भारतीय आर्मीको वीर नेपाली जवान बिष्णु श्रेष्ठको जीवन माथी बलिउडमा फिल्म बन्ने भएको छ । बलिउडका चर्चित गायक तथा अभिनेता हिमेश रेशमियाले उनको बायोपिकको अधिकार लिएका छ्न । भारतिय मिडियामा यो खबर भाइरल भैसकेको छ।

यस बारेमा भारतिय मिडियाले यस्तो लेखेका छन !
बॉलीवुड सिंगर-एक्टर हिमेश रेशमिया एक बार फिर चर्चा में हैं। उन्होंने भारतीय सेना अफसर बिष्णु श्रेष्ठ की बायोपिक के अधिकार खरीदे हैं। बिष्णु ने 2010 में अकेले 40 हथियारबंद लुटेरों से सामना किया था। अब हिमेश उनकी जिंदगी पर फिल्म बनाने का सोच रहे हैं। इसके लिए लीड एक्टर की कास्टिंग फाइनल स्टेज में है। बाकी कास्ट अभी फाइनल नहीं हुई है। जल्द ही इसके बारे में घोषणा की जाएगी।

 

 

सिर्फ इतना ही नहीं, हिमेश 4 नई फिल्मों का भी अनाउंसमेंट करने वाले हैं, जिसमें वह खुद एक्टिंग करेंगे। इस बारे में फिल्म क्रिटिक और ट्रेड एनालिस्ट तरण आदर्श ने ट्वीट कर जानकारी दिया कि हिमेश रेशमिया ने बिष्णु श्रेष्ठ की बायोपिक के अधिकार लिए हैं। एक आर्मी ऑफिसर जिन्होंने ट्रेन में हथियारबंद लुटेरो का सामना किया था। लीड एक्टर फाइनल होने वाला है। साथ ही, हिमेश एक्टर के तौर पर 4 नई फिल्मों की घोषणा करेंगे। जिसमें द एक्सपोज का सीक्वल भी शामिल है, उसका टाइटल द एक्सपोज रिटर्न्स होगा।

 

को हुन बिष्णु श्रेष्ठ ?
सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक गोरखपुरबाट राँची जाँदै थिए । उनी मौर्य एक्सप्रेसमा यात्रा गरिरहेका थिए । डाकाहरुले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थाले । जब डाका श्रेष्ठ भएठाउँ पुगे, उनी सुतिरहेका थिए । डाकाहरुले झक्झकाएर उठाउँदा उनी आफूसँग भएको सामग्री दिन तयार भए तर उनीसँगै बसेकी १८ वर्षे युवतीलाई डाकाहरुले बलात्कार गर्न खोजे तब उनी चुप बस्न सकेनन् । उनले आफूसँग भएको खुकुरी निकाले र डाकामाथि जाइलाग्न थाले ।

 

श्रेष्ठले टाइम्स अफ इन्डियालाई भने, ‘म एक सैनिक हुँ र देशको जनताको सुरक्षाका लागि मैले तलब खाने गर्छु । मैले डाकाहरुको मनोमानी चुप लागेर हेर्न सकिनँ । मैले आफूसँग भएको खुकुरी निकालेँ र डाकाहरुलाई आक्रमण गर्न थालेँ । मैले तीनजनालाई छप्काएँ । आठ जना उठ्नै नसक्ने गरी मुर्छित भए । त्यसपछि अन्य डाका भागे ।’ डाकासँगको झडपमा विष्णुको बायाँ हातमा चोट लाग्यो । दुई महिनाको उपचारपछि उक्त घाउ निको भयो । पुलिसले डाकाहरुलाई समात्न सफल भयो । उनीहरुबाट चार लाख नगद, सुनका गहना, मोबाइल फोन, ल्यापटप र अन्य सामग्री बरामद गरियो ।