काठमान्डौ-चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ । चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ ।

 

यसमा बताइएका नीतिहरुको दैनिक जीवनमा कति व्यावहारिकता छ, त्यो कुरा सो ग्रन्थको अध्ययनले स्पष्ट गर्छ । यो ग्रन्थ नेपालका गुरुकुल पाठ्यक्रमको एक प्रमुख विषय हुने गर्थ्यो ।इतिहासमा आचार्य चाणक्यको विवेक र चतुर्याँईंको सधैं चर्चा हुने गर्छ। उनको यो क्षमता समय बित्दै जाँदा पनि कहिल्यै असान्दर्भिक भएको छैन ।

 

 

आचार्य चाणक्यले आफ्नो अनुभव, ज्ञान र वुध्दिको कौशलले जीवनमा सफलता प्राप्त गर्ने अनेकौं नीति बनाए । जसको आजसम्म पनि उत्तिकै महत्व रहेको छ ।ती नीतिहरु उत्तिकै जीवन उपयोगि र सान्दर्भिक रहेको विद्वानहरु नै स्वीकार्छन् । भनाई नै छ जसले चाणक्य नीतिको सही तरिकाले पालना या अनुशरण गर्दछ,उसले जीवनमा सधैं सफलता नै पाउनेछ । संकटबाट बच्न सक्छ । धेरै सोझो भएर बस्नु हुँदैन।

 

बनमा गएर हेर्नुस् त सोझा रुखहरू नै काटिएका छन्। बाङ्गाचाहिँ उभिएकै छन्।चाणक्य भन्छन्, विगतको शोक गर्नुहुँदैन। भावीको चिन्ता किन गर्नु! बरु वर्तमानमा प्रवृत्त हुनुपर्छ। सामर्थ्यवान् व्यक्तिका लागि कुन काम कठिन हुन्छ? व्यवसाय गर्नेका लागि कुन ठाउँ टाढा हुन्छ? विद्वानका लागि विदेश कुन हो? मीठा वचन बोल्नेका लागि पराइ को छ?आजको व्यस्त दुनियामा हरेकले थोरै मेहनत र कम समयमै सफल हुने सपना देख्छन् ।

 

तर सोचेजस्तो सहज त कहाँ हुन्छ र ? हरेक क्षेत्रमा उत्तिकै उत्कृष्टता र प्रतिस्पर्धा छ । सबैभन्दा ठूलो कुरा त हामीसँग आशाको गतिमा हिड्ने क्षमता नै छैन। हामी अनुशासित छैनौं, अनि हामी निराशावादी छौं । यद्यपि यसको अर्थ यो हैन कि हामी सफल बन्नै सक्दैनौं । मात्र हामीलाई एउटा गतिलो उत्प्रेरणाको खाँचो छ। यसका लागि हामीलाई चाणक्य नीतिले धेरै सहयोग गर्न सक्छ ।

 

यदि हामीले चाणक्य नीतिको केहि अंश व्यवहारमा उतार्न सके हाम्रो जीवन सफलता उन्मुख बन्न सक्छ।स-साना कैयौं राज्यलाई एउटै सिंगो आर्यब्रत (भारत वर्षमा) एक सुत्र गर्न चन्द्रगुप्त जस्तो साधारण शिष्यलाई महान् सम्राटका रुपमा जन्माए । नीति, अर्थशास्त्र, गणितलगायत अनेकौ विधाका विद्वान चाणक्यका अनेकौ नीति आजसम्म पनि उत्तिकै उपयोगी छन् । उनको नीति अनुसार व्यवसायिक सफलताको निम्ति केहि सुत्र छन्। जस्तोः

 

१) नेतृत्वको शक्ति (लिडरशीप पावर)नेतृत्वसँगै जोडिएर आउने सबैभन्दा महत्वपूर्ण शब्दनै शक्ति हो । बिगतदेखि आजसम्मलाई हेर्ने हो भने कुनैं प्रकारको शक्ति बिना कुनै व्यक्ति कुनै पनि क्षेत्र वा कुनै पनि विषयको नेतृत्वमा पुग्न सक्दैन । अनि अर्को महत्वपूर्ण कुरा के हो भने सफल बन्नका निम्ति पनि शक्तिको सबैभन्दा महत्वपूर्ण भूमिका छ । चाणक्य नीतिका अनुसार त्यो प्रकारको शक्तिका निम्ति यी चार कुरामा बिशेष ध्यान दिनु जरुरी छ।

 

क) बौद्धिक शक्ति, समय अनुकुल ज्ञान
ख) जनशक्तिहामी जति शक्तिशाली व्यक्तिको संगतमा रहन्छौं, त्यति नै शक्तिशाली बन्छौं।
ग) वित्तीय शक्तिपैसाले नै व्यक्ति या संस्थालाई शक्तिको उचाइमा पुर्याउने काम गर्छ।
घ) उत्साह र नैतिकतात्यो व्यक्ति मात्र धेरै सफल बन्न सक्छ जसमा अनुशासनले भरिएको उत्साह छ।

 

ङ)सजायको कलाएउटा सफल नेतृत्वमा सजाय र प्रोसाहनको कला आवश्यक हुन्छ । यदि नेतृत्वले कसैलाई सजाय दिँदैन भने उसलाई कसैले इज्जत दिँदैन, न काम नै गर्छन् । तर मान्छेमा यस्तो नहोस कि त्यो नेतृत्वसँग बोल्न डराउन् । त्यसैले सजायको कला नेतृत्वमा आवश्यक छ।
च) चुचुरोमा बस्नु, माथि बस्नुएउटा कुशल नेतृत्वमा आफूलाई नियन्त्रण गर्न सक्ने क्षमता हुनु जरुरी छ । सधै आफू मात्र खोज्ने हैन कि आफूले पाएको अरुमा बाँड्न सक्नुपर्छ । रिस, लोभ, अहंकार, हर्षजस्ता कुराले एउटा कुशल नेतृत्वलाई शोभा दिँदैन।

 

छ) आफ्नै नियमको व्यवस्थाकुनै पनि नेतृत्वले आफ्नो कामलाई प्राथमिकतामा राख्दै त्यसलाई व्यवस्थित र नतिजामुखी बनाउन आफ्नै कानुन या नियमको व्यवस्था गर्नु जरुरी हुन्छ जसबाट सबैलाई फाइदा पुगोस्।
ज) कार्यलयको नियन्त्रणएउटा सफल नेतृत्वमा आफ्नो कार्यालयको सम्पूर्ण रुपको नियन्त्रण गरिनु जरुरी हुन्छ । कार्यालयको आर्थिक, कर्मचारी र बिश्वासपात्रको नियन्त्रण सबैभन्दा महत्वपूर्ण हुन्छ । आफ्नो विश्वासपात्रलाई जिम्मेवारी दिने काम गरिनुपर्छ।

 

झ) गोपनियताको नियन्त्रणएउटा कुशल नेतृत्वले चाहिनेभन्दा बढी बोल्नु हुँदैन । जसले पछि आफूलाई नै अफ्ठेरोमा पारोस् । आफ्ना गोप्य कुराको नियन्त्रण गर्न सक्ने क्षमता हुनुपर्छ।
ञ) तिनवटा सफलताचाणाक्यका अनुसार सफलता तिन प्रकारका हुन्छन। सल्लाह, हैसियद र उर्जा यी तिन विषयमा सधैं सफलताका चरणहरु रहन्छन।

 

ट) शक्ति (पावर) व्यवस्थापनजुन नेतृत्वले सक्ति सन्तुलनको हैसियद राक्छ, त्यो नेतृत्व सधैं शक्तिशाली रहन्छ। खास गरि नेतृत्वमा तिन प्रकारका परिस्थितिको सामना गर्नु पर्ने हुन्छ। (मानिसको अवस्था, ज्ञानको अवस्था, मसलन्दको/समानको अवस्था) यी विषयको व्यवस्थापनमा सफल नेतृत्व कुसल हुनु जरुरि हुन्छ।
ठ) जबफदेहितासबै किसिमको स्वतन्त्रता हुदांहुदै पनि एउटा शक्ति सम्पन्न नेतृत्वमा जबाफ देहिताको आवस्यकता हुन्छ जसले नेतृत्वलाइ अझै मर्यादित बनाउछ।