काठमाडौं -कृषि विकास बैक लिमिटेडले विभिन्न पदमा ३८४ जनाका लागि दरखास्त आव्हान गरेको छ । आर्थिक वर्ष २०७५ र ७६ कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।

विराटनगरका लागि ६७ लेखापाल, भैरहवाकेन्द्रका लागि १ सय लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ लेखापालको माग गरिएका छ। दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ। दरखास्त दिन मिल्ने वेबसाईटको नाम तलको बिज्ञापनमा दिएको छ ।

 

 

बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मका पदमा दरखास्त मागेको छ। वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर ९, आइटी २० जना, व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना एवं लेखापाल गरी ३८४ कर्मचारीको माग गरेको छ ।

 

कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउनु कृषि विकास बैंकको स्थापनाको प्रमुख उद्देश्य हो । यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास बैंकको स्थापना २०२४ साल माघ ७ गते भएको हो । सुरूमा ५ करोडको अधिकृत पूँजीबाट यसको स्थापना भएका हो ।