निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच बिहिबार टेकु परिसरमासहमति भएको छ । शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा महोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट डेब्यु गरेकी हुन् ।

उनीहरुले आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् ।

 

 

“निर्माता छविराज ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौले बोलाएको थियो ।” अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध प्रहरीमा दिएको शान्ति सुरक्षा निवेदनको आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । ‘शिल्पाले दिएको शान्ति सुरक्षाको निवेदनको आधारमा दुबैलाई छलफलका लागि हामीले बोलाएका छौ’गएका थिए ।

शिल्पाले शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको बाहिर हल्ला छ । तर परिसरका डिएसपी बोगटीले यस विषयमा आफूलाई जानकारी नभएको बताए । प्रहरी परिसरले बोलाएको विषयमा शिल्पाकी भाउजु नाता पर्ने चलचित्र निर्देशक सम्झना रौनियार उप्रेतीले भनिन् ‘छबिजीलाई बोलाएको हो । हामीलाई होइन ।

भिडियो हेर्नुहोस !