सोसल मिडियामा स्टार बनेको १२ वर्षीय कुकुरको मृत्यु

सोसल मिडियामा स्टार बनेको १२ वर्षीय  कुकुरको मृत्यु

इ-परेवा

@Eparewa

२०७५ माघ ७ गते सोमबार १०:२०

सोसल मिडियामा स्टार बनेको एक १२ वर्षीय  कुकुरको मृत्यु भएको छ । पामेरियन जातको उक्त कुकुरको नाम बू थियो । कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ को मृत्युपछि विक्षिप्त बनेको बू लाई त्यसपछि मुटु सम्बन्धी ...

सोसल मिडियामा स्टार बनेको एक १२ वर्षीय  कुकुरको मृत्यु भएको छ । पामेरियन जातको उक्त कुकुरको नाम बू थियो ।

कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ को मृत्युपछि विक्षिप्त बनेको बू लाई त्यसपछि मुटु सम्बन्धी  समस्या उत्पन्न भएको थियो । बू को आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘बडीको मृत्युपछि बू को मुटु चुडिएको अनुभूति हामीलाई भएको छ ।’ फेसबुकमा सो कुकुर बू का डेढ करोड भन्दा धेरै फलोअर्स थिए । सो स्टार कुकुर धेरै पटक टेलिभिजनमा देखियो भने उसको नाममा किताब पनि लेखियो ।

बू र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो । शनिवार राति सुतेकै अवस्थामा बू को मृत्यु भएको बताइएको छ । बू को मृत्युबाट केवल उसको मालिक मात्र होइन उसका करोडौँ प्रसंशकको समेत चित्त दुखेको छ । बू को फेसबुक पेजमा लेखिए अनुसार अब उसको शवलाई बडीकै चिहान नजिक अन्त्येष्टि गरिनेछ । बू एउटा अमेरिकी एयरलाइन्सको ब्राण्ड एम्बासडर पनि बनेको थियो । बीबीसी

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार १०:२०
प्रतिक्रिया दिनुहोस