काठमाडौँ – तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीजलाइ मध्यनजर गर्दै नया नयाँ गीतहरु सार्बजनिक भइरहेका छन् । यसै क्रममा गायिका कल्पना काफ्लेले नयाँ तिज गीत बजारमा ल्याएकी छिन् । गायिका कल्पना काफ्ले र तेजश रेग्मीको सुमधुर आवाजमा नयाँ गीत जादु मन्तर भर्खरै युट्युबमा सार्बजनिक भएको हो ।

 

 

यस गीतमा तेजश रेग्मीको लय तथा शब्द रहेको छ भने गीतमा शिव बिकले निर्देशन गरेका छन् । माया प्रेमालाइ बिषय बनाइएको यस गीतलाइ सुजन शाहिले सम्पादन गरेका छन । यस गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी,तेजश रेग्मी र सन्तोष सापकोटाको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो !