनी सम्पर्कमा आएका थिएनन् । यसबीचमा उनकी ९श्रीमती जयप्रधाले० सम्भव हुनेजति सबै ठाउँमा उनको खोजी गरिन् । र, प्रहरीमा उजुरी पनि दर्ता गरिन् । तै पनि सुरेशको कुनै खबर पाउन सकेकी थिइनन् ।

 

हराएको तीन वर्षपछि एक आफन्तले टिकटकमा सुरेशजस्तै व्यक्ति देखेको बताए । प्रहरीले यही भिडियोलाई आधार बनाएर अनुसन्धान सुरु ग-योे । सामान्य ९घरझगडा० पछि घर छोडेर हिडेका सुरेश होसुरमा मेकानिको काम गरेर बसिरहेको पत्ता लाग्यो । उनी लिंग परिवर्तन गरेकी एक महिलासँगको सम्बन्धमा थिए, जसले उक्त टिकटक भिडियो बनाएकी थिइन् । भिडियोमा ती महिलालाई पनि देख्न सकिन्छ ।

 

°°°°°°°

सफलताको लागि कसरी समयको ब्यबस्थापन गर्ने ?

महान बिद्वान Alan Lakein भन्नुहुन्छ – “ Time = life, therefore, waste your time and waste of your life, or master your time and master your life .” अर्थात समय भनेको जीवन हो, समयलाई खेर फाल्नु भनेको जीवनलाई खेर फाल्नु हो । अनि समयको सदुपयोग नै जीवनको सदुपयोग हो । बास्तवमा समय साच्चै अमुल्य हुन्छ । यहि तपाई जीवनमा साच्चि कै सफलता चाहानुहुन्छ भने तपाईले समयको महत्व बुझ्न जरुरी हुन्छ । समयको महत्व बुझ्नु भनेकै समयको सदुपयोग गर्नु हो ।

 

समयलाई हामी घडिले नाप्छौँ । समयलाई हामीले सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिना, वर्ष हुदै शताब्दि जस्ता रुपमा बाडेका छौं । यो केवल हाम्रो सजिलोको लागि हो । यो मापन जहिल्यै एउटै हुन्छ । हामी भन्छौं – मसँग .. यति वर्षको अनुभब छ, मैले यति वर्ष सेवा गरेको छु । मैले जीवनका सबै दिनहरु नि यहि काममा बिताएको छु । हामी यसरी समयको इकाईसँग दाजेर आफुलाई सक्षम ठान्ने दुस्साहश गर्छौँ । तर यसरी हेर्दा त हामीले समय सदुपयोग गरेको होइन आफै बितेको हो । घडिको समयले १० वर्ष कटाउनमा हाम्रो कुनै भुमिका हुन्न । समयको व्यबस्थापनको बारेमा कुरा गर्दा समय कति गयो भन्ने भन्दा नि समयको कति सदुपयोग भयो ? भन्ने कुरा प्रमुख हुन्छ ।

 

तपाई ५० वर्ष पुग्नु ठुलो कुरा होइन । ठुलो कुरा त यो हो कि – तपाईले के सफलता हासिल गर्नु भो ? मानौं तपाईले ५० वर्षमा ५० लाख कमाउनु भयो तर कसैले ५ वर्षमा नै ५० लाख कमायो भने यहाँ कमाउने सवालमा तपाईको ५० वर्ष र उसको ५ वर्षको महत्व उत्तिकै हुन्छ । केहि मान्छेहरु यस्ता हुन्छन – जसले सामान्य मान्छेले १० वर्षमा पाएको सफलतालाई एकै वर्षमा हासिल गर्छन । आखिर यस्तो किन हुन्छ त ? यो सबैको कारण हो समयको ब्यवस्थापन । तपाई जति राम्ररी समयको व्यबस्थापन गर्नु हुन्छ, त्यति नै छिटो सफलता हासिल गर्नुहुन्छ ।

 

त्यसो भए के हो त समय व्यबस्थापन भनेको ? तपाईले खर्च गर्ने समयलाई व्यवस्थित पार्नु नै समय व्यबस्थापन हो । मानौं तपाईसँग एक दिनको २४ घन्टा छ । यो २४ घन्टालाई तपाई आफ्नो लक्ष्य साकार पार्नलाई पनि खर्च गर्न सक्नुहुन्छ अनि त्यति कै बेकुफको गेम खेलेर वा रु कुनै बेकामे काम गरेर पनि बिताउन सक्नु हुन्छ । अनि अर्को कुरा – तपाई आफ्नो समयलाई सहि काममा नै सदुपयोग गर्न त चाहानुहुन्छ तर तपाईसँग समय व्यबस्थापन गर्ने कला छैन भने तपाईको समय त्यति कै बित्न सक्छ । तपाईले फाल्तु काम गर्दा गर्दै आफ्नो लक्ष्य अनुसारको काम गर्न समय नै पुग्दैन । हो, यि सबै कुराको तालमेल मिलाएर आफ्नो लक्ष्य अनुसारको काम गर्ने पर्याप्त समय निकाल्नु नै समय व्यबस्थापन हो ।

 

आउनुहोस कसरी समयको व्यबस्थापन गरेर सफलता हासिल गर्ने भन्ने बारे चर्चा गरौः
१.सबैभन्दा पहिला आफ्नो भर्खर बितेको एक हप्ताको बिश्लेषण गर्नुहोसः तपाईले लक्ष्य बनाएर सो अनुसारको काम गर्न त थाल्नु भयो । तर मलाई लाग्छ तपाईलाई पक्कै पर्याप्त समय पुगिराखको छैन । त्यसैले तपाईको समय कसरी बितिरहेको छ भनेर बितेको अन्तिम हप्ताको समय कसरी बितेको रैछ भनेर बिश्लेषण गर्नुहोस । स – साना काम पनि नछुतुनुहोस । जस्तैः तपाईले लक्ष्य अनुसारको काम गर्न कति समय लगाउनु भयो ? फेसबूक वा अरू सामाजिल संजालमा कति समय बिताउनु भयो ? कति समय अरुसँग कुरा गरेर बिताउनु भयो ? आदि । यसरी हेरेर बिश्लेषण गर्नुभयो भने तपाईलाई थाहा हुन्छ कि तपाईको धेरै जसो समय त फाल्तु काम नै बितिरहेको हुन्छ । त्यसैले अब कसरी झिनामसिना काममा लगाएको समयलाई आफ्नो लक्ष्य साकार पार्ने काममा लगाउने भनेर महसुश गर्नुहोस । तपाईले यसरी महसुश नगरी समय ब्यबस्थापन गर्न सक्नुहुन्न ।

२. आफ्ना कामहरुको प्राथमिकता चयन गर्नुहोसः माथी भने झै कुन – कुन काममा कति समय बितेछ भन्ने कुरा महसुश गरिसके पछि अब आफ्ना सबै कामलाई १,२,३…….. गरेर प्राथमिकता दिनुहोस । यसरी प्राथमिकता छनौट गर्दा महत्वपुर्ण र जरुरी काम पनि छुट्याउनुहोस । जस्तैः तपाईको लागि आफ्नो लक्ष्य अनुसारको काम गर्नु महत्वपुर्ण हो । तर तपाईलाई केहि स्वास्थ्य सम्बन्धि समस्या छ भने जचाउन जानु जरुरि काम हो । यसरी जरूरी कामहरूलाई केहि समय दिएर बाकि समय महत्वपुर्ण कामलाई दिनुहोस । काम गर्दा तपाई छनौट गरेको १,२,३ ……….प्राथमिकता अनुसार गर्नुहोस । यसो गर्दा तपाईले सबै काम नभ्याए पनि तपाईले मुख्य कामलाई भने गर्नु हुनेछ ।

 

३. कार्य योजना बनाउनुहोसः आफ्नो काम र प्राथमिकताको दैनिक, साप्ताहिक, मासिक र बार्षिक कार्ययोजना बनाउनुहोस ।
४. कार्ययोजनाको पुनरावलोकन गर्नुहोसः बीच – बीचमा आफ्नो कामको पुनरावलोकन गर्नुहोस र तपाई कहाँ चुक्नु भएको छ, त्यहाँ सुधार गर्नुहोस ।
५. आफैसँग प्रतिस्पर्धा गर्नुहोसः तपाई आफ्नो कामको रफ्तार बढाउन आफैसँग प्रतिस्पर्धा गर्नुहोस । तपाईले हिजो कुनै काम १ घण्टामा गर्नु भएको थियो भने आज त्यहि काम ५० मिनेटमा सक्ने कोसिश गर्नुहोस ।
६. एकै पटकमा धेरै काम गर्ने कोसिश नगर्नुहोसः भनिन्छ नदि तर्दा एकै पटक दुई वटा नाउमा खुट्टा हाल्न हुन्न, ठिक त्यस्तै तपाईले एकैपटक धेरै काममा हात हाल्नु भयो भने तपाईलाई सबैतिर हात लाग्यो सुन्य हुन्छ ।

 

७. कहिल्यै नहबडाउनुहोसः वीरको परिक्षा संकटमा हुन्छ भनेझै तपाईलाई अप्ठेरो पर्दा कहिले नहडबडाउनुहोस । के गर्ने भनेर छिटो निर्णय लिनुहोस र त्यहि अनुसार गर्नुहोस । यदि तपाई हडबडाउनु भयो भने तपाईलाई ढिला हुन्छ नै तपाईको काम पनि बिग्रिन्छ ।
८. सबै कामलाई सु – व्यबस्थित गर्नुहोसः तपाईको नित्यकर्मदखि सबै कामलाई व्यबस्थित गर्नुहोस । तपाईले आफ्नो कामलाई व्यबस्थित गर्न सक्नु भएन भने समय बर्बाद हुनुका साथै काममा रुचि पनि घट्दै जान्छ ।
९. सुस्सता हटाउनुहोसः मानिसहरु छिटो हुने कामलाई पनि हुने नहुने कुरा जोडेर समय बर्बाद गर्छन । त्यसैले हरेक कामलाई छिटो र छरितो तरिकाले गर्नुहोस ।