लोकप्रिय गायिका मेलिना राई तथा चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाजमा निकै मीठो गीत ‘कुटु कुटु’ सार्बजनिक भएको छ । नेपाली पप तथा आधुनिक गायिका हुन्। मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

यस्तै कृष्ण काफ्ले पनि पछिल्लो समयका चर्चित गायक हुन । उनले स्वर दिएका दिलमा राखे दिलमा हिट, तिम्रो पिक्चर हिट, सुन न चम्पा, देख न चम्पा, पर्ख पर्ख मायालु लगाएतका थुप्रै गीतहरु चर्चित छन् ।

 

 

यस कुटु कुटु गीतमा गीतकार नारायण कँडेलका मनमोहक शब्दहरु रहेका छन । जसलाई चर्चित संगीतकार रेखा पौडेलको उत्कृष्ट संगीतमा उनिहरुले जादूमय स्वर भरेका छन। सभ्यता इंटरटेनमेंट मेडिया द्वारा निर्मित मनमोहक यस गीतको भिडीयोमा सभ्यता गिरी र युवराज केशरीको दमदार नृत्य अनि अभिनय रहेको छ। राजेश श्रेस्ठद्वारा निर्देशित यस कर्णप्रिय गीतको भिडियो कोरियोग्राफ़ी विकास गुरुंग र रोजिना गुरुंगले साथै सम्पादन तेनजिल लामाले गरेका हुन् । मुकेश हुमागाईको उत्कृष्ट छायांकनमा बनेको यो गीतको भिडीयो स्रोता दर्शक बिच अहिले भाईरल बनेको छ। कुटु कुटु बोलको गीत हाईलाइट्स नेपालको युट्युब मार्फत सार्बजनिक गरेको छ ।

समग्रमा अब्बल बनेको यो गीतले करोडौ दर्शक स्रोताहरुको मन जित्ने कुरामा कुनै शंका छैन।दर्शक स्रोताहरुको अपार अनि अविछिन्न माया मिलि रहोस् , नारायण कंडेल तथा सम्पूर्ण टिमलाई लन्डन काठमाण्डौ परिवार हार्दिक बधाई तथा पूर्ण सफलताको कामना गर्दछ। गीत उत्कृष्ट शब्द, स्वर र भिडियो क्वालीटीमा निर्माण भएको छ । दर्शकहरुको मन कति सम्म जित्न सक्छ, त्यो भने हेर्न बाकी नै छ ।

भिडियो हेर्नुहोस ।