काठमाडौँ – नेपालका चर्चित हास्य टेलि श्रृङ्खलाहरु मध्ये “मेरी बास्सै” पनि एक हो । कुनै समय सबैभन्दा बढी हेरिने यो टेलि श्रृङ्खलाको लोकप्रियतामा अलि कमि आएको छ । एक नम्बरमा नरहे पनि दर्शक माझ अहिले सम्म यस्को लोकप्रियता घटेको छैन । दर्शकको साथ र सहयोग पाईरहेको छ । मिडिया हवद्वारा प्रस्तुत यश टेलि शृङ्खला लगायत अरु पनि कार्यक्रम हरु बिबिध कारणका कारण बन्द भए । पछि नेपाल टेलिभिजनबाट ंपुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ । नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै ंसामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।

 

 

प्रत्येक ंमंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ । नेपाल टेलिभिजनबाट प्रसारण रोकिए पनि मिडिया हबले भने आफ्नो युट्युब च्यानलमा मेरी बास्सैका सबै एपिसोडहरु राख्दै आएको छ । युट्युबमा पनि अत्यधिक रुचाइएको मेरी बास्सैलाई राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले निर्देशन गर्दै आएका छन् ।

 

सुरुको समयमा मेरी बास्सैका चर्चित पात्रहरु माग्ने बुढा, धुर्मुस, सुन्तली, राजु मास्टर, बल्छि धुर्बे, बान्द्रे, सुन्तली, मुला साग लगायत थिए । अहिले माग्ने बुढाले यो कार्यक्रम छाडिसकेका छन । तर उनले ठूलो पर्दा “नेपाली चलचित्र” हरुमा अभिनय गरेर राम्रो नाम र दाम पाएका छन । उनले खेलेका धेरै चलचित्र नेपाली चलचित्र क्षेत्रमा हिट भएका छन । यस्तै मेरी बास्सैका अर्का चर्चित पात्रहरु धुर्मुस सुन्तलीले पनि मेरी बास्सै छाडे । २०७२ सालको महाभुकम्प पछि उनिहरु समाजसेवामा सक्रिय बने । नेपाली जनताको साथ र सहयोगमा उनिहरुले नेतृत्व गरेर धुर्मुस सुन्तली फाउन्डेसन मार्फत बिबिध कार्य गरे । बिभिन्न नमुना बस्ती बनाए । अहिले उनिहरु स्वदेश तथा निदेशमा रहेका नेपालीहरुबाट सहयोग जुटाएर अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला बनाउन लागेका छन ।

भिडियो हेर्नुहोस !