केही समय अगाडि गण्डकी छड्केबाटनै एक भिडियो सार्वजनिक भएको थियो । त्यस भिडियोमा कास्कीको एक सरकारी बिद्यालयका एकजना शिक्षकले सानासाना छात्राहरुलाई दुव्र्यवहार गरेको भिडियो सार्बजनिक भएको थियो । उक्त भिडियोमा शिक्षकले काखमा राखेर दुख दिने बताए । तल्लो तहबाट माथिल्लो कक्षामा पुगेका केही छात्रा विद्यार्थीले पनि सोही शिक्षकबाट त्यस्तै समस्य आफुले पनि पाएको तर अहिले यस्तो नभएको बताए ।

यस्तै अर्को झनै डरलाग्दो घटना भयो । जुन घटनाले महिला हिंसा जताततै रहेको र शिक्षाको मेरुदण्ड बिद्यालय, क्याम्पस, बिश्वबिद्धालय कुनै पनि चोखो नरहेको खुलासा गर्छ । घटना हो देशकै पुरानो, देशको धरोहर र सबैभन्दा ठूलो बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालय, किर्तिपुरको ।

 

 

जहाँ शिक्षाशास्त्र संकाय अन्तर्गत अर्थशास्त्र बिषय पढाउने एक शिक्षकले एक छात्रालाई त्यस्तै दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ । जगदीश मुर्ती कोईराला नाम गरेका शिक्षकले सोही बिश्वबिद्धालयमा अध्यायन गर्ने एक विद्यार्थीलाई राम्रो अन्कमा पास गराइदिने, आन्तरिक मुल्यांकन आफ्नो हातमा रहेको भन्दै ब्ल्याकमेल गरेको गम्भीर आरोप लागेको छ । शिक्षकले ब्ल्याकमेल गरेर अनैतिक सम्बन्ध राख्न खोजेको आरोप लागेको छ । पिडित विद्यार्थीले आफुलाई परेको समस्या प्रमाण सहित देखाएकी छिन । उनले ल्याएको अडियो रेकर्ड र फेसबुक म्यासेन्जरमा गरेको कुराकानी पनि छ ।

 

पिडितले ल्याएको अडियो रेकर्डमा शिक्षकले समय समयमा भेट्न बोलाउने, भेटेको समयमा आई लभ यु भन्न लगाउने गरेको सुन्न सकिन्छ । यति सम्म भनिएको छ कि भेट्न आईज परिक्षा दिन जान पर्दैन म म्याडम मेरो मान्छे हो भनेर म्याडमलाई भन्दिन्छु सम्म भनेका छन । आउनुहोस हेरौ यस बिषयमा गण्डकी छड्केका अपिल त्रिपाठीले तयार पारेको यो रिपोर्ट ।

भिडियो हेर्नुहोस ।