सबैको रहर हुन्छ कुनैपनि ब्यबसाय गर्दा राम्रो कमाई होस् र काठमाण्डौमा या मनपरेको ठाँउमा सानो एउटा झुपडी जस्तै घर होस्। हो त्यस्तै सपना थियो सुन्तली दिदीको आज निरन्तरको मेहनतले पुरा भएको छ । अनामनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ । दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन। बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन। त्यसैले पनि हुन सक्छ यी दिदि ५ बर्षमै यति धेरै सफल छिन।

 

 

तनहु घर भएकी सुन्तली दिदीका २ छोरा छन । उनको श्रीमान् सेनाबाट पेन्सन निस्किएर बिदेश गएका छन । सुन्तली दिदी भन्छिन । “श्रीमान् ले पठाएको सबै पैसा जोगाउछु र आफुले चटपटे बेचेर कमाएको पैसाले घर खर्च चलाउछु ।” उनको पैसा जोगाउने अझै अनौठो तरिका छ । उनले १ दिन व्यापार भएको पैसाले सामानहरु जोड्ने र अर्को दिन ब्यापार भएको पैसा बचत गर्ने गर्छिन । उनले महिनाको १२ हजार त जोगाउने नै गरेको बताउछिन ।

 

उनको वास्तविक नाम सुन्तली थापा मगर हो । त्यसैले सबैले सुन्तली दिदिको चटपटे पसल भन्ने गर्छन । सुरुमा १२ सयको सामान जोडेर चटपटे पसल अहिले त्यही पसलकै आम्दानिले अहिलेको पसल सम्म आएको रहेछ । दिनमा २५ सय ३ हजार व्यापार हुने पसलमा दिनमा ४,५ सय फाईदा निस्कन्छ । सुरुको समयमा सोही स्थानमा कस्मेटिक पसल राखेर बसेकी सुन्तली दिदी ५ बर्षबाट बहिनिहरुको सल्लाह अनुसार कस्मेटिक पसल छाडेर चटपटे पसल सुरु गरेकि रहिछन । बिदेश गएका श्रीमान् र आफ्नो आम्दानी समेत जम्मा गरेर जग्गा जोडिसकेकी उनले अब श्रीमान् बिदेशबाट आएपछी पसललाई अझै ठुलो बनाउने बिचार रहेछ ।

भिडियोमा हेरौ सुन्तली दिदिसँगको बिशेष कुराकानी :