काठमाडौ – यतिबेला नेपालमा सुन्न लाएक र हेर्नलाएक गीत तथा भिडियोहरु निर्माण हुन थालेका छन । यस्तै चलचित्र क्षेत्रमा झनै कम्तिमा एउटा गीत उत्कृष्ट बनाउने कोसिस देखिन थालेका छन । कतिपय गीतहरु सोचे भन्दा धेरै व्यापार गर्न सफल भएका छन । दर्शकहरुको पनि मौलिक गीतहरुमा निकै झुकाव बढेको देखिन्छ । त्यसैले त अहिले कलाकारहरुको आम्दानी पनि राम्रै बढ्न थालेको छ । यति मात्र नभएर अरु कला भएका ब्यक्तिहरुले पनि यस्ता चलेको गीतहरुमा कभर भिडियो बनाएर राम्रै आम्दानी गरेको देख्न सकिन्छ ।

 

 

“हुन्न है, हुन्न है हुन्न नभन मन परेको मान्छेले छुन्न नभन” चलचित्र ‘यो माया कस्तो माया’को ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरिएको छ। चलचित्र ‘यो माया कस्तो माया’को यो गीत पनि उत्कृष्ट गीत, संगीत र भिडियोको संयोजनले गर्दा हेर्नलायक बनेको छ । तर दर्शकहरुको कत्तिको साथ पाउछ, त्यो भने हेर्न बाकी नै छ । गीत लेखन भने अम्बिका शर्माको रहेको छ। चलचित्रको यस गीतमा दिवस धिताल र रितु पौडेल फिचरीङ छन्। चलचित्र असोज सम्ममा रिलिज हुने बताउँदै निर्देशक पोखरेलले चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारित रहेको पनि खुलाएका छन्। किशान पोखरेलको निर्देशनमा तयार चलचित्र ‘यो माया कस्तो माया’को रिलिज मिति भने तय गरिएको छैन। चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान तथा उद्धिपध्वज थापाको आवाज रहेको छ।

 

चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक, समृद्धि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा रहेका छन्। गीतमा कोरियोग्राफि भने कबिराज गहतराजको रहेको छ। दिव्य सुवेदीको छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसिले गरेका छन्। यस अघि भुषण आनन्द ठकुरी निर्देशक रहेको स्विकार्दै ति निर्देशकले चलचित्र निर्देशक बिचैमा छोडी अलपत्र पारेको कारण सम्पूर्ण जिम्मेवारी आफूले सम्हालेर चलचित्र तयार गरेको बताएका छन्।

भिडियो हेर्नुहोस !