एजेन्सी-बुधबार सामाजिक सञ्जाल फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा एकैसाथ प्राविधिक समस्या देखिएको छ । फेसबुक लगायत वाट्स एप्स,म्यासेन्जर, इन्स्टटाग्राममा प्राविधिक समस्या देखिएको हो । बुधबार बिहानबाट सामाजिक सञ्जालहरुमा एकैसाथ यो समस्या देखिएको थियो । सामाजिक सञ्जालहरुमा समस्या देखिएपछि बुधबार बिहान हज्जारौ प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । यसको असर विश्वभर रहेपनि विशेषगरी अमेरिका , युरोप र दक्षिण अमेरिकाकम देखिएको जनाइएको छ । मुख्यत उत्तरपूर्वी अमेरिका,टेक्सास, एटलान्टा, युरोपका पेरिस,लण्डन, उता मेक्सिकोको लगायतका क्षेत्रमा यसको नकारात्मक प्रभाव परेको अन्तर्राष्टिय सञ्चारमाध्यामरुले जनाएका छन् ।

 

यी क्षेत्रमा फेसबुकमा आएको प्राविधिक समस्याको प्रभाव देखिएको थियो भने ह्वाट्स एप्समा आएको समस्याका कारण दक्षिण अमेरिका, युरोपका जर्मनी लगायतका देशहरु प्रभावित हुन पुगेको जनाइएको छ । प्राविधिक समस्याका कारण फेसबुकले आफ्ना प्रयोगकर्ताहरुसमक्ष तत्काल प्रतिक्रिया दिन नसकेको जनाइएको छ । तर कम्पनीले यो समस्याका बारेमा आफुलाई थाहा भएको र समस्या समाधानमा लागिरहेको प्रतिक्रिया दिएको छ । इन्स्टाग्राम लगायतले पनि सोही प्रतिक्रिया दिएको छ ।

 

 

°°°°°°°

बलिउड नायिकाको बिबाह अघि नै बच्चा भएको खुलासा !

देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता फिल्ममा आफ्नो बोल्ड अन्दाजबाट सबैको मन मस्तिष्कमा बस्न सफल माही गिल आजकाल चर्चामा छिन् । नायिकाले हालै आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । यतिबेला उनले आफ्नो एक छोरी भएको र यसमा आफूलाई गर्व भएको बताइन् । नायिकाले आफू विवाहित नभएको तर विवाह गर्न चाहेको बताइन् । हालै भारतीय मिडिया नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा उनले यो वर्षको अगस्टमा आफ्नी छोरी तीन वर्ष पूरा हुने बताएकी छिन् । यो कुरा किन लुकाएर राखेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई यसबारे कसैले पनि सोधेनन्, त्यसैले मैले पनि कहिले बताइनँ ।

 

अहिले मानिसहरुले यसबारे सोधिरहेका छन् र मैले उत्तर दिइरहेकी छु । ’ यसका साथै उनले आफू सिंगल नभएको बताएकी छिन् । प्रेमीबारे जानकारी दिँदै उनले भनिन्, ‘उनी गोवामा व्यापार गर्छन् । त्यसकारण म धेरैजसो गोवा आवतजावत गरिरहन्छु । उनकी छोरी मुम्बईमा उनीसँगै बस्ने र छोरीको हेरविचार उनकी काकीले गर्ने गरेको बताइन् ।विवाहको योजनाबारे प्रश्न सोध्दा उनले भनिन्, ‘विवाह किन गर्नै गर्यो र । सबैकुरा तपाईंको सोच र समयमा निर्भर हुन्छ ।’ ‘परिवार र बच्चा विवाह नगरीकनै बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ ।

 

विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि सबैको आ–आफ्नै जीवन हुन्छ र हरेकको आफ्नै सिद्धान्त पनि छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईंको नीजि रोजाई हुनुपर्छ ।’ कामको कुरा गर्ने हो भने उनको फिल्म फ्यामिली अफ ठाकुरगञ्ज चाँडै नै रिलिज हुने तयारीमा छ । नायिका आजकाल यो फिल्मको प्रोमोशनमा निकै व्यस्त छिन् । यसबाहेक माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ ।

 

°°°°°°°

जब बालबच्चाले स्नेह र स्पर्श पाउँदैनन्, उनिहरुको मन कस्तो होला ?

‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने । घरमा मलाई दाई भाउजुले हेला गर्ने । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भएको छैन भनेर भन्ने । यति भन्दै म बिदा माग्छु ।’ ललितपुरमा बसोबास गर्ने एक ११ बषिर्य बालकले लेखेको सुसाइड नोट हो यो । उनी पाँच कक्षाका विद्यार्थी रहेछन् । बागमति गाउपालिका २ माल्टास्थि कालिदेवी माध्यमिक विद्यालयमा पढिरहेका रहेछन् । अक्सर आत्महत्याको घटनामा युवा र वयस्क बढी हुने गर्छन् । किनभने व्यवहारिक जीवनमा आउने अनेक उतार-चढावले नै कतिपयलाई आत्महत्या गर्न उक्साउने गर्छ । उपचार गर्न नसकिने रोग लागेपछि, तिर्ने नसकिने ऋण लागेपछि, भुल्नै नसक्ने प्रेममा धोका पाएपछि मान्छेले आत्महत्याको बाटो रोज्छन् । जबकी ११ बर्षको बालकसँग न त्यतीका ऋणको बोझ हुन्छ, न उपचारकै लागि त्यस्तो बाध्यता न त प्रेममा धोका नै ।

 

उनले आफ्नो आत्महत्याबारे स्पष्ट खुलाइसकेका छन् । उनले लेखेका छन्, ‘मलाई कसैले माया गर्दैन ।’ खासमा उनी माया-ममताबाट विमुख भएका छन् । घरमा दाजु-भाउजुले माया गर्दैनन् । विद्यालयमा शिक्षक-शिक्षिकाले । विद्यालयमा उनले माया मात्र नपाएका होइनन्, विश्वास पनि पाएका छैनन् । शिक्षकले उनलाई विश्वास गर्दैनन् । यसरी प्रेमिल वातावरणको अभावमा एउटा बालक विक्षिप्त हुन्छन् र ति सबैबाट सधैका लागि मुक्तिको बाटो खोज्छन् ।

 

हामीलाई सामान्य लाग्छ, तर एउटा बच्चालाई स्नेह र विश्वासबाट विमुख भएपछि कति गहिरो चोट लाग्छ ?
भनिन्छ, बालबालिका मायाका भोका हुन्छन् । उनीहरुलाई ममतामयी स्पर्शको खाँचो हुन्छ । ति बालकसँग अरु कुनै ठूलो समस्या छैन । उनी त्यस्तो अप्ठ्यारोसँग जुधिरहेका छैनन् । तर, माया पाएका छैनन् । उनलाई कसैले माया गर्दैन । बालकलाई यस्तै लाग्छ । आफ्नै घरपरिवारमा उनले माया पाएका छैनन् । विद्यालयले उनलाई विश्वास गर्दैन । शिक्षक/शिक्षिकाले उनलाई पत्याउँदैन । उनलाई लाग्छ, यसरी माया र विश्वासबाट विमुख भएर कसरी बाँच्नु ?

बालबालिका कस्तो मनोदसाबाट गुज्रिरहेका छन् ?
बालबालिकाको मनोदसा हामी बुझ्दैनौ । उनीहरुको भाषा सुन्दैनौ । कहिले पनि उनीहरुसँग अन्र्तसंवाद गर्दैनौ । हामीलाई के लाग्छ भने बालबालिकले केही जान्दैनन् । केही थाहा पाउँदैनन् । उनीहरुलाई जे गरेपनि हुन्छ, जे भनेपनि हुन्छ । कुनैपनि कुरालाई गंभिरतापूर्वक लिदैनन् । तर, बच्चाहरुको मनोभावलाई हामी बुझ्नुपर्छ । उनीहरुको भाषा सुन्नुपर्छ । बच्चा के चाहन्छन्, के खोज्छन् ? हामीले मनन गर्नुपर्छ ।

 

धेरैजसो अवस्थामा हामीले बालबालिकालाई उपेक्षा गरिरहेका हुन्छौ । उनीहरुले केही बुझ्दैनन्, केही थाहा पाउँदैनन् भन्ने सोचिरहेका हुन्छन् । जबकी बच्चाहरु भित्रभित्रै पीडाले छटपटाइरहेका हुनसक्छन् । आफुप्रति गरिने रुखो व्यवहार, घृणा, असहयोग, अविश्वासले उनीहरु गलेका हुन्छन् । तर, हामी उनीहरुको मनोदशा बुझ्दैनौ । बच्चा कस्तो मनोदसाबाट गुजि्ररहेका छन् ? उनीहरु के चाहन्छन् ? के भइरहेको छ ? हामी चासो राख्दैनौ । जतिबेला बुझ्न खोज्छौ, त्यसबेला ढिला भइसकेको हुन्छ । हामीसँग गल्तीबोध गर्नु सिवाय केही बाँकी रहँदैन । त्यसैले बच्चालाई उपेक्षा नगरौं । उनीहरुको भावनामा ठेस पुग्ने काम नगरौं । उनीहरुलाई स्नेह र स्पर्शबाट विमुख नगराऔं । किनभने हामीले गर्ने यी सामान्य गल्तीबाट उनले कठोर सजाय भोगिरहेका हुन्छन् ।

 

अभिभावकको गल्ती
अभिभावकहरु बच्चासँग अन्र्तसंवाद गर्दैनन् । उनीहरुको भावना बुझ्ने प्रयास गर्दैनन् । बच्चासँग भलाकुरासी गर्दैनन् । बच्चाको भावनालाई सम्मान गर्दैनन् । बच्चाको कुरा सुन्दैनन् ।
एकोहोरो आफ्नो अपेक्षा र इच्छा बच्चामाथि लाद्ने गर्छन् । बच्चा के चाहन्छन् ? अभिभावकले सुन्दैनन् । आफ्नो चाहना के हो ? बच्चामाथि भारी बोकाउन खोजिन्छ । आफुले पुरा नगरेको कतिपय इच्छा र योजनाको झेला पनि बच्चाको काधमा भिराइन्छ । यसले बच्चालाई कति बोझिलो बनाइरहेको छ भन्ने कुरा हामी बुझ्दैनौ । बच्चालाई विद्यालय पठाएपछि जान्नेबुझ्ने हुन्छ, शिक्षित हुन्छ, जागिर खान्छ भन्ने ध्यान्नमै हामी रुमल्लिएका हुन्छन् । जबकी बच्चा कस्तो मनोदसा बोकेर विद्यालय जादैछन् ? उनी के कस्ता समस्यासँग जुधिरहेका छन् ? उनको मनमा कस्तो आँधीबेहेरी चल्दैछ ? हामी अनुभूत नै गर्दैनौ ।

 

शिक्षकको गल्ती
हामीकहाँ शिक्षक/शिक्षिकाहरु बालबालिकासँग खेल्ने, रमाउने गर्दैनन् । बरु डर र अनुशासनको छडी बोकेर सधै भयभित बनाइरहन चाहन्छन् । त्यही कारण बालबालिका शिक्षकसँग डराउँछन् । खुलेर कुराकानी गर्दैनन् । मित्रवत् व्यवहार गर्दैनन् । शिक्षकले आफुलाई शिक्षक भन्दा बढी प्रशासक जस्तै बनाउँछन् । विद्यार्थीसँग उनीहरु अन्र्तसंवाद गर्दैनन् । बरु प्रहरी र अपराधीको झै ठाडो संवाद गर्छन् । बच्चाले शीर निहुराएर, सानो आवाजमा, सर्तक पोजिसनमा कुरा गर्नुलाई अनुशासन ठान्छन् । आफुलाई देख्नसाथ बालबालिका सर्तक र अनुशासिन भएको देख्न चाहन्छन् । आफुले अह्राएको कुरा खुरुखुरु गरोस् भन्ने चाहन्छन् । शिक्षकको यस्तै प्रवृत्तिले गर्दा धेरै बालबालिका मनरोगी भएका छन् । विद्यालय र पुस्तकप्रति वितृष्णा जागेको छ ।

 

बालबालिकाले पढ्नैपर्छ, होमवर्क गर्नैपर्छ, सोधेको प्रश्नको जवाफ दिनैपर्छ, उत्तिर्ण हुनैपर्छ भन्ने शिक्षक/शिक्षिकाको ढिपीले धेरै बालबालिकालाई विद्यालय शिक्षाबाट विमुख गराइरहेको छ । शिक्षकहरु जागिरे मानसिकताले बढी काम गर्छन् । उनीहरु बालबालिकालाई जसरी हुन्छ जान्ने बनाउन लागिपर्छन । यही चक्करले गर्दा उनीहरु बालबालिकाको भावना, मनोदसा, मुड बुझ्न सक्दैनन् । बालमनोविज्ञान नबुझी आफ्नो ढर्रामा पुस्तक घोकाइरहँदा बच्चालाई नकारात्मक असर पर्छ भन्ने उनीहरु बुझ्दैन् । बच्चालाई अविश्वास गर्ने, भेदभाव गर्ने, प्रेम नगर्ने जस्ता कुराले धेरै बालबालिका शिक्षकप्रति भयभित छन् ।