लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाजमा निकै मीठो गीत ‘नाच दिदिबहिनी’ सार्बजनिक भएको छ । नेपाली पप तथा आधुनिक गायिका मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

 

चर्चित संगीतकार कलशी रोकायको उत्कृष्ट संगीतमा मेलिना राईको जादूमय स्वर भरेका छन। यस गीतमा लय पनि कलशी रोकायको नै रहेको छ । आरोही इंटरटेनमेंट स्टुडियो द्वारा निर्मित मनमोहक यस गीतको भिडीयोमा अहिलेकि चर्चित मोडल अन्जली अधिकारी लगायत नबिता, नबिका, कैलाशका साथै धेरैको दमदार नृत्य अनि अभिनय रहेको छ।

 

 

नेपाल प्रहरिमा कार्यरत महिला कर्मचारीहरुको मर्मलाई समेटेर तयार पारिएको यस गीतमा अञ्जली महिला प्रहरीको भुमिकामा देखिएकी छिन । महिला प्रहरीहरुलाई तीजको समयमा रमाईलो गर्ने रहर हुँदा हुँदै पनि ड्युटीमा खटिनु पर्ने बाध्यतालाई यश गीतमा देखाईएको छ । अन्जली अधिकारी पछिल्लो समयकी निकै चर्चित मोडल हुन । बोल मायाबाट दर्शकको माया पाउन सफल अन्जलीलाई गलबन्दी गीतले निकै उचाईमा पुर्‍यायो । आजभोली उनलाई म्युजिक भिडियोमा खेल्न भ्याई नभ्याई छ । उनले दर्शकको अपार माया पाएकी छिन । त्यसैले त उनको ब्यस्तता निकै बढेको छ ।

 

गौरव गिरीद्वारा निर्देशित यस कर्णप्रिय गीतको भिडियो कोरियोग्राफ़ी अनिश खत्रीले गरेका छन । साथै सम्पादन ग्रिश रिजाल समिपले गरेका हुन् । नाचौ दिदिबहिनी बोलको गीत ड्रीम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ । यस गीत उत्कृष्ट शब्द, स्वर र भिडियो क्वालीटीमा निर्माण भएको छ । दर्शकहरुको मन कति सम्म जित्न सक्छ, त्यो भने हेर्न बाकी नै छ ।

हेर्नुहोस भिडियो ।