चर्चित नायक पल शाह मर्डन कलेजमा पुग्दा फ्यानहरुले हानथाप गरिरहेका देखिए । पल शाहका धेरै फ्यान फलोअर्स छन । यस्तो क्रेज मर्डन कलेजमा यस्तो देखियो कि कतिपय केटि फ्यानहरुले उनलाई छोड्नै मानेनन । पछिल्लो समय नेपाली सिने नगरीमा चर्चा पाइरहेको नाम हो –पल शाह । *पललाई म्युजिक भिडियोको स्टारको रुपमा लिने गरिन्छ । एक समय हरेक जसो म्युजिक भिडियोमा पललाई देख्न सकिन्थ्यो । तर पछिल्लो समय म्युजिक भिडियोमा पललाई खासै देखिदैन् । पल म्युजिक भिडियो भन्दा बढि चलचित्रमा व्यस्त छन् । बिकास आचार्य निर्देशित चलचित्र ‘नाई न भन्नु ल ४’ बाट डेव्यु गरेका पलले पहिलो चलचित्रबाट नै प्रसंशा पाएका थिए । म्युजिक भिडियोमा काम गरिरहेका धेरै कलाकारको चलचित्र सफल हुन नसकिरहेको अवस्थामा पल पहिलो चलचित्रबाट नै सफल भएका थिए । *राम्रो ब्यानर र सफल टिमसँग पहिलो चलचित्रमा काम गरेकाले उनि सफल भएको भन्नेहरु पनि कम भएनन् ।

पलको पहिलो चलचित्र हिट भएसँगै उनी अभिनित दोस्रो चलचित्र ‘म यस्तो गीत गाँउछु’ पनि सफल भयो । *सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउछु’ थियो । चलचित्रमा पललाई दर्शकले राम्रो साथ दिएका छन् । लभ स्टोरी चलचित्रमा एकप्रकारको छाप छोड्न सफल निर्देशक हुन् सुदर्शन थापा । उनले निर्देशन गरेका विगतका प्राय चलचित्रहरु सफल छन् । त्यस्तै चलचित्र ‘प्रेमगीत ’बाट एकाएक चर्चामा आएकी नायिका पूजा शर्माको एकप्रकारको राम्रो फ्यान फलोइङ रहेको छ । *त्यसैले चलचित्र चल्नुलाई अरुको जस पनि जान्छ तर बढि श्रेय भने पल शाहले नै पाएका छन् । पलको अभिनयलाई धेरैले रुचाएका छन् ।

चलचित्र रिलिजको क्रममा पलसँग फोटो खिचाउने, अटोग्राफ लिनेहरु हानाथाप गरिरहेको देख्न सकिन्थ्यो । *पलको फ्यान फलोइङले गर्दा अबका स्टार पल शाह हुन् त भन्ने कुरा सिने नगरीमा चर्चा हुन थालेको छ । एक पछि अर्को चलचित्र हिट भइरहन्दा पल माथि अझ चुनौती थपिएको छ । केही हप्ता पछि पल अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आउदै छ । दुई वटा चलचित्र राम्रो ब्यानर र सफल टिमसँग काम गरेका पलको ‘*जोनी जेन्टलम्यान’ले पनि उनी कतिका सफल भन्ने तय गर्न सक्छ । युवापुस्ता माझ देखिएको उनको क्रेज, लगातार दुइ सफल चलचित्र अनि अभिनयमा उनको देखिदै आएको सुधारको कारण पनि पललाई भबिष्यको स्टारको रुपमा लिन थालिएको छ ।
भिडियो हेर्नुहोस !