नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यासमा ईन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। नेपालले १२० रनको तार्गेट दिएको थियो । तर इन्डोनेसिया ११ ओभरमा सबै विकेट गुमाउँदै २७ रनमात्र बनायो ।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाईन । उनिबाहेक अरू खेलाडीले ५ रन कटाउन सकेनन्। ४ इन्डोनेसियन खेलाडी शून्यमा आउट भए ।

नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा २ मेडनसहित २ रन खर्चिएर ३ विकेट लिइन्। यस्तै सीता राना मगरले २, कविता कनुवार, नेरी थापा र सरिता मगरले १-१ विकेट लिए। यससँगै १२ वर्षपछि पहिलो पटक महिला सिनियर टोली उपाधि नजिक पुगेको छ ।