कक्षा कोठा, विवाह मण्डप, भान्साकोठा मात्रै हैन बेडरुमको गोप्यतासमेत हातहातमा पु-याइसक्यो, सामाजिक सञ्जाल टिकटकले। जो हे-यो, उही मोबाइलमा व्यस्त। न निश्चित उमेर समूह छन्, न निश्चित शैली। आ–आफ्नै पाराका भिडियो बनाएका छन्, पोस्टिएका छन्। कोही नाचिरहन्छन्, कोही आँशु झार्छन्, कोही बोल्दै बोल्दैनन्, इशारा मात्रै गर्छन्। कसैकसैमा अभिनयको चरम भोक देखिन्छ। सार्वजनिक भएको तीन वर्षमै साँच्चिकै अजिबको क्रेज बनाइसक्यो टिकटकले।

 

यस्तै टिकटक भिडियो भाइरल बनाउने लहड चलिरहेका बेला भारतको हैदराबादमा एक अनौठो र दुखद् घटना भएको छ ।हैदराबादको मडचल जिल्लास्थित बिहीबार साँझ दुलापाल्ली लेकमा टिकटक भिडियो खिच्दैगर्दा २४ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ ।

 

 

नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । यस क्रममा उनी आफ्ना केही साथीहरुसँगै थिए । अनलाईन न्युज ‘द न्युज मिनेट’ले प्रहरीलाई उधृत गर्दै त्यहाँ उनीहरु भिडियो पोज दिँदै नाच्दै गर्दा तलाउमा खसेको जनाएको छ । तलाउमा खसेपछि नरसिम्हले पौडी खेल्न नजानेपछि बचाउको लागि हात फैलाउँदै गरेको तर उद्दार हुन नसकेको बताइएको छ ।

 

यस्ता घटना पहिले पनि नघटेका भने होईनन । यसरी टिकटकमा भिडियो भाईरल बनाउने होडमा कैयौको ज्यान समेत गएको छ । बिबाह मण्डपमा समेत टिकटिक भिडियो बनाउने क्रेजी ब्यक्तिहरु छन ।

टिकटक बनाउने प्रवृत्ति, सोसल लर्निङ हो। यस्तोमा एउटाले गरेको देखेपछि अर्कोले पछ्याउने प्रवृत्ति हुन्छ। विशेषगरी यसमा रमाउनुको कारण व्यक्तिसँग अहिले अरुसँग अन्तरक्रिया गर्ने समय कम छ। इन्टरनेटको प्रयोगमार्फत् जहाँ बसेर पनि रमाउन मिल्ने, टाइम पास गर्न मिल्ने सुविधा आएपछि अधिकांश त्यसैमा झुम्मिन्छन् तर यसले एक्लोपनको डर बढाउँछ।

 

पहिला जस्तो साथीभाइ भेटेर कुरा गर्ने भन्दा पनि त्यही डिजिटल प्लेटफर्ममा रमाउने क्रम बढ्छ। भर्चुअल वल्र्डमै हराउँछन्। व्यक्तिको मस्तिष्क पनि भर्चुअल वल्र्डमा बढी लट्ठिन्छ। त्यसले धेरै मान्छे भर्चुअल वल्र्डमा भुल्दा सामाजिक एकाङ्कीपना अनि एकअर्कासँग भौतिक रुपमा हुने अन्तरक्रिया कम हुँदै गएको छ। व्यक्तिसँग समय छैन भन्छन्, तर उनीहरुसँग समय नभएको होइन इन्गेज हुने माध्यम धेरै बढेको मात्र हो।

 

गृहिणीदेखि वृद्धवद्धासमेत टिकटक लगायतका सामाजिक सञ्जालमा व्यस्त छन्। जुवाडेलाई पैसा नभए पनि अझै खेलौं भन्ने हुन्छ। सामाजिक सञ्जालले आफैँमा रमाउने संस्कृतिको विकास गराउँछ। अहिले त्यसको संकेत देखिन थालिसक्यो। यो त भयो अभिनयको भोक मेटाउने माध्यम पाएकाहरुको अवस्था। पेशा नै अभिनय गर्नेहरुको उपस्थिति पनि कम छैन टिकटकमा।

 

नेपाली फिल्मका चल्तीका नायिका लगायतका कलाकार पनि टिकटकमा झुल्किरहेका भेटिन्छन्। टिकटकले सेलिब्रिटीको क्रेज घटेको दाबी पनि आइरहेको छ, नेपालमा। हलको पर्दामा देखिने कलाकार निःशुल्क मोबाइलको स्क्रिनमा देखिन पाइएपछि दर्शक हलमा जान छाडेको तर्क गरिए पनि टिकटकप्रति सेलिब्रिटीको मोह भने घटेको छैन।

हेर्नुहोस भिडियो !