चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक भएको छ। सन् २०१४ मा रिजिल भएको चलचित्र ‘कबड्डी’ले अपार सफलता हासिल गरेपछि सन् २०१५ मा त्यसको पहिलो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी’ चलचित्र बनेको थियो। त्यसले पनि ठूलो चर्चा कमाएपछि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ बनाइएको हो। यस चलचित्र देशभर भाद्र १३ गतेबाट रिजिल हुनेछ।
चलचित्रमा साविककै कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, अरुणा कार्की पोखरेल, बिजय बरालको भूमिका छ।

 

 

यसभन्दा अघि नैपाली कथानक चलचित्र कबड्डीको सफलता पछि यसको सिक्वल निर्माण गरिएको चलचित्र कबड्डी कबड्डी निर्माण भएको थियो । यो चलचित्रले राम्रो प्रतिक्रिया र राम्रो बक्स अफिस कलेक्सन गरेको थियो। उक्त फिल्मको निर्देशन रामबाबु गुरूङले गरेका थिए भने रौनक विक्रम कॅडेल र शुनिल रौनियारले निर्माण गरेका थिए । यस फिल्ममा मुख्य अभिनय दयाहाङ राई, सौगात मल्ल, रिश्मा गूरूङको रहेको थियो । मुस्ताङमा अवस्थित हिमाली गाउँको परिवेश र थकाली समुदायबीच चल्ने मामा चेला र फुपु चेलीबीचको बिहेबारीको संस्कारलाई समातेर ‘कबड्डी’ देखि सिक्वेलसम्म आइपुग्दा फिल्मले मनग्य दर्शक कमाइसकेको छ । ‘कबड्डी’ ले पनि गतिलो व्यापार गरेको थियो ।

 

यसपटक भने चलचित्रमा चर्चित हास्य कलाकार विल्सन विक्रम राइलाई पनि समावेश गरिएको छ। साथै उपसना सिंह ठकुरी, सिला खनाल लगायतले पनि अभिनय गरेका छन्। चलचित्रका निर्माता मनिराम पोखरेल, अर्जुन कार्की तथा ओम चन्द रौनियार हुने भने लेखक राम बाबु गुरुङ र उपेन्द्र सुब्बा हुन्। चलचित्रलाई राम बाबु गुरुङले निर्देशन गरेका छन्।

 

फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको छ । पक्कै पनि कबड्डी फिल्म दर्शकहरुले निकै रुचाएको फिल्मको ब्राण्ड हो । त्यसमाथि पनि यी स्टारकास्टको कारण फिल्म अझै प्रतिक्षित रहनेछ । फिल्म यस बर्षको तीज वा दशैँ जुन सुकै बेलामा पनि रिलिज हुन सक्ने निर्माण टिमको भनाई छ ।

(भिडियो)