काठमाडौं – चर्चित गायिका मेलिना राई र गायक कमल रसाईलीको “एनी प्रबलम” बोलको गीत सार्बजनिक भएको छ । यस गीतलाई कार्टुन क्रूको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस गीतमा टिकु क्षेत्रीको ंशब्द हरि लमसालको संगीत रहेको छ भने उदय राज पौडेलको एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मन पर्ने मान्छेलाई मायाको आग्रह गरिएको छ । आश्मा बिस्वकर्मा ंनेपालकै पहिलो बि गर्लिङ गर्ने केटी हुन । यस बिषयमा उनी यसो भन्छिन् , शुरुमा कार्टुन्ज क्रुमा आउँदा केही असहज लागेको थियो । किनभने म एक्ली केटी थिएँ तर, क्रमशः टिम लिडर सरोज अधिकारीको नेतृत्व क्षमताले अत्यन्तै सहज बनाउँदै लग्यो ।

 

 

अहिले त अझ सहयोग मिलेको छ, एकदमै रमाइलो भइरहेको छ । अहिलेसम्म यहाँ म एक्लै छु, कोही अरु युवती पनि थपिन सक्छन् । कार्टुन्ज क्रुमा सहभागी हुन ंआउँदाको क्षण । पहिले म छुट्टै बि गर्लिङ प्राक्टिस गर्थें, कार्टुन्ज क्रु छुट्टै । कार्टुन्ज क्रुका टिम लिडर सरोज अधिकारीको हौसला र प्रेरणाले म यहाँसम्म आइपुगें ।

कार्टुन क्रू र ंबिजय अधिकारी (बन्नी)को अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा कार्टुन क्रू र बिजय अधिकारी (बन्नी)लाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । ंसरोज अधिकारीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई लाक्पा डि तामाङले सम्पादन गरेका हुन् । गीतको भिडियोमा आश्मा बिश्वकर्मा र सुविन चौहानको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस भिडियो ।