“सुन्दा अचम्म लाग्न सक्छ, आफ्नै परिवारको शव छाडेर वास्तै नगरी हिड्ने बिकृती बढिरहेको बेलामा एक यस्ता ब्यक्ती त्यसरी आफ्नो परिवारले वास्ता नगरेका वा आफ्नो परिवार नभएर बेबारिसे भएर बसेका शबलाई दाह सस्कार दिने काम गर्दछन । यसै पनि दाह सस्कार गर्ने काम सहज छैन । त्यसमाथी बेवारिसे शवलाई दाहसंस्कार गर्नु साधारण ब्यक्तिको बसको कुरा होईन । यसको लागि त दृण सन्कल्प, आट, साहस चाहिन्छ । धैर्यता कहिलै टुट्नु हुदैन । “आखिर मरेर लैजानु छर” प्राय ब्यक्तिहरु सहजै यी वाक्य बोल्दछन तर यस्तै बोलिरहने ब्यक्तिहरु नै सहयोग गर्न पछि हट्ने गर्छन । वर्तमान समयमा झनै कसरी पैसा कमाउ भन्ने सबैको मनसाय रहेको छ । त्यसैले त समाजमा अनेकौं बिकृती बढेको छ । हत्या, हिंसा, बलात्कार, चोरी, डकैती सबै एक न एक किसिमको आर्थिक प्रलोभनको उपज हो ।

 

 

तर सबै ब्यक्ती कहाँ त्यस्ता हुन्छन र कतिपय ब्यक्तिहरु यस्ता पनि छन जो सहयोग गर्न चाहन्छन । जो सहयोगका लागि सधै तयार रहन्छन । यस्तै एक ब्यक्ती रहेका छन, बिनय जङ बस्नेत । बिनय एक यस्ता ब्यक्ति हुन जसले विभिन्न स्थानमा वेबारिसे भएर बसेका शवहरुलाई आफै संकलन गरेर दाहसंस्कार गर्ने काम गर्दछन । आज उनै सहयोगी, आटिला ब्यक्ती धुरुधुरु रोए । उनी यसकारण रोए कि, सधै अरुको सहयोग गर्ने उनलाई आएको आर्थिक सहयोगका कारण मन थाम्न नसकेर रोए ।

 

दिब्यसर बाबाको तर्फबाट १६ हजार ५०० र उनका भक्तजनहरु बाट आफ्नो सक्दो सहयोग गरेर एकमुष्ट ३१ हजार ७० रुपैयाँ संकलन भयो । बिगत ५ बर्षदेखि यसरी नै आफ्नो काम गर्दै आएका बिनय जंग बस्नेत र दिब्यस्वर बाबा सङ टाईम्स खबर नेपालले गरेको कुराकानीमा उनले भनेका छन । यहाँ जुनसुकै कामको लागि पनि पैसा तिर्नुपर्छ, जलाउनको लागि घाट किन्नुपर्छ, दाउरा किन्नुपर्छ ।

भिडियो हेर्नुहोस !