पछिल्लो समय मुन्द्रेको कमेडी निकै चर्चामा रहेको छ । हास्यास्पद र नयाँ नयाँ सेलिब्रेटीहरुको आगमनले मुन्द्रेको कमेडी क्लब हेर्न लायक बनेको छ । दिपा श्री प्रमुख अतिथिको रुपमा रहने यश कार्यक्रम जितु नेपाल “मुन्द्रेले” चलाउछन । यस कार्यक्रमका मुख्य आकर्षक फुलन्देकी आमा, अकबरी, लट्टे हुन उनिहरुले पाहुनाका रुपमा आएका सेलिब्रेटी र उपस्थित दर्शक हरुलाई हसाउने गर्दछन । जस मध्ये सबैभन्दा बढी मन पराएका पात्र भने फुलन्देकी आमा हो । आमा अग्नि कुमारी मिडियाबाट सन्चालन हुने कार्यक्रम हेर्नका लागि टिभीमा छुटेका दर्शक युट्युवमा पर्खिएर बसेका हुन्छन ।

 

 

यस हप्ताको मुन्द्रेको कमेडी क्लवमा भने अहिलेका निकै चर्चित पात्रहरु आउने भएका छन । भर्खरै मात्र एसईई दिएर पास भएका साम्सद शान्ता चौधरी र अभिनेत्री करिस्मा मानन्धर आउने भएका छन ।

सांसद शान्ता चौधरी बी ग्रेड ल्याएर एसईई पास,
यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

 

अभिनेत्री करिश्मा मानन्धर बि प्लस ल्याएर एसईई पास,
बिहीबार सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् । मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिकृया दिएकी छन् । करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ थिइन् ।

सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छ:
ए प्लस (३.६ देखि ४ जीपीए): १७,५८०
ए (३.२ देखि ३.६ जीपीए): ५१,१३७
बी प्लस (२.८ देखि ३.२ जीपीए): ६३,७४१
बी (२.४ देखि २.८ जीपीए): ७६,५६४
सी प्लस (२ देखि २.४ जीपीए): ९८,२०७
सी (१.६ देखि २ जीपीए): ९५,३०७
डी प्लस (१.२ देखि १.६ जीपीए): ४३,८४१
डी (०.८ देखि १.२ जीपीए): ४,४२९

भिडियो हेर्नुहोस !