अनावश्यक दाग हटाउन हजारौ हजार पैसा पनि र्खच गरिसकेका हुन्छन् । त्यसकारण यस्तै चिन्तामा परेका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै लामो समयदेखि रहेका जिद्दी दागलाई कसरी हाउने भन्ने बारे बताउन गइरहेका छौँ । “सुन्दरता महिलाहरुको लागि एक प्रतिक हो ।” तर अनुहारमा आएका विभिन्न दागको कारण महिलाहरुको सुन्दर हुने चाहनामा परिवर्तन देखिएको हुन्छ । लामो समय देखि अनेकौ उपाय अपनाएर उपचार गर्दा गर्दै थकित भएर उपचार गर्नै छोडेका हुन्छन् । यस्तो समस्या धेरै महिलामा हुने गर्छ । अनावश्यक दाग हटाउन हजारौ हजार पैसा पनि र्खच गरिसकेका हुन्छन् । त्यसकारण यस्तै चिन्तामा परेका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै लामो समयदेखि रहेका जिद्दी दागलाई कसरी हाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

* आवश्यक सामाग्री – जेलाटिन पाउडरकफी , पानी – बनाउने तरिका : एउटा सफ कचौरा लिने र त्यसमा एक चम्चा जेलाटिन पाउडर, एक चम्चा कफी राखेर पानी हालेर राम्रोसँग फिट्ने । त्यसपछि एउटा कचौरामा चिसो पानी राखेर केही समय पाउडर र कफी मिसेर बनाएको पेस्टलाई त्यतिकै राख्ने । अब एक चम्चा मह र कागतीको रस राखेर राम्रोसँग फिट्ने । अब कफी र जेलाटिन पाउडरको पेस्ट तयार भयो ।

 

 

* अनुहारको दाग हटाउने अन्य प्राकृतिक उपाय !
अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन्ः
* कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।
* स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ ।
* खरबुजा
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।
* मेवा
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ ।
* घ्यूकुमारी
छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति हो । यसको गुदीलाई दाग भएको ठाउँमा लगाई ४५ मिनेटपछि धुने गर्नाले एक महिनाभित्रैमा सुधार देख्न सकिन्छ ।
* बदाम
बदामलाई पानी अथवा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फाल्ने र गुलाबजलसँग लेप बनाउने । यसरी तयार पारेको लेप दाग लागेको ठाउँमा दल्ने र सुकेपछि धुने । यसो गर्नाले दाग हराउँदै जान्छ ।
* जाइफल
जाइफललाई मरिचसँग मिसाई पिस्ने र काँचो दूधमा यसको लेप बनाई अनुहारमा दल्ने । त्यसको दुई घण्टापछि अनुहार धुने । यसो गर्नाले दागसँगै डन्डीफोर पनि हराएर जान्छ । तर, जाइफलको नियमित प्रयोग गर्नु चाहिँ हुँदैन ।
* जैतुनको तेल
दाग भएको ठाउँमा जैतुनको तेल लगाउनाले पनि दाग हराउँदै जान्छ ।
* चन्दन
चन्दन घोटेर गुलाबजल अथवा दूधसँग मिसाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
भिडियो हेर्नुहोस !