नेपालमा बलात्कारको घटना दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समय बलात्कार बढेको मात्र होईन अचम्म सोच्न नसकिने प्रकृतीका घटनाहरु सार्बजनिक भएका छन । यस्तै कञ्चनपुरमा एउटा अचम्मको घटना घट्यो । जहाँ आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । यति मात्र होईन छोरी बलात्कार गरेको भिडियो समेत खिचेका रहेछन । कंचनपुरको पुनर्बासमा ३९ बर्शका बाबुले उनकै १४ बर्षिय छोरीलाई बलात्कार गरेका हुन । उनले खिचेको भिडियो उनकै कान्छी छोरीले मोबाईल चलाउदा देखेपछि घटना सार्वजनिक भयो । उनले यस्तो भिडियो देखेपछि उनले आमालाई देखाईन । त्यसपछी उनले उक्त भिडियो श्रीमान् लाई देखाईन । श्रीमान्ले नेटबाट हेरेको भन्दै सोही समयमा नै भिडियो डिलिट गरिदिए । त्यसपछि उनले छोरीलाई सोधिन । त्यसपछी छोरीले यस्तो घटना भएको रहस्य खोलिन ।

 

 

किङ २४ टिभि युट्युव च्यानललाई दिएको अन्तबार्तामा पिडित छोरीले पनि बाबुले पटकपटक बलात्कार गरेको बताईन । बाबू भारतबाट घर आएपछि यसपटक २ पटक बलात्कार भएको बताईन । उनको अनुसार यस्तो घटना हुदा सबै सुतेका थिए । घरमा सबै ब्यक्ती भएतापनी सबै सुतेको मौका पारी उनलाई उठाएर बलात्कार गरे । भिडियो बनाएको बारे उनलाई केही थाहा रहेनछ छैन । उनले यसभन्दा अगाडि बलात्कार हुँदा पनि कसैलाई भन्ने आट गरिनन किनकी उनलाई नभन्न धम्की दिएका थिए ।

 

श्रीमतीले यस्तो भिडियो देखेर अचम्ममा परेको बताईन । श्रीमानले माया नै गर्ने कहिलै नराम्रो व्यबहार नदेखाएकोले उनले यश भन्दा अगाडि शंका समेत नगरेको बताईन । आफ्नै बाबू, छोरी बस्दा शन्का गर्ने कुरै भएन, सोच्दानी पाप लाग्छ । उनले भनिन । श्रीमान रोजगारीको शिलशिलामा भारत रहने गर्छन । उनी केही हप्ता अघि मात्र नेपाल आएका थिए । उनी धेरै जसो रोजगारीको लागि भारतमा नै रहन्छन ।

बलात्कार अभियोग लागेका बाबूलाई प्रहरीले पक्राउ गरिसकेका छन । अहिले उनलाई प्रहरी हिरासतमा राखिएको छ । यस्तो पशुवत व्यबहार देखाउने ब्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गाउलेको रहेको छ ।

हेर्नुहोस पीडित छोरी र आमा संगको कुराकानी ।