काठमाडौ- नेपाल छोडेर रोजगारीको लागि परदेश जाने युवाहरुको लामो लर्को छ । यसले गर्दा रेमिट्यान्स त बढेको छनै तर बिकृती पनि बढ्दो छ । नेपालको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । तर यो संगै समाजमा निकै समस्याहरु देखिन थालेका छन । श्रीमान् श्रीमती बिचको मतभेद, झै झगडा, पारिवारिक झै झगडा यस्ता समस्या हरुले गर्दा परिवार नै टुट्दै गएको छ । कतिपय परदेश पुगेका ब्यक्तिहरु सकुशल आफ्नो देश फर्कन नपाएको पीडा त सबैलाई थाहा छदैछ । सकुशल परदेशमा दुख गरेर स्वदेश फर्केकाहरुको कतिपयको घर, व्यवहार बिग्रेएको छ । यतिमात्र होइन कतिपय परदेश पुगेका हरु परदेशमा नै हराउने, परिवार सङ सम्पर्क नहुने गरेको पाईन्छ ।

 

 

आफन्तसँग छुटेर बस्नु पर्दा सबैलाई पिडा पनि हुन्छ नै । त्यसो त खोटाङकी पार्वती श्रेष्ठको पनि सानै उमेरमा विवाह भयो अनि श्रीमान् लागे मलेसिया तर अरुको जस्तो पतिले साथ दिएन बरु सम्पर्क विहिन नै भए । पति सम्पर्कमा नआएर उतै हराएपछि पर्वतीलाई पर्नु सम्मको पिर पर्यो अनि लागिन काठमाण्डौं । पार्वती अहिले विरामी आमालाई उपचार गर्न र आफू बाँच्नका लागि घरमा रङ लगाउने काम गर्छिन् ।

 

उनले घरमा रङ्ग लगाउने काम राम्रो सङ गर्छिन । यस्तो काम गर्न निकै जोखिम हुन्छ । आखालाई समस्या, घरको विभिन्न स्थानमा रङ लगाउन अप्ठ्यारो हुन्छ । तर उनको आम्दानी पनि राम्रै छ । उनले महिनाको १ लाख ५० हजार सम्म आम्दानी गरेको बताउछिन यद्यपि सधै यस्तै हुन्छ भन्ने छैन । आफ्नै दाजु भाइ र आफन्तको सर्कलमा काम गरिरहेको बताउने उनी महिलालाई जता पनि काम गर्ने माहोल नभएको बताउछिन । त्यसैले धेरैले आफन्त कै सर्कलमा काम गर्ने रहेछन । उनका अनुसार महिलाहरुले यश क्षेत्रमा ६ सय देखि १५ सय सम्म कमाई गर्न सक्दछन । त्यो उनिहरुको काम गर्ने पोख्त भए अनुसार हुने गर्दछ । राम्रो काम गर्नेले १५ सय ज्याला पाउछन ।उनले बासमा चढेर भने रङ्ग नलगाएको बताईन ।

उनै पर्वतीले यसरी मनका बह पोखिन्, हेर्नुहोस यो भिडियो: