बिहीबार रातिदेखि परेका अविरल वर्षका कारण मुलुकभरका अधिकांश क्षेत्र जलमग्न बने । राजधानी काठमाडौं कै विभिन्न स्थानमा मानवीय क्षति भयो । मुलपानीमा ३ जनाले पहिरोका कारण ज्यान गुमाए । वर्षाका कारण राजधानीका आपर्टमेन्टहरु पनि जलमग्न बने । कुलेश्वरको ओरियन्टर र कुलेश्वर कोलोनीमा मान्छे नै डुबाउने पानी जमे । विभिन्न स्थानमा नेपाली सेना, सशस्त्र प्रहरीको टोली डुंगा नै लिएर उत्रियो । अपार्टमेन्टका सर्वसाधारणको सामान, ग्यास लगायतका सामग्री पनि पानीले बगाएको थियो । सवारी साधान पनि डुबेका थिए । प्रहरीले त्यहाँबाट उद्दार गरेर मानिसहरुलाई सुरक्षित स्थानमा लगेको थियो ।

 

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो। त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए।

 

 

कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जाँदै थिए। बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले राजधानीलगायत देशका अधिकांश ठाउँमा जनजीवन प्रभावित भएको छ। वर्षापछि बागमतीमा भेल बढेको छ।ट्राफिक प्रहरी प्रवक्ता एसपी रवीकुमार पौडेलले वर्षाले काठमाडौं उपत्यकाभित्र सवारी आवागमनमा खासै समस्या नरहे पनि बागमती नदी करिडोरमा भने समस्या देखिएको छ।

 

बल्खु खोला कलंकी मालपोत आसपासको क्षेत्रमा पस्दा बस्ती डुबानमा परेको छ। खोलाले मालपोत, खसी बजार तथा बल्खुसम्मका आसपासका बस्ती डुबाएको हो। अव्यवस्थित बस्ती विस्तारका कारण नदीको पाँच सय मिटर असपासका क्षेत्रमा खोला पसेको थियो। खोलाले त्यस क्षेत्रका घरको भूइँ तला डुबाएको स्थानीयले बताएका छन्। खोलाले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग कलंकी र ट्राफिक प्रहरीको भवनसमेत डुबाएको थियो। खोलाको दुई छेउमै बाटो बनाउँदा खोला साँघुरो भएका कारण बस्ती पसेको स्थानीयको भनाइ छ।

हेर्नुहोस भिडियो !