भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ । यो गरिब परिवार माथि आकाश खसेको छ । ३ बर्ष अगाडि आमा तपाईलाई सुख दिन्छु, बुवा अब हामी सधैं गरिबीमा बाच्नु पर्दैन, हाम्रा पनि खुशीका दिन आउंछ भनेर कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् ।आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका बिनोदलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख ६० हजार कतारी रियाल व्लड मनी मागेको छ ।

बिनोद रानाभाटको कतार घटनाको भित्री रहस्य बाहिरिएको छ । भारतियले उनलाई रक्सी खुवाएर यौन शोषण गर्न खोज्दा भारतीयको ज्यान गएको खुलाशा भएको छ । विनोद रानाभाटको घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि थाहा नगरपालिका निवासी हाल कतारमा रहेका शेखर क्षेत्रीले अथक प्रयास गरेका थिए ।

 

 

विभिन्न ५० वटा संघसंस्था संग मिटिङ गरेर हाल उनलाई नेपाल ल्याउन ब्लडमनी संकलन गर्ने अभियान थालिएको छ । अक्टोबर ३० तारिख सम्म ८२ लाख ब्लडमनी बुभाएमात्र विनोद नेपाल आउन सक्ने भएको छ । विनोदलाई नेपाल ल्याउन सहयोगको लागि विभिन्न व्यक्तिहरुले पहलकदमी चालिएको छ । बिनोद रानाभाट बचाउ अभियानमा सामाजिक प्रमुख अभियान्ता अर्जुन भुषाल भाइको बैक खाता र प्रतक्ष्य भेंट गरेर लिएको सहयोग सहित हाल सम्म रू ११ लाख रूपिया ( ११,०००००) संकलन भएको जानकारी गराउनु भएको छ र करिव ८ लाख समिति खातामा जम्मा गरिसक्नु भएको छ ।

 

हाल सम्म करिव ३२ लाख संकलन नगद भइसकेको जानकारी गराउदछु र यो बिनोद बचाउ अभियानमा अब ५० लाख संकलन गर्न जरूरी देखिएको छ । यस अभियानमा १२ वटा देशहरू बाट अभियान चलाएको छ ।मलेशिया, कुबेत, बहराइन, बेल्जियम, साउदी, कतार, इजरायल, कोरिया, दुबइ, अफगानिस्तान, नेपाल र जापान , बाकी संकलित रकम अझै आउन बाकी नै छ अभियान्ताहरू बाट , सबै अभियान्ता लगायत सहयोगीमनहरू प्रति उच्च सम्मानको साथमा सलुट गर्न चाहन्छौं ।

भिडियो हेर्नुहोस ।