चर्चित नायक सौगात मल्ल र चर्चित नायिका प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता”को ट्रेलर सार्वजनिक भएपछी सबै दर्शकहरु उत्साहित भएका छन् । कारण, फाटेको जुत्ताले फेरी एकपटक नेपाली चलचित्र प्रेमीहरुलाई भरपूर कमेडीको डोज दिने कुरा ट्रेलरले पुष्टि गरेको छ । यहि क्रममा कार्तिक १७ गते प्रदर्शनमा आएको यस चलचित्र “फाटेको जुत्ता”मा निर्देशक निकेश खड्का रहेका छ्न । सौगात मल्ल नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा निर्माता हुन् । उनले नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । तथा सन् २०१२को चलचित्र लूटमा हाकुकालेको अभिनय बाट प्रसिद्ध भएका थिए । प्रियंका कार्की एक नेपाली मोडल तथा अभिनेत्री हुन्। थ्री लभर्सबाट उनले नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी हुन्।

फाटेको जुत्तामा कामेश्वोर चौरसिया र रबिन्द्र झा पनि देख्न सकिन्छ । चलचित्रको ट्रेलर तथा यसका सार्वजनिक भएका दुवै गीत “आइ एम सरी” र “चोली”लार्इ दर्शकले राम्रो प्रतिक्रिया दिई सकेका छन् । हलमा राम्रो व्यापार गरेको यश चलचित्रलाई युट्युवमा कत्तिको रुचाईन्छ त्यो भने हेर्न बाकी नै छ । चलचित्रको निर्माण भने अर्जुन कुमारले गरेका हुन् । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।

 

 

 

°°°°°°°

सहयोग के हो ? सहयोग किन गर्नुपर्छ ?

सांसारिक उन्नति र सुखपूर्वक जीवन निर्वाह गर्नका लागि सहयोगको आवश्यकता सबै स्वीकार गर्छन् तर यदि गम्भीरतापूर्वक विचार गर्ने हो भने यो पनि स्पष्ट प्रतीत हुन्छ कि अधिकांश मानवीय सद्गुण एवं धर्मको मूल मानिने सद्वृत्तिहरूको पनि यससँग बढी सम्बन्ध छ। जुन व्यक्तिमा सहयोगको वृत्तिको उचितरूपले विकास भएको हुन्छ, तिनमा ‘बसुधैव कुटुम्बकम्’ को भावना पनि जाग्रत भएको हुन्छ। ती अनुभव गर्न थाल्दछन् कि संसारमा जति प्राणी छन् ती वास्तवमा एउटै बृहत् परिवारको अ·–स्वरूप हुन् र तिनमा जति बढी सहयोग, ऐक्यभाव र मित्रताको भावनाको प्रसार हुन्छ त्यति नै लौकिक–पारलौकिक हित–साधन हुन सक्छ।

 

हुन त आरम्भकालदेखि नै मानिस सामाजिक प्राणी हो र उसले जुन उन्नति–प्रगति गरेको छ, त्यसको अधिकांश श्रेय उसको सहयोग वृत्तिलाई जान्छ। मानिसले यस संसारलाई आफ्नो निवास योग्य बनाएको छ, ठूला–ठूला पर्वत, ज·ल, सागरमा पसेर निर्वाहका जुन साधनहरूको खोज गरेको छ, जुन लाखौं आबादी भएका सुख–सुविधापूर्ण नगरहरूको निर्माण गरेको छ र सडक, रेल, जहाज आदिको विस्तार गरेर सम्पूर्ण संसारलाई एउटा घर बनाइदिएको छ, यी सबैको मूल आधार सहयोगको प्रवृत्ति नै हो।

 

व्यापार–व्यवस्था, उद्योग–धन्दा, शिक्षा प्रचार, सुरक्षाको व्यवस्थाका क्षेत्रमा पनि आज जुन ठूला–ठूला योजनाहरू सफल भइरहेका देखिन्छन्, सहयोगमूलक प्रवृत्तिहरूको नै परिणाम हो। यति मात्र किन विज्ञानको आश्चर्यजनक उन्नति, जनसेवा गर्ने विशाल संस्थाहरू, लोककल्याणका युग परिवर्तनकारी योजनाहरू सबैको सफलताको आधार मानिसको पारस्परिक सहयोग नै हो। मानिस जति बढी परिमाणमा र जति हार्दिकताका साथ सहयोग भावनाको परिचय दिन्छ त्यति नै बढी सफलता यी विषयहरूमा पाइन्छ ।

 

तर यी सांसारिक सफलताभन्दा बढी महत्त्वपूर्ण मानवताको भावना हो, जुन क्रमश: मानिसको अन्तरमा विकसित भइरहेको छ र जसको प्रभावले एउटा यस्तो मानव जातिको उदय भइरहेको छ जो भविष्यमा त्यति नै पारस्परिक प्रेम र सौहार्दका साथ बस्न सक्छ जसरी आज एउटा कुटुम्ब अथवा परिवारका व्यक्तिहरू बस्दछन्। केही मानिसलाई यो एउटा असम्भव कल्पना लाग्न सक्छ र उनीहरू वर्तमान विश्वव्यापी सङ्घर्षका घटनाहरू देखेर यसलाई एउटा सुनौलो सपनामात्र ठान्छन्, तर वास्तवमा ती विचारकको दृष्टिले हेर्न नजान्नेहरू हुन्। एक समय थियो जब सबै मानिस निकै सानो–सानो समुदायमा बाँडिएका थिए र आपसमा लडाइँ–झगडा, एकअर्काको हत्या मात्र गर्दैनथे वरन् एक अर्कालाई मारेर खानमा पनि कुनै दोष ठान्दैनथे।

 

त्यस अवस्थाबाट परिवर्तन हुँदै–हुँदै मानिस अब यस्तो अवस्थामा पुगिसकेको छ कि संसारमा प्रतिवर्ष सैकडौं–हजारौं व्यक्ति यस्ता पनि देखापर्छन् जो बिना कुनै स्वार्थ अथवा सम्बन्ध कुनै अपरिचित व्यक्तिको रक्षार्थ आफ्नो प्राण पनि दिन्छन्। आज यस्ता व्यक्तिको पनि कमी छैन जो मानवताको हितलाई आफ्नो स्वार्थ वा सुखको अपेक्षा बढी महत्त्व दिन्छन् र संसारको भलाइको काममा सच्चा हृदय र निस्स्वार्थभावले योगदान गर्छन्। यी सब कुरा विचार गर्दा के निश्चय हुन्छ भने सहयोग कृत्रिम अथवा क्षणस्थायी कुरो होइन वरन् मानिसको आन्तरिक प्रकृतिको एउटा अंश नै हो र जसै–जसै मानिसको आत्मिक विकास हुँदै जान्छ त्यसै–त्यसै त्यसको पनि विकास हुँदै जान्छ र एक दिन यस्तो पनि आउन सक्छ, जब त्यसले एउटा सार्वभौम स्वाभाविक प्रवृत्तिको रूप ग्रहण गर्नेछ ।

 

सहयोगको प्रवृत्तिले मानिसको हृदयमा जुन मैत्री–भावना उत्पन्न हुन्छ त्यो वास्तवमा अरूको कल्याणको दृष्टिले मानिसको सबैभन्दा ठूलो सद्गुण हो। संसारमा कृष्ण, वेद व्यास, गौतम बुद्ध, महावीर, ईसा आदि मानवताका त्राता महापुरुष भएका छन्, उनको सबैभन्दा ठूलो विशेषता मैत्री–भावना नै थियो। उनीहरू समस्त प्राणीलाई आत्मवत् दृष्टिले हेर्दथे र तिनका कष्ट हटाउन आफ्नो समस्त शक्ति लगाइदिन्थे। यिनै महापुरुषहरूको शिक्षाको परिणाम हो कि मानिस देश र कालको अन्तर बिर्सेर विस्तारै–विस्तारै मानिसमात्रलाई आफ्नो भाइ अथवा सम्बन्धी ठान्ने दिशातिर अग्रसर भइरहेको छ र आज उसको मनमा यो विचार उत्पन्न भइसकेको छ कि संसारका समस्त देशको भेदभावलाई प्रत्यक्षरूपमा मेटेर एउटा मानव समाजको स्थापना गरियोस्।

 

मानवमात्रको एकताको सिद्धान्त नौलो कुरा होइन। हाम्रा मनीषीहरूले त यसलाई हजारौं वर्षपूर्व ‘बसुधैव कुटुम्बकम्’ अथवा ‘आत्मवत् सर्वभूतेषु’ जस्ता सूत्रद्वारा प्रकट गरिसकेका छन् र यहाँका हजारौं भक्त तथा सन्तहरूले त्यस अनुसार आचरण गरेर पनि देखाइदिएका छन्। आज पनि यताका महापुरुष यसै सत्यलाई अनुभव गरेर, त्यसलाई संसारव्यापी रूप दिने प्रयत्न गरिरहेका छन्। यद्यपि माथिमाथिबाट हेर्दा मानिस घोर स्वार्थतर्फ प्रेरित लाग्दछ र एउटा यस्तो सङ्घर्षको तयारीमा संलग्न भइरहेको छ, जसले मानवी सभ्यताको सर्वनाश नै सम्भव देखिन्छ। तर यसका साथै यो पनि स्पष्ट छ कि मानवताको एकताको सन्देश यस बेला सबैको कानसम्म पुगिसकेको छ र त्यसले उनका आत्मालाई झक्झक्याइरहेको छ। जुन कुरालाई पहिले केही मनीषीले मात्रै भन्दथे र बुझ्दथे, त्यो अब सामान्य मानिसको मनमा पनि आउन थालेको छ। यसबाट के आशा पलाएको छ भने विनाशको कालो बादल देखिए तापनि अन्तमा सहयोगको सूर्य नै बढी शक्तिशाली सिद्ध हुन्छ र संसार अन्धकारमय प्रदेशबाट निस्केर सार्वजनिक सुख–शान्तिको सुप्रकाशित युगमा पुग्नेछ।

 

सहयोग तथा मैत्रीको यो भावना सामूहिकरूपमा संसारको कल्याण गर्ने मात्र होइन वरन् व्यक्तिगत दृष्टिले पनि त्यो मानुष्यमात्रका लागि हितकारी छ। यसको प्रभावले मैत्री–भाव राख्ने व्यक्ति सबै प्राणीहरूको सुहृदय बन्न सक्छ। जब उसले आफ्नो हृदयमा कसैप्रति शत्रुताको भाव राख्दैन भने अरू कसैको मनमा पनि उसप्रति विरोधभाव उत्पन्न हुनै सक्दैन र ऊ दुनियाँबाट निर्भय बन्न पुग्दछ। यदि संयोगवश उसले कुनै कष्ट पनि सहनुपर्दछ भने त्यसलाई दैवी विधान अथवा आकस्मिक दुर्घटना ठानेर अलिकति पनि क्षुब्ध हुँदैन। ऊ कुनै मानिसलाई यसको कारण मान्दैन यसैकारण सबै प्रकारका चिन्ता र भयबाट मुक्त रहन्छ। पारस्परिक वैमनस्य अथवा मनोमालिन्यका भाव निरन्तर बढ्दै रहनाको कारण जुन अगणित समस्या उत्पन्न भएर मानव जीवनको कष्टपूर्ण बनाइदिन्छ, त्यो ती सबबाट मैत्री–भावनाद्वारा नै जोगिन्छ।

 

यति मात्र होइन, यस प्रकारको मनस्थिति तयार भएपछि मानिसको आन्तरिक प्रसन्नता, आह्लादको भावना स्थायी बन्न जान्छ र समयानुसार व्यावहारिकरूपमा प्रकट भएर उसलाई दिन प्रतिदिन माथि उठाउँदै लग्छ। यस भावनाको प्रेरणाले मानिस सबैको सुख–दु:खमा अघि बढेर सहभागी बन्न थाल्छ, दीन–दु:खी र अभावग्रस्त व्यक्तिहरूलाई सबैप्रकारले सहायता गर्न थाल्छ, सदैव अरूको सेवा र सहायताका लागि प्रस्तुत हुन्छ। यस्तो स्थितिमा पुगेपछि अन्य सबै मानिस पनि उसप्रति प्रेम र आदरको भावना व्यक्त गर्न थाल्छन्, उसका कुरालाई ध्यानपूर्वक सुन्न थाल्छन् र उसलाई आफ्नो शक्तिअनुसार सहयोग पनि दिन थाल्छन्। संसारमा जति पनि ठूला र साना महापुरुष भएका छन्, सबैको यही जीवनक्रम रहेको छ, यस्तै मानिस सर्वसाधारणद्वारा नेता, अगुवा अथवा माननीय मानिन्छन्।

 

सहयोग–भावना भएको मानिस जुन प्रकारले भित्रबाट शुद्ध भावयुक्त र सबैको हित चिन्तन गर्ने हुन्छ, त्यसै प्रकार बाहिरबाट पनि सदैव सबैका साथ मधुर व्यवहार गर्ने, सहानुभूति राख्ने तथा विनीत हुन्छ। वास्तवमा उसको आन्तरिक मैत्री–भावको परिणामस्वरूप उसको स्वभावले रुखो व्यवहार गर्नैसक्दैन र जहाँसम्म सम्भव हुन्छ, प्रत्येक व्यक्तिलाई सहायता गर्न तयार रहन्छ। यस कारण अन्य मानिसको हृदयमा पनि उसको प्रभाव पर्छ भने सज्जनहरूको त झन् के कुरा ? दुर्जन व्यक्ति पनि धेरै दिन उसको प्रतिकूल रहन सक्दैन।