“भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।” २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भयो । ंभारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो ।

सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए ।६७ रन बनाएका रोस टायलर सात बनाएर आउट भए । ंउनी ९० बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भए । त्यसलगत्तै टोम लाथम पनि १० रनमा आउट भएपछि न्युजिल्यान्डले ठूलो स्कोर बनाउन सकेन । मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो ।

 

 

‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो । यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको ंक्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो । १.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो ।

त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत पूरै दबाबमा आएको थियो । बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल ंसाट्नरले समान २–२ विकेट लिए । यसअघि इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो ।

 

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए । बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए । न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए भने कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । टेलरले ९० बल खेल्दै ३ चौका र एक छक्का हिर्काएका थिए भने विलियमसनले ६ चौका हिर्काए । त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र युज्वेन्द्र चाहालले एक–एक विकेट लिए ।