मट्टिमाला चलचित्रका नायक आफ्नो जीवन अगाडि बढाउने क्रममा राजधानीको एक रेष्टुरेन्टमा भाडा माझ्ने काम गर्छन । नेपाली चलचित्र खेलिसकेका ब्यक्ती, उनी स्टन्टमा निकै उत्कृष्ट क्षमताका छन । अझ सुन्दा अचम्म लाग्ने कुरा त के छ भने स्टण्टमा यस्ता उत्कृष्ट उनी केवल ८ हजारमा रेस्टुरेन्टमा काम गर्ने गर्छन । हेर्दा, सुन्दा अचम्म लागेपनी यो साचो कुरा हो । जसलाई उनले भोगिरहेका छन । आज हामी उनै संघर्षको यात्रा अगाडी बढाईरहेका मट्टिमाला चलचित्रका नायक संग कुराकानी गर्नेछौ । उनलाई नेपाली टोनिजाको उपनामले चिनिन्छ । उनको वास्तविक नाम भने चिरन राई हो ।

६ महिना अघि मात्र चलचित्रका नायकका रुपमा रहेका चिरन यसरी भाडा माझेर बस्नुको आफ्नै समस्या छन । तर उनी यश कामबाट आफुलाई कुनै पस्चाताप नभएको र कुनै पनि काम सानो, ठुलो नहुने बताए । उनी भन्छन “मेरो करिअर भनेको फिल्म क्षेत्र नै हो, त्यसैका लागि म यहाँ सङ्घर्ष गरेर बसेको छु ।” उनले यति भनेपछी मेरो अनलाईन टिभिका प्रस्तोता विश्व लिम्बुले सहयोग गर्ने बताए । जस अनुसार कुनै एक काम सिकाएर मेरो अनलाइन टिभिमा नै जागिर दिने जानकारी गराए ।

 

 

 

उनले केही स्टन्ट पनि गरेर देखाए, उनले काम गर्ने रेस्टुरेन्टमा पनि केही मिल्ने ब्यक्तिलाई बाहेक कसैलाई यसरी फिल्म खेलेको भन्ने बारे थाहा छैन । खोटाङका चिरन राई एस एल सि पास गरेर काठमाडौ छिरेका थिए । प्लस २ पढ्दा पढ्दै फिल्मी क्षेत्रमा लागेका उनले पढाईलाई यश भन्दा अगाडी बढाउन सकेनन । उनले काम गर्ने रेस्टुरेन्टमा ३,४ घण्टा ब्रेक टाईम मिल्छ । उनी त्यस समयमा कुनै स्थानमा गएर भिडियो बनाउने गर्छन । आफुले बनाएको भिडियो आफ्नै युट्युव च्यानलमा राख्ने गरेका छन तर मोबाईलको प्रयोग गरि बनाईएको भिडियोमा क्वालिटी नभाएको उनले बताए ।

समयलाई हामी घडिले नाप्छौँ । समयलाई हामीले सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिना, वर्ष हुदै शताब्दि जस्ता रुपमा बाडेका छौं । यो केवल हाम्रो सजिलोको लागि हो । यो मापन जहिल्यै एउटै हुन्छ । हामी भन्छौं – मसँग .. यति वर्षको अनुभब छ, मैले यति वर्ष सेवा गरेको छु । मैले जीवनका सबै दिनहरु नि यहि काममा बिताएको छु । हामी यसरी समयको इकाईसँग दाजेर आफुलाई सक्षम ठान्ने दुस्साहश गर्छौँ । तर यसरी हेर्दा त हामीले समय सदुपयोग गरेको होइन आफै बितेको हो । घडिको समयले १० वर्ष कटाउनमा हाम्रो कुनै भुमिका हुन्न । समयको व्यबस्थापनको बारेमा कुरा गर्दा समय कति गयो भन्ने भन्दा नि समयको कति सदुपयोग भयो ? भन्ने कुरा प्रमुख हुन्छ । त्यसैले काम सानो ठूलो होईन आफ्नो समय परिस्थिती अनुसार जुनसुकै समयमा काममा लाग्न तयार हुन सक्नुपर्छ । र सधै राम्रोको लागि काम गर्नु पर्छ । त्यसैले नेपाली चलचित्रमा काम गरिसकेका चिरन सायदै यसरी यो काममा फुल्न सक्थे, रमाउन सक्थे । उनी संग धैर्यता छ, काममा हिनताबोध छैन । आफ्नो क्षमतामा बिस्वास छ, भबिस्यको आशा छ । त्यसैले त उनले यस्तो कामलाई सम्मान स्वरुप ग्रहण गरेका छन । उनको चाहना पूरा होउन । अग्रीम शुभकामना ।

बाकी भिडियोको हेर्नुहोस