चर्चित नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ लगायत चर्चित हास्यकलाकार केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारको मुख्य रहेको नेपाली चलचित्र रामकहानी सार्बजनिक भएको छ । पुजा शर्माको जन्म २०४९ बैशाख् १८ गते नेपालको सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लबर बाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् । आकाश श्रेष्ठको जन्म कार्तिक १९, २०४८, दाङमा भएको थियो । एक नेपाली मोडल र अभिनेता हुन । उनले खेलेका चलचित्रहरु निकै चर्चित छन् । यस चलचित्रलाई सुदर्शन थापाले निमाण तथा निर्देशन गरेका हुन । चलचित्रमा कमेडी, सस्पेन्स र प्रेमलाई स्थान दिइएको छ । तर, चलचित्रको छायांकनको क्रममा पर्दा पछाडि निकै रमाइलो भएको अनुभव यसको टिमसँग छ ।

 

 

चलचित्रका मुख्य कलाकार केदार घिमिरेले २५ हजार खर्च गरेर खसी काटेर खुवाएको खबरले पनि चर्चा पाएको थियो । निर्देशक थापा भन्छन्–‘एउटा चलचित्र निर्माण हुनका लागि सय भन्दा बढी सदस्यहरुको मिहिनेतले काम गरेको हुन्छ । यसैले पनि चलचित्रको पर्दा पछाडिका दुःख र सुख आफैमा संझन लायकका हुन्छन् । पुजा शर्मा प्रेमगीतमा गीतको भुमिका निर्वाह गरेपछी निकै चर्चामा आएकी थिइन । प्रेमगित निकै सफल चलचित्र हो । अहिले यो चलचित्रको तेस्रो सेरिज आउने क्रममा छ । पुजा पहिलो चलचित्र पछि यसका सिरिजमा देखिएकी छैनन ।

उनको जोडिका रुपमा देखिएका नायक प्रेम अर्थात प्रदिप खड्का बाहेक गीत अर्थात नायिका फरक फरक रहेका छन । सुदर्शन थापा र उनको टिमसँग काम गर्दाको अनुभव लामो समयसम्म यादगर हुने अनुभव केदार, जितु, विल्सन, रविन्द्र लगायतको छ । ‘छक्का पन्जा’ ब्रान्डसँग जोडिएर काम गरिरहेका केदार र जितु पहिलो पटक बाहिरी ब्यानरको चलचित्रमा देखिदैछन् । तर, उनीहरुले यो चलचित्रको टिमलाई पनि आफ्नै परिवार भनेका छन् । हेर्नुहोस भिडियो ।