नेपाली संगीतलाई माया गर्ने जो कोहि माझ कार्यक्रम ईन्द्रेणी लोकप्रिय बनेको छ । कार्यक्रम संचालक कृष्ण कंडेल जनतामाझ निकै लोकप्रिय छन । गाउँ गाउँ बस्ती बस्ती सम्म पुगेर मौलिकता रहि गीत संगीत पस्कने ईन्द्रेणिमा नया नया प्रतिभा पनि आउने गर्छन । यो के वृद्ध, के बालक सबैका लागि समान अवसर भएको कार्यक्रम १० बर्ष देखि संचालन भैरहेको छ । यसका साथै ईन्द्रेणीले दुखी बेसहारा ब्यक्तिहरुलाई पनि सहयोग गर्ने गर्दछ । आज यस कार्यक्रममा भारतिय रियालिटी शो मा थर्ड रनर अप हुन सफल आयुष केसि आएका छन ।

 

भारतीय टेलिभिजन “जी टीभी”को सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा पुगेका नेपाली बालक आयुष सानैदेखि सङ्गीतमा तीक्ष्ण भएकाले यो स्थानसम्म आइपुग्न सफल भएका उनको अभिभावकहरूले बताएका छन्। आयुष केसी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पा स्थायी घर भइ भक्तपुरको ठिमीमा अस्थायी रुपमा बस्छन् । गत फेब्रुअरी ९ बाट शुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको थियो । उनी डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै फाइनल राउन्डमा पुगेका थिए।

 

आयुष २०६३ साल साउन ८ गते जन्मेका हुन्। उनले तीन बर्षको उमेरदेखि सङ्गीत सिक्दै गरेको उनका बाबु रामकृष्ण केसीले बताएका छन्। २०७३ सालमा उनी नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलमा विजेता बनेका थिए। आयुषका दिदीहरु पनि सङ्गीतमा दख्खल राख्ने भएकाले उनलाई सङ्गीतमा लाग्न प्रेरणा मिलेको रामकृष्णले बताए। उनले भने, “आयुषलाई दिदीहरुले पनि सङ्गीतमा लाग्न सहयोग गरे।” बुबा रामकृष्णका अनुसार खाना अरुले खुवाइदिनुपर्ने उमेरमा पनि आयुषलाई गीत नसुनाइ खाना खुवाउन सकिँदैन थियो।

 

जब उनी गीत सुन्न थाल्थे अनि खाना खान्थे। पछि उनले साई बाबाको भजन गाउन थाले। अहिले उनी विद्यालयमा पनि सङ्गीत सिक्छन् भने छुट्टै सङ्गीतको शिक्षकको पनि व्यवस्था गरिएको बताइएको छ। सङ्गीतकर्मीहरू राज सिग्देल, क्षितिज कुलुङ, अमृत क्षेत्री, हेमन्त शर्मा, जुना प्रसाईं लगायतको पनि उनले सामित्यता पाए। अहिले उनी मोर्डन बोर्डिङ स्कूल भक्तपुरमा कक्षा ७ मा पढ्दैछन्। उनी मुम्बइबाट नेपाल फर्केपछि के गर्ने भन्ने योजना उनका सङ्गीतका गुरुहरुसँग सल्लाह गरेर तय गर्ने बुबा रामकृष्णले बताए।

 

उनले भने, “आयुषले अझै धेरै सिक्नु छ। त्यसैले हामी सल्लाह गर्छौं अनि उनको शिक्षा तथा सङ्गीत क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको निर्णय लिन्छौं।” आयुषलाई जहाँ गएर सिक्दा तथा पढ्दा राम्रो हुन्छ सोही अनुसारको निर्णय गरिने उनले बताए। फाईनलमा आफ्नो नतिजा प्रती उनी सन्तुष्ट छन । केही समय अगाडि घाटिको समस्या भएको र अहिले सम्म पनि औषधि प्रयोग गरिरहेको उनी बताउँछन् । आउनुहोस भिडियोमा हेरौ ईन्ड्रेणीमा आयुषको प्रतिभा ।