पशुपति शर्मा, राजु ढकाल, देबी घर्ती र शुस्मिता घर्तिको आवाजमा “सुहायो चौपट्टै” गीत सार्वजनिक भएको छ । पशुपति शर्मा कै लय तथा संगीत रहेको गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीत मारुनी रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो । यस गीतको निर्देशन दुर्गा पौडेलले गरेका हुन । दुर्गा पौडेलले नै कोरियोग्राफ गरेको गीतमा पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र शुस्मिता घर्तीको रहेको छ ।

 

लोकप्रिय गायक पशुपति शर्माले गायका धेरै गीतहरु चर्चित छन । उनी देशमा भैरहेको कुनै पनि बिषयबस्तुमा गीत गाउन माहिर छन । पछिल्लो समय यस्तै गीत गाएर बिबादमा आएका थिए । तर सोही गीत जनतामाझ सर्बाधिक लोकप्रिय बन्यो । युट्युव मार्फत सार्वजनिक भएको गीत बिबाद भएपछि उनले हटाएका थिए । उनी वालिङ स्याङ्जामा जन्मिएका थिए ।

 

 

देवी घर्ती मगर एक नेपाली लोक दोहोरी गायिका हुन्। उनी नेपाली लोक दोहोरी क्षेत्रमै एक निकै चर्चित तथा सफल गायिका हुन् । देवी घर्ती मगरको जन्म रोमाइया गाउँ, बागलुङ जिल्लाको एक मध्यवर्गीय परिवारमा भएको थियोे। उनले सानो बेलामा गाउँ घरका, मेलापातहरूमा तथा वन जंगलमा घाँस दाउरा गर्दा गीतहरू गाउँने साथै गुनगुनाउने गर्दथीन्। उनी सानो उमेरकी हुदाँ रेडियोमा राष्ट्रिय स्तरका गायक तथा गायिकाहरूको गीत सुन्न लालायित हुने गर्दथीन्।

 

समयको केही उत्तरार्ध पछि उनी आफ्नो गाउँबाट लक्ष्मी भुजेलसँग काठमाडौ गएकि थिइन्। काठमाडौंमा देवी घर्ती लक्ष्मी भुजेलसँगै बसोबास गर्न थालिन्। उनलेे बल्ल यस काठमाडौको बसाइ पछि मात्र आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकि थिइन्। उनले पहिलोपटक लाली गुराँस दोहोरी साँझ बाट आफ्नो गायन यात्रा शुभारम्भ गरेकी थिइन्। भने उनको पहिलो रेकर्ड भएको गित बतासैले रुमाल परर रहेको थियो ।

भिडियो हेर्नुहोस !