” सर मैले भर्खर बलात्कार गरेर आए । मलाई गिरफ्तार गर्नुस ।” एक जना भद्र पुरुषले ईन्स्पेक्टरको रूममा छिर्न साथ भन्यो ।

बिशेष कामले म पनि प्रहरी कार्यालयमै थिए । ८/१० जना मानिस र प्रहरी प्रमुख भएको स्थानमा उसले त्यसो भन्नू साथ सबैको ध्यान उ तिरै खिचियो ।

” व्हाट ??” इन्स्पेक्टरको प्रतिक्रिया ।

” हो सर, मैले भर्खरै एउटि युबतिलाई बलात्कार गरेर आए । अहिले उ शकुसल छे । मैले नै घर पुर्याएर आएको हुँ ।” उसले एकै सासमा भन्यो ।

” अनि बलात्कार गरेर फेरि घर सम्मै लगेर छाडि दिनु भयो? ” ईन्स्पेक्टरले आश्चर्यभावमा सोधे ।

” खासमा उ मेरि ट्युसन बिध्यार्थी हो । ब्याचलर लेभलको ट्युसन पढ्छे म सँग । बिगत देखिनै उसको हर्कत अलि असामान्य लाग्थ्यो मलाई ।उसको चञ्चले उमेरलाई दोष दिएर कोर्षभन्दा बाहिर कहिले ध्यान दिईन मैले । एक त मेरो लगभग उसकै उमेरको छोरा छ । आज उ समयभन्दा १५ मिनेट ढिलो मेरो कोठा आइपुगी । मैले जब उसलाइ कारण सोध्न थाले उसले मलाई फकाउने बहानामा अनेक हर्कत गरि । उसका स्तन ल्याएर नजानिदो पाराले मेरो काँधमा छुवाई । नजानिदो पाराले आधा भन्दा बढी स्तन देखाई मलाई । नजानिदो पाराले मलाई उत्तेजित बनाई अनि निमन्त्रणा दिई । मैले उसको शरिरमा हात नचाउदा सम्म केही बोलिन तर जब म आफै नाच्न चाहे त्यसपछी ईन्कार गरि । मैले हातपात त गरिन तर थोरै बल प्रयोग गरे जस्तो गरेँ, उसले पनि थोरै प्रतिकार गरे जस्तो गरि ।” उसको निधारमा चिट्चिट पसिना निस्किराखेको थियो ।

” अनि के भयो ।” इन्स्पेक्टरको आँखा चौडा देखिन्थ्यो ।

“तर जब उसले सन्तुष्टिको श्वास फेरि अनि रुन थाली मलाई चिथोर्न थाली । गाली गर्न थाली । भोलि देखि पढ्न आउदिन भनेर जान लागेकी थिई मैले बाईकमा राखेर घरसम्म पुर्‍याएर सिधै यहाँ आए किनकी त्यसले मलाई बलात्कारको मुद्धा हाल्छु भनेर धम्काएकी छ ।” उसलाई हेर्दा लाग्थ्यो उ निर्दोष छ ।

“बलात्कारिलाई फाँसिको माग गर्दै माइतिघरमा बृहत् प्रदर्शन” भित्ताको टि भि मा न्युज स्क्रोल भैराखेको थियो ।