दार्चुला -सुन्दा नै अचम्म लाग्ने दाजु बहिनी नै प्रेमीजोडी जसले दिए एउटै डोरीमा आफ्नो प्रेमको आहुती । समाजिक रुपले अस्वीकार्य त्यो प्रेमीजोडीले अन्ततः सँगै मर्ने कठोर निर्णय लिए । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ आगर घर भएका महेश सिहँ डागा र उनकी नाताले बहिनी पर्ने आफ्नै काकाकी छोरीे मनिशा डागा एउटै डोरीमा झुण्डीएको अवस्थामा फेला परेका थिए ।

प्रेमसबन्धमा रहेका दाजु बहिनीबीच अनैतिक सबन्ध रहँदै आएकोले छुट्टियर बस्न नसकेपछि आत्महत्याको बाटो रोजेका हुन् । महेशका घरमा दुई ओटा श्रीमती भएपनि उनको तेस्रो प्रेमसबन्ध मनिशासँग भएको बताइन्छ । महेश सिह डागा नामको फेसबुक आईडीमा हिजो (सोमबार) राती ११ बजेतिर फेसबुकमा दुबैजना जोडिएको फोटा अपलोड गदैँ आफैले रिप लेखेर पोष्ट गरेका थिए ।

 

 

दार्चुलाको सदरमुकाम खलंगामा रहेको विष्ट होटेल एण्ड वियरबारमा साझको बेला खाना र बास बस्न भनि होटेलमा आएका थिए ।होटल संचालकले सोध्दा महेश सिहँ डागाले भने हामीले भर्खर २–३ महिना अघि विवाह गरेका हौ नागरीकता बनाउन सदरमुकाम आएका छौ , हामी पहिले पनि यसै होटेलमा आउथ्यौ चिन्नुभएन भन्दा होटलमा बास दिएको जानकी विष्टले बताइन् । खानामा उनिहरुले रोटी र मासु कोठामै लगेर गएका थिए ।

 

‘होटेलमा ती दुई जना मात्रै ग्राहक भएकाले त्यनीहरुले खाना लगिसकेपछि होटलका सबै सुतेका थिए । डागाले विहान ढिला भए विउझाई दिनु भनेकाले विहान विउझाँउन लाग्दा ढोका खोलेन्न् भेण्डीलेसन बाट हेर्दा उनीहरु दुबैजना झुण्डीएको देखेर प्रहरीलाई खबर गरिएको थियो ।मनिशाको ३ महिना अगाडी मालिकार्जुन गाउँपालिका– ४ औतालेकमा बिहे भएको थियो ।

 

महेशले मनिषाको बिहेहुँदा सामाजिक सञ्जाल फेसबुकमा सुुदुपश्मिको देउडा गित लेख्दै मनको पिडा पोखेको देखिन्छ । अपुरा अपुरा रैग्या मनका रहर तै खाएई बास्मती भात मै दिगई जहर भनेर पोष्ट गरेका थिए । मनिषाको बिहे भएपछि पनि उनको भेटघाट भैनैरहन्थ्यो । दार्चुला सदरमुकाम खलंगामा मृतक दुबैका गाउँलेहरु धेरै छन् तर पनि आफ्नो गाउँको बेज्जत गरेको भन्दै कोहि आइरहो छैन्न घटना स्थलमा खटिएका एक प्रहरी अधिकारीले भने ।

 

विहान गाउँमा खबर गरेपनि पुरुषको घरबाट आफन्त आएको भएपनि महिलाको घरबाट दिउसो सम्म शब बुझ्न कोहि नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एबं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले भने । कान्तिपथ डट कमबाट ।