काठमाडौं – “निर्देशक दिपाश्री निरौला आइटम नृत्यमा देखिने देखिएकी छिन् ।” आउँदो भाद्र ६ गतेलाई रिलिज डेट तय गरेको फिल्म “हजार जुनीसम्म”को एक गीतमा निर्देशक निरौला त्यसरी देखिन देखिएकी हुन् । गीतमा दीपासँगै आर्यन सिग्देललाई पनि रहेका छन । आर्यन र दीपाको नृत्य रहेको “आज नगद भोली उधारो” बोलको आईटम गीत सार्वजनिक भएको छ ।

सफल निर्देशक दीपा श्री निरौला र नायक आर्यन सिग्देल फिचर्ड गीतमा दीपाश्री लाई भट्टी साहुनी शर्मिलाको भूमिकामा देखिएको छ ।यी दुईको डान्ससँगै कलाकार शिवहरी पौडेल पनि गीतमा देख्न सकिन्छ । तीन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकलाई आइटम गीत समेत पस्किन लागेकी हुन् । गीतमा दीपाले “भट्टीको साहुनी”को रुपमा आइटम नृत्य गरेकी छिन् । उनलाई गीतमा ‘शर्मिला’ नामको पात्रको रुपमा देख्न पाईनेछ ।

 

 

निर्देशक निरौला र आर्यनसँगै गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई लगायलाई देख्न सकिन्छ ।कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । “आज नगद भोली उधारो” बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

 

 

कविता रेग्मी कार्यकारी निर्माता तथा विशाल चाम्लिङ निर्माता रहेको फिल्ममा संचिता लुइँटेल , अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।गीतमा दीपाश्री, आर्यनका अलवा शिवहरी पौडेल, नायिका स्वस्तिमा खड्का, नवनायक अखिलेश प्रधान, कलाकार राम चन्द्र अधिकारी, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ । बसन्त सापकोटाको संगीत र एकनारायण भण्डारीको शब्द रहेको गीतमा मीना निरौला र प्रल्हाद तिमल्सिनाको स्वर रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

हेर्नुहोस भिडियो !