हास्य टेलि शृङ्खला “भद्रगोल” निकै लोकप्रीय बनेको छ । नेपाली कला क्षेत्रमा बेला–बेलामा नयाँ – नयाँ कलाकारहरु उदाउँछन् । कोहि यसमा संर्घष गर्दै स्थापित हुने प्रयास गर्छन् भने कोहि त्यसै सेलाउँछन् । पछिल्ला दिनहरुमा हाँस्य टेलिश्रृंखलाहरुको एक पछि अर्को उपस्थितीले नेपाली टेलिभिजनहरुमा प्रतिष्पर्धा नै चलिरहेको छ । हाँस्यव्यङ्ग्य टेलिफिल्महरु उदाउँदो क्रममा रहे सँगैं पुराना तथा नयाँ कलाकारहरुको पनि बाक्लो उपस्थिती देखिएको छ । यसै भिडमा केहि वर्ष अगाडि देखि नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ८ः४५ मा प्रशारण हुदैं आईरहेको हाँस्य टेलिश्रृंखला भद्रगोल पनि यतिखेर चर्चाको शिखरमा छ ।

 

 

एकाएक भद्रगोलका नयाँ कलाकार र प्रस्तुतीले अहिले नेपाली जनजिब्रोलाई फरक स्वाद मात्र दिएको छैन, समाजमा भएका विकृती र विसंगतीलाई कलात्मक पाराले प्रस्तुत गरिरहेको छ । अर्को अर्थमा भन्दा यसले समाजमा सकारात्मक सन्देश दिने प्रयास पनि गरेको छ । यस कार्यक्रमका हरेक पात्रहरु फरक फरक भुमिकाका छन । उनिहरुको नाम पनि सुन्दा नै हासो लाग्ने खालका छन । जयन्ते, पाडे बुढा, कक्रोज, बले, धुपिका बाउ, जिग्री यस्तै यस्तै धेरै नामका कलाकार रहेका छन ।

 

यो कार्यक्रम नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै हुन्छ । यस मध्येका चर्चित पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् । भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शकहरूले निकै मन पराएका हुन्छन् । समग्रमा भन्नू पर्दा उनको बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका, हा हा हा भन्ने शैली धेरैले मन पराएको पाइन्छ ।

 

भद्रगोल सुरु भएपछि दोस्रो भागमा उनले अभिनय गर्ने मौका पाएका थिए ।चौथो भाग पछि उनले पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका हुन् । सुरुमा कृषि पत्रकारको भूमिकामा “भद्रगोलमा” प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । यश कार्यक्रममा अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको उनका काका हुन ।

 

जयन्ते भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ । जयन्ते कलाक्षेत्रमा आफ्नो उपस्थिती करिव ९ वर्ष अगाडि देखाएका थिए । उनले पहिलो अभिनय भएको तपाईंको टेलिश्रृंखला सिस्नुपानी झ्याम्मै हो । उनले यश कार्यक्रमको १८ भाग सम्म सानो रोलमा अभिनय गरेका थिएँ । यो नै उनको पहिलो टेलिफिल्म हो ।

 

उनलाई सानै देखि कलाकार बन्छु भन्ने सोख थियो । पछि अर्जुन घिमिरे (पाँडे ) र कुमार कट्टेल (जिक्रि) सँग भेट भयो ।अभिनय सिकेका कारण उहाँहरुले उनलाई सानो रोल दिए। उहाँहरुकै साथ र सहयोगले उनि कला क्षेत्रमा आएको बताउँछन् । उनले मास्टर सम्म अध्ययन गरेका छन । उनी भन्छन, बाहिर तिर जाँदा सुरुमा त कसले चिन्छन् र जस्तो लाग्थ्योरे । तर अहिले त केटाकेटी देखि बुढाबुढी सम्म सबैले जयन्ते आयो भनेर जिस्क्याउँछन् । खुशि लाग्छ ।

 

गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रगोलमा देखिए भन्दा ठिक उल्टो छ । भद्रगोल सिरियल हेर्ने दर्शकहरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् । रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुकमा लभ परेर भएको बताउँछन् । श्रीमती मनिता घिमिरे सँग प्रेम विवाह गरेका उनको अहिले दुई सन्तान पनि छन् ।

भिडियोमा हेर्नुहोस् जयन्तेको सुन्दर परिवार !