ओखलढुङ्गा । ओखलढुङ्गामा बालविवाह गरेको भन्दै कक्षा १० र कक्षा ९ मा अध्यानरत दुई जना बिध्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा जिल्लाको चम्पादेवी गाउँपालिका स्थित १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरी रहेको बताइएको छ ।

उनीहरु स्थानीय ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा किशोर खत्री र कक्षा ९ मा किशोरी अध्ययन गर्दै थिए । उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिनुभएको थियो । त्यसपछि उनिहरुलाइ पक्राउ गरिएकाे ओखलढुङ्गा प्रहरीले जनाएकाे छ ।