बादरलाई मानिसको पुर्खा भनिन्छ तर बादरले मान्छेले भन्दा फरक व्यबहार गरेको देखिन्छ । तर चितवनको चेपाङ बस्तिमा एउटा यस्तो बादर भेटियो जसले जङ्गलमा बाख्रा चराउन लैजान्छ, राती पनि बाख्रा कुरेर बस्छ । बादरले बाख्रालाई जिस्काउने चल्ने भएकोले बानेर राखिने रहेछ । तर बाख्रा चराउन जाने समयमा फुकाईन्छ । चराउन जादा बाख्रा, गाई, गोरुको ज्यानमा चटेर हिड्ने गरेको बताए । नेपालमा बादरले सताईरहेको बेला यो एउटा यस्तो बादर भेटियो जसले बस्तुभाउको रक्षा गर्छ । मान्छेले जस्तो बस्तु चराएर लेराउछ ।

 

चेपाङ समुदाय बारे छोटो जानकारी :
नेपालका विभिन्न जनजातिमध्ये आधुनिकीकरणको रेखाबाट अलि पर रहेको जनजाति चेपाङ हो । चेपाङहरू विकास र शिक्षामा पनि निकै पछाडि परेका छन् । यिनीहरूको मुख्य बसोबास स्थलहरूमा धादिङ, मकवानपुर, चितवन र गोरखा जिल्ला हुन् । चेपाङहरू तुलनात्मक रुपमा सोझा, सरल र इमानदार हुन्छन् ।

 

 

मङ्गोलियन मुखाकृतिका यिनीहरू गहुँगोरो, थेप्चेनाक, ठुलो अनुहार, मझौला कद र फुर्तिलो शारीरीक बनावटका हुन्छन् । चेपाङहरू जङ्गलको छेउछाउमा बस्छन् । सामान्य खेतीपाती पशुपालन, चोया तथा काठको घरेलु सामान बनाई गुजारा चलाउँछन् । चेपाङहरू मुख्य गरी दुईथरी कछारे र पुकुन्थली जात थरका पाइन्छन् । कछारेहरू आफुलाई सुन प्रजा भन्न मन पराउँछन । चेपाङ नाम कै विषयमा चर्चा गर्दा ‘च’ को अर्थ कुकुर र ‘पाङको’ अर्थ धनुकाँड हुने र चेपाङहरूले घरघरमा कुकुर पाल्ने र धनुकाँडको सहायताले सिकार खेल्ने हुनाले चेपाङ हुन गयो भनिन्छ ।

 

यिनीहरू मृग, बँदेल, घोरलको शिकार गर्दछन् ।चेपाङहरू एक आपसमा आफनै चेपाङ भाषा बोल्दछन् तर अरुसँग बोल्दा नेपाली भाषामा कुरा गर्दछन् । युवा पुस्ताले भने मातृभाषा नै भुल्न थालिसकेका छन् । त्यसैले बुढापाकाहरू आफनो भाषा लोप हुन लागेकोमा चिन्तित छन् । चेपाङहरूका घरहरू प्रायःजसो ढुङ्गा, माटो, काठ, बाँसद्वारा निर्मित छाप्रा र कटेरा हुन्छन् । हरेकका घरमा पिँढी हुन्छ । पाहुनाहरूलाई गर्मीका दिनमा यही सुताइन्छ । चेपाङहरू प्रकृतिपुजक हुन्छन् । यिनीहरू मध्ये कतिपयले हिन्दुहरूले जस्तै चाडपर्व मनाउने गर्दछन तर पूर्णरुपमा हिन्दु हुन भनी भन्न सकिदैन ।

 

यिनीहरू अलौकिक शक्तिमा विश्वास गर्दछन् । यिनीहरू कुलपुजा, सिकारी देवता, भूमि पुजा । पशुदेवताको पुजा गर्दछन् । यिनीहरू दसै, तिहार, साउने सङ्क्रान्ती, न्वागी, पर्व मनाउँछन् । न्वागीलाई यिनीहरू “छोनाम” भन्दछन् ।चेपाङहरू झाँक्रीलाई पाँडे भन्दछन् । यिनीहरू आफनो समुदायमा कोही बिरामी परेमा उपचारका लागी झाँक्री बोलाउँछन् र रातभरी ढयाङग्रो ठोकेर देवीदेउताको नाम उच्चारण गर्दछ र उफ्रन्छन् । बोक्सी, पिचास वा देवी देवता रिसाएमा मात्र बिरामी परिन्छ भन्ने विश्वास गर्दछन् ।

 

यिनीहरू देवीदेवतालाई बाख्रा, सुगुर र कुखुराको बलि दिन्छन् । चेपाङहरूमा मामाचेली फुपुचेलाका बीचमा विवाह गर्ने चलन छ । यिनीहरूमा मागी विवाहलाई मान्यता दिएको पान्इछ । छोरीको विवाहमा चेपाङहरू च्युरीको बोट दाइजो दिइन्छ । यसरी संस्कृतिमा निकै नै धनी रहेका चेपाङहरू विकासको मुलधारबाट पछाडि परेका छन् । यिनीहरूलाई सरकार र संम्बन्धि त निकायले संरक्षण गर्नु पर्देछ ।

 

मानिसको पुर्खा भनिने बादर बारे रोचक जानकारी !

१. हरेक साल December 14 तारिखका दिन बिश्व बादर दिवस मनाईने गरिन्छ, यसको सुरुवात २००० मा भएको थियो, जसलाई मजाक को रुपमा हेर्ने गरिन्थ्यो ।
२. बादर लाई दुई भागमा विभाजन गरियको पाइन्छ, जुन एउटा अफ्रीकन र अर्को एसियन जसलाई पुरानो बादर भनिन्छ भने, दक्षिण अमेरिकामा बस्ने बादर लाई नयाँ बादरको रुपमा चीन्ने गरेको पाइन्छ ।
३. नयाँ बादरको ३६ ओटा दात हुन्छ भने पुरानो बादरको ३२ ओटा मात्र हुने गर्दछ ।

 

४. बादर २६० जीवित प्रजातिका छन् त्यसमध्ये सबै भन्दा धेरै ब्राजिलमा पाइने गरिन्छ ।
५. सबै बादर संग आफ्नै फिंगर प्रिन्ट हुने गर्दछ ।
६. अंन्तरिक्षमा सबै भन्दा पहिला जाने Albert ll जुन बादर नै रहेको थियो, सन् १९४९ मा पृथ्वी बाट १३३ k.m को उचाईमा रहेको थियो ।
७. विश्वको सबैभन्दा ठुलो बादर जसको नाम mandrill’ रहेको छ, जसको तौल ३५ के.जी रहेको छ, भने लम्बाई ३.३ फिट रहेकोछ ।

 

८. विश्वको सबै भन्दा सानो बादर यति सानो कि, मानिसको हत्केलामा पनि अट्न सक्छ, “pygmy Marmoset” नामक यो बादरको लम्बाई भने ४ इन्च र तौल १०० ग्राम रहेको छ ।
९. बादरको IQ लेबल १७४ हुन्छ, सामान्य तया गणिती हिसाब पनि हल गर्न सक्छ ।
१०. बादरले महिला साथी संग सेक्स गर्न लोभ्याउनको लागि, पहिला स्वयम आफ्नै हातमा पिसाब गर्ने गर्छन अनि उसले पुरै सरिरमा नै रगट्ने गर्छ ।
११. मरी सकेको बादरको गिदी चीन र मलेसियामा पकायर होस् या काचै स्वादिस्ट भोजनको रुपमा खाने चलन छ ।

 

१२. “Howler” नामक मंकी ठुलो आवाज निकाल्न सक्नेमा पहिलोमा पर्दछ, खालि मैदानमा कमसेकम ५ कि. मि सम्मको दुरीमा यसको आवाज गुन्जिने गर्दछ, यस बादरको अन्डकोस निकैनै सानो हुनेगर्दछ,र सुक्रकिटको संख्या थोर मात्रामा हुने गर्दछ ।
१३. बादर र मानब बीच ९८ प्रतिसत DNA मेल खाना जान्छ ।
१४. जापानको एक रेस्टुरेन्टमा बादर लाई वेटर को जस्तै काममा राख्ने गरिन्छ ।
१५. Bonobo Monkey” यो मानब जातिको नजिकको समबन्ध भएको बादर हो ।

 

१६. जब बादर लाई सिसा दिईन्छ तब उसले सुरुमा आफ्नो गुप्त अंगलाई हेर्ने गर्छ ।
१७. एउटा गर्भवती बादरनिले आफ्नो पेटमा १३४ देखि २३७ दीन सम्म राख्ने गर्छिन, भने इनिहरुको बाच्ने आयु १० देखि ५० साल सम्म हुने गर्दछ भने, अहिले सम्म धेरै वर्ष जिउनेमा एउटा बादर ५३ वर्ष सम्म रहेको पाइन्छ ।
१८. मानब जातिको अलाबा बादर यस्तो प्राणि हो जसले केराको बोक्रा उघारेर खान्छ, सायद तपाइलाई थाहा नहोला कि यसले उल्टो बाट केलाउने गर्दछ ।

 

१९. “Capuchin” बादर सबै भन्दा होसियार हुने गर्दछ, यसले ओखर लाई ढुंगाले फुटाई दिन्छ ।
२०. के भगवान हनुमान साचै नै बादर हुन् ?
२१. के हामि मानब जाति बादर बाटै उत्पति भएका हौ त ? यदी हौ भने अजै धर्तीमा बादर किन मानब हुदैनन् ?
(अनलाइन मजदुर, सुदुर खबर र सप्तरङी संसारको सहयोगमा)

हेर्नुहोस बाख्रा हेर्ने बादरको भिडियो !