नेपालमा पछिल्लो समय देशमा आपराधिक घटनाहरु धेरै हुने गरेको छ। कतै मानिसको अपहरण, कतै निर्मम दुर्घटना त कतै मानविय सम्बेदना पनि नराखी हत्या । यस्ता घटना अहिले नेपाल र नेपाली समाजमा पनि मौलाएर गएका छन । नेपालमा यति धेरै अपराधीक क्रियाकलाप बढेको छ । दैनिक सुनिने यस्ता घटनाले गर्दा मानिसलाई हत्या हिसा जस्ता जघन्य अपराधको समाचार सुन्दा पनि अनौठो मान्न छाडिसके । यस्तै मानिसको ज्यान लिने अर्को डरलाग्दो घटना हो सडक दुर्घटना । सडक दुर्घटनाका कारण धेरैले ज्यान गुमाएका छन । हालै काठमाडौंमा एक स्कुल बसले साढे दुई बर्षको बच्चाको ज्यान लिएको छ । प्रत्येक्षदर्शीका अनुसार पहिले ठक्कर दिएर पछि फेरि ब्याक गरेर किचेर घटना भएको बताईएको छ। उक्त घटना पछि अहिले स्थानिय आक्रोशीत बनेका छन। थप हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

 

 

°°°°°°°
अपराध किन हुन्छ र कसरी न्युनिकरण गर्न सकिन्छ ?

मानव सभ्यताको प्राचिन कालखण्ड देखिनै समाजमा अपराधले स्थान लिदै आएको छ । अपराधको सम्बन्ध मानव इतिहाससंग जोडिएको छ । मानव सभ्याताको इतिहासलाई हेर्ने हो भने मानिसले अपराध नगरेको कुनै युग छैन र सम्भवत हुने पनि छैन त्यसैले भन्ने गरिन्छ :- As long as there have been people, there has been crime and no society is free from crime. विभिन्न अपराधशास्त्रिहरुले आ-आफ्नो तरिकाले अपराधको परिभाषा गरेको पाइन्छ । हामी सबैले बुझ्ने भाषामा अपराध भनेको के हो भने जब मानिसले नगर्नु पर्ने काम गर्दछ वा कानुनले निषेध गरेका कार्यहरु गर्दछ तब अपराधको सृजना हुन्छ ।

 

Raffaele Garofalo ले अपराधको परिभाषा दिदै भनेका छन् :- “Crime is an immoral and harmful act that is regarded as criminal by public opinion, because it is an injury to so much of the moral sense as is possessed by a community- a measure which is indispensable for the adaptation of the individual society”

 

कुनै पनि कार्य अपराध हुनकोलागि आपराधिक मनसाय र कार्य हुनु पर्दछ । संसारका सबै देशहरुले लिखित कानुन बनाएर मानिसले गर्न हुने र गर्न नहुने कार्यहरुको व्यवस्था गरेको पाइन्छ । देश, समाज र परिस्थिती अनुसार अपराधको परिभाषा फरक फरक हुन्छ । एकै प्रकृतीको कार्य कुनै ठाउमा ठुलो अपराध मानिन्छ भने त्यही कार्य कुनै स्थानमा सामान्य मानबिय कार्य मानिन्छ जस्तै हिन्दू बाहुल्य भएको समाजमा गाईलाई सम्मान गर्ने प्राणीको रुममा पुजा गरिन्छ र गाइ गोरु मार्ने कार्य अपराध मानिन्छ भने मुस्लिम तथा क्रिस्चियन राष्ट्रहरुमा यस्तो कार्यलाई अपराध नमानी अन्य पशुसरह लिने गरिन्छ । यस्तै मुस्लिम समाजमा वा देशमा बहु-विवाहलाई अपराध मानिदैन र छोडपत्र मुलत पुरुषको अधिकार भित्र पर्दछ अन्य धर्महरुमा यस्तो पाइदैन ।

 

मानव समाज आधुनिकतामा प्रबेस गर्नु भन्दा अगाडी विभिन्न धर्महरुले समाजलाई नियन्त्रण र निर्देशन गर्दथ्यो जब मानिसहरुमा चेतनाको स्तर बढ्दै गयो तब धर्मको भरले मात्र समाजमा शान्ती सुरक्षा कायम गर्न कठिन महसुष गरिदै गयो र लिखित कानुन बनाएर समाजलाई निर्देशित र नियन्त्रण गर्ने उपायको खोजि गरियो र तदनुरूपका कानुनहरु बनाउने कार्य गरियो । अपराध जहिले पनि सुरक्षित समाजको लागि गम्भीर चुनौतिको रुपमा खडा भएको हुन्छ तसर्थ फौजदारी अपराध राज्य संग सम्बन्धित रहन्छन् कुनै एक स्थानमा भएको घटना वा अपराध त्यस ठाउमा मात्र सिमित हुदैन यो आम चासो बनेर सबै तिर फैलन्छ । त्यसै कारणले राज्यले अपराध हुन नदिन र भैसके पश्चात यसको उपचारको लागि उसका विभिन्न संयन्त्र परिचालन गरेको हुन्छ । अपराध पछिको उपचार भनेको पिडितलाई न्याय र कसुरदारलाई दण्ड सजाय दिलाउनु नै हो ।

 

मानिस संसारको सबै भन्दा बिबेकशील, चेतनशील, बुद्धिजीबी, सृजनशील र सहनशील प्राणी हो तर जब उसमा हुनुपर्ने यी गुणहरु मानिसले गुमाउदै जान्छ उसको दिमाग बिकृती, विसंगती र दुरासयले भरिदै जान्छ जसले गर्दा उ आपराधिक मार्ग मा हिड्न पुग्छ । कुनै मानिसले अपराध किन र के को लागि गर्दछ भनेर एकिन साथ भन्न सकिदैन यो त अपराध भैसके पश्चात अनुसन्धान को क्रममा खुल्दै जाने बिषय हो । कुनै एउटा अपराधको पछाडि अनेकौ कारणहरु लुकेका हुन्छन । बढ्दो गरिबी, बेरोजगारी, मादक पदार्थ तथा लागु पदार्थको सेवन, जातीयता, रिस, आक्रोस, दण्डहीनता, राजनैतिक संरक्षण, बिचारमा मतभिन्नता, न्याय मा पहुचको अभाब, लोभ -लालच, चाडै धन सम्पति कमाउने चाहना, बदला, सामाजिक संजालको दुरुपयोग जस्ता कारणहरु मुलरुपमा अपराध बढ्ने कारणहरु हुन् भनेर बुझन सकिन्छ ।

 

अपराध हुने बित्तिकै अपराधि समातियोस भन्ने सबैको चाहना हुन्छ, जुन स्वाभाविक पनि हो तर कतिपय अवस्थामा घटनास्थल देखि अपराधी सम्म पुग्न प्रहरीलाइ निकै समय लाग्न पनि सक्छ यस्तो अबस्थामा प्रहरीलाई दबाब दिने उद्देश्यले नेपालमा बन्द हड्ताल, चक्का जाम आदि गर्ने गरिन्छ यस प्रकारको कार्यले प्रहरीलाई अनुसन्धान गर्न बाधा पुर्याउन सक्दछ । किनकि प्रहरीको ध्यान बन्द हड्ताल तिर केंन्द्रित हुन्छ र अपराधि सम्म पुग्न उसलाई स्वतन्त्र वातावरण नपाउन सक्छ ।

 

अपराध न्युनिकरण कुनै एक ब्याक्ती, निकाय वा संस्था को पहल मात्र पर्याप्त हुदैन । यसको लागी मुलत राज्य, राज्य मातहतका सम्बन्धित निकायहरु तथा नगरिक समाज लगायत सबै पक्षहरुको सहयोग, सद्भाब र समन्वय जरुरी हुन आउछ । अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान गर्ने निकाय सबल, सक्षम, ब्याबसायिक र राजनैतिक हस्तक्षेप मुक्त हुनु जरुरि हुन्छ । आम नागरिकमा पनि अपराध हामी सबैको साझा चुनौती हो र अपराधलाई यो वा त्यो बहानामा उन्मुक्ती दिन हुदैन भन्ने सोचको बिकास हुनु पर्दछ । आम नागरिकहरुकको चारित्रिक गुण, असल ब्याबहार र नैतिक शिक्षा राम्रो भएको अबस्थामा अपराध स्वत कम भएर जान्छ ।

 

हाम्रो समाज बिबिधताले भरिएको छ, समाजमा राम्रा-नराम्रा सबै प्रकारका मानिसहरुको बसोबास हुन्छ । एउटै कामलाई कसैले सामान्य रुपले लिन्छन भने कसैले गम्भीर रुपमा हरेक अपराधको जन्म सामाजिक ब्याक्ति बाट नै हुन्छ तसर्थ समाज भित्र रहने बस्ने व्याक्तिहरुको प्रत्यक्ष-अप्रत्यक्ष निगरानी समाजले पनि गर्न सक्दछ समुदाय मा बस्ने कोहि कसैको क्रियाकलाप वा गतिबिधि शंकास्पद देखिएमा समयमा नै प्रहरीमा खबर गर्नु उचित हुन्छ यसो गर्नाले गलत मार्ग मा हिडिरहेको ब्याक्तिले सुध्रने मौका पनि पाउछ हरेक नागरिक बिना बर्दिका प्रहरी पनि हो भन्ने हामीले बिर्सनु हुदैन । यसै गरि कानुन कर्यान्वयन गर्ने निकायलाइ निश्पक्ष, पारदर्सी, श्रोत साधन संम्पन्न र जबाफदेही बनाउदै लाने तर्फ राज्य गम्भीर रुपमा लाग्ने हो भने निसन्देह अपराधको न्युनिकरण हुन्छ भनि आशा गर्न सकिन्छ ।